Techie IT
२०८१ वैशाख १२, बुधबार
NepaliPatra logo
गृहपृष्ठखेलपीएफए वर्ष खेलाडीको अवार्ड एर्लिङ हालाण्डलाई

पीएफए वर्ष खेलाडीको अवार्ड एर्लिङ हालाण्डलाई


काठमाडौं । म्यानचेस्टर सिटीका फरवार्ड एर्लिङ हालाण्डले पीएफए वर्ष खेलाडीको अवार्ड जितेका छन् ।

प्रोफेसनल फुटबलर्स एसोसियसन (पीएफए)ले प्रदान गर्ने उक्त अवार्डबाट हालाण्ड पुरुषतर्फको विजेता घोषित भएका हुन् ।

युवा वर्ष खेलाडीको अवार्ड भने आर्सनलका बुकायो साकाले प्राप्त गरे । नर्वेका फरवार्ड हालाण्डले गत सिजन सिटिले ट्रेबल उपाधि जित्दा उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले सिटीका लागि सबै प्रतियोगिता गरी ५२ गोल गरेका थिए ।

हालाण्डले सिटीकै केभिन डी ब्रुएना र जोन स्टोन्ससहित आर्सनलका साका र मार्टिन ओडेगार्ड तथा बायर्न म्युनिखमा आबद्ध भएका टोटेनहमका तत्कालीन खेलाडी ह्यारी केनलाई पछि पारे ।

हालान्ड सन् २०२२ मा ५१ मिलियन पाउण्डमा बोरुसिया डर्टमण्डबाट म्यानचेस्टर सिटीमा अनुबन्धित भएका थिए ।

 




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

वेष्टइण्डिज ‘ए’ टोली नेपाल आईपुग्यो

काठमाडौँ । टी–२० सिरिज खेल्न वेष्ट इण्डिज ‘ए’ टोली नेपाल आइपुगेको छ । घरेलु टोलीसँग ५ खेलको टी–२० सिरिज खेल्न

नेपाल भ्रमणमा आउने वेस्ट इन्डिज ‘ए’ टिमको घोषणा

काठमाडौँ । नेपाल भ्रमणमा आउने वेस्ट इन्डिज ‘ए’ टिमको घोषणा भएको छ । वेस्ट इन्डिज क्रिकेट बोर्डले ३२ वर्षीय रोस्टन

एसीसी प्रिमियर कपकाे सेमिफाइनलमा नेपाल यूएईसँग ६ विकेटले पराजित

काठमाडाैँ । एसीसी प्रिमियर कप क्रिकेटकाे सेमिफाइनलमा नेपाल यूएईसँग पराजित भएकाे छ । आज भएकाे खेलमा यूएईले नेपाललाई ६ विकेटले

एसीसी प्रिमियर कपमा यूएईसँग टस हारेपछि ब्याटिङ गर्दै नेपाल

काठमाडौँ । एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपालले टस हार्दै ब्याटिङ गरेको छ । ओमानको अल अमिरातमा यूएईका कप्तानले बलिङ

एसीसी प्रिमियर कपमा नेपाल र युएई भिड्दै

काठमाडौँ । ओमानमा जारी एसिसि प्रिमियर कपअन्तर्गत आज सेमिफाइनल हुँदैछ । जसअन्तर्गत नेपाल र युएईबीच प्रतिष्पर्धा हुँदैछ । दुई देश

एन्फा उपाध्यक्ष दावा लामा छुटे

काठमाडौँ । लागू औषध मुद्दामा फरार रहेको भन्दै पक्राउ परेका अखिल नेपाल फुटबल संघ (एन्फा) उपाध्यक्ष दावा लामा छुटेका छन्

Techie IT