माअाेवादीद्वारा भारतका ६ राज्य बन्दकाे घाेषणा
- एजेन्सी
- शुक्रबार, ११ जेष्ठ, २०७५
- 8 months ago
- अन्तर्राष्ट्रिय

नयाँदिल्ली । सरकारले ३ दर्जन भन्दा बढि निशस्त्र स्थानीय जनता र माओवादी कार्यकर्ताको हत्या गरेको विरोधमा भारतीय कम्युनिस्ट पार्टी (माओवादी)ले अाज शुक्रबार ६ राज्य बन्दको घोषणा गरेको छ ।
मुठभेडका नाममा एक महिनाअघि भारतको महाराष्ट्र राज्यको गाडचिरोली जिल्लाको बोरिया कन्सासुर क्षेत्रमा भएको आम नरसंहार गरेको भन्दै भारतीय कम्युनिस्ट पार्टी (माओवादी) को ‘उत्तर बस्तर डिभिजन कमिटी’ र ‘उत्तर सब जोनल ब्युरो’द्वारा भारतको ६ वटा राज्य मध्यप्रदेश, आन्ध्र, ओडिसा, महाराष्ट्र, छत्तिसगढ र तेलङ्गना बन्दको घोषणा गरेको हो ।
मे १९ देखि २५ सम्म ‘प्रतिरोध सप्ताह’ मनाइरहेको सो पार्टीले बन्दको प्रचारका लागि पर्चा, पोस्टरका साथै ठाउँ–ठाउँमा तुल पनि टाँगेको छ ।
विकासका नाममा विदेशी कम्पनीलाई मुलुकको प्राकृतिक स्रोत साधन जिम्मा लगाउने र वर्षौँदेखि बस्दै आएका आदिवासीहरूलाई मूल ठाउँबाट हटाउने सरकारी निर्णयको माओवादी पार्टीले विरोध गर्नुका साथै प्रतिरोध कार्यक्रम पनि गरिरहेको छ ।
आदिवासीहरूलाई माओवादी भन्दै धरपकड, हत्या र बलात्कार गर्ने कार्य पनि भइरहेको भन्दै माओवादीले जल, जमिन र जङ्गल आदिवासी जनताको अधिकारको कुरा हो र यसको पक्षमा सदैव लड्ने घोषणा पनि गरेको छ ।
भाकपा (माओवादी)ले २२ र २३ अप्रिलको घटना योजनाबद्ध किसिमले गरिएको नरसंहार भएको र त्यसको उदेश्य जनतालाई आतंकित पारी सो क्षेत्रबाट विस्थापित गर्नु रहेको बताएको छ ।
माओवादी कार्यकर्तासहित ४० जना गाउँलेको हत्याको निन्दा गर्दै माओवादीले बदला लिएरै छाड्ने घोषणा पनि गरेको छ ।
घोषणापश्चात् यसै हप्ता छात्तिसगढ़को दन्तेवाडा जिल्लामा माओवादी छापामारले थापेको विद्युतीय धरापमा परेर ७ जना सुरक्षकर्मीको मृत्यु हुनुको साथै एके–४७ लगायतको हतियार पनि काब्जा गरेका थिए ।
अप्रिल २३को घटना अहिले अन्तराष्ट्रिय मुद्धा बनेको छ र विभिन्न मानअधिकारवादी संस्थाहरूले यसको स्वतन्त्र छानबिनको कुरा पनि उठाएका छन् भने बौद्धिक क्षेत्रले यसका विरुद्ध विभिन्न कार्यक्रमहरू गरिरहेको छ ।
थप समाचार
जो १ पैसा लगानी नउठ्दा पनि फिल्म बनाउन छोड्दैनन्
- 3 hours ago

'मैले फिल्मको लागि लगानी गर्नुअघि नै बुझेको हुन्छु यो पैसा उठ्दैन भनेर, त्यसैले यसलाई स्वीकार्न मलाई गार्हो हुंदैन ', प्रेम भन्छन्, 'मेलै देखेको छु अरुले बेलामौकामा होलिडे जाने, विभिन्न मनोरञ्जनका ला
यो हो विश्वकै धनी र खतरनाक आतंकवादी संगठन
- 3 hours ago

अन्तराष्ट्रिय आतंकवादी संगठनहरुले आर्थिक चलखेल कतिमा गर्छन् होला । सबैलाई उत्सुकताको विषय हुनसक्छ । कुनै पनि संगठन पैसाविना चल्दैन । चाहे त्यो घर निर्माण होस् या कुनै पनि सामाग्री किन्न नै किन नहोस् ।
वेद पुराण : के पुर्नजन्म हुन्छ त ?
- 3 hours ago

एजेन्सी । पुर्नजन्म अथवा पुर्वजन्मको कुरा याद आएका घटनाहरू समय समयमा आइरहन्छन् । विज्ञानले यस्तो कूरालाई पुर्ण रूपमा स्वीकार गर्दैन तर वेद पुराणमा मानिसको आत्माको यात्रा निरन्तर चलिरहने कुरा स्पष्ट रू
प्रेम र यौन
के हो राम्रो सेक्स ?
पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।
जीवनशैली/स्वास्थ्य
ग्यास्ट्रिक तथा अल्सरसाथै यी समस्याहरूको अचुक औषधी डल्ले खुर्सानी

एजेन्सी । खानाका परिकारलाई स्वादिष्ट बनाउन खुसार्नीको प्रयोग गर्छौं । त्यसमा नि डल्ले अर्थात अकबरे खुसार्नीलाई विशेष मानिन्छ । डल्ले खुर्सानीको नियमित प्रयोगले ग्यास्टिक तथा अल्सर जस्ता रोगको औषधी समेत हुन्छ ।
विचित्र विश्व
यो हो विश्वकै धनी र खतरनाक आतंकवादी संगठन

अन्तराष्ट्रिय आतंकवादी संगठनहरुले आर्थिक चलखेल कतिमा गर्छन् होला । सबैलाई उत्सुकताको विषय हुनसक्छ । कुनै पनि संगठन पैसाविना चल्दैन । चाहे त्यो घर निर्माण होस् या कुनै पनि सामाग्री किन्न नै किन नहोस् । अझ डरलाग्दा घटना घटाउन झन् धेरै खर्च हुन्छ । आतंवादी संगठनमा पनि भारी रकम खर्च हुने गर्छ ।