IIMS College

ISMT

HUB Education

बन्द अवस्थाका पाँच उद्याेगमाथि कारबाही प्रक्रिया अघि बढ्याे

सांकेतिक तस्वीर
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

लहान । विगत लामो समयदेखि बन्द राखेका पाँचवटा उद्योगमाथि कारवाही प्रक्रिया अघि बढाइएको छ ।

 

उद्योगका लागि सेड भाडामा लिएर पनि लामो समयदेखि सञ्चालन नगरेको र भाडावापतको रकम समेत नतिरेको भन्दै गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले ती उद्योगमाथि कारवाही प्रक्रिया अघि बढाएको हो ।

 

सेड भाडामा लिएर वर्षैदेखि उद्योग सञ्चालन नगर्ने र भाडावापतको रकम समेत नबुझाउने प्रवृति बढेपछि कृष्णा खाद्य उद्योग, पदमा ज्योति प्लाष्टिक उद्योग र टि एण्ड कफी सेन्टरको नाममा लिएको सेड खाली गराइएको छ भने महालक्ष्मी खाद्य उद्योग र एस एण्ड इलेक्ट्रोनिक्स उद्योगको सेड खाली गराउने प्रक्रिया अघि बढाएको औद्योगिक क्षेत्र व्यवस्थापना कार्यालयका प्रमुख दीपक आचार्यले जानकारी दिए ।

 

खाली गराइएका सेडमा नयाँ उद्योग सञ्चालनका लागि आवश्यक प्रक्रिया समेत सुरु गरिसकेको प्रमुख आचार्यले बताए । औद्योगिक क्षेत्रमा अहिले मिलन डेरी उद्योग, महालक्ष्मी पेट इन्ड्रष्ट्रीज र कोशी पोलिमर्स प्रालि सञ्चालनमा रहेका छन् भने कान्तिपुर प्लाष्टिक इण्डष्ट्रिज र उषा जल उद्योग केही महीनाभित्रै सञ्चालनका लागि तयारी अन्तिम चरणमा पुगेको औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले जनाएको छ ।

 

यस्तै बन्द रहेको माँ भगवती कृषि सहकारी संस्था लिमिटेडको टमाटर प्रशोधन उद्योगले भाडावापतको बाँकी बक्यौता रकम बुझाएर सञ्चालन गर्न लागेको जनाएको छ ।

 

शान्ति सुरक्षा, खानेपानी, बिजुली लगायतको समस्या झेल्दै आएको औद्योगिक क्षेत्रमा उद्योग प्रवर्द्धन गर्नका लागि सरकारले पहिलो पटक यसवर्ष रु. पाँच करोड बजेट विनियोजन गरेकाले ती समस्या समाधान हुने प्रमुख आचार्यको भनाइ छ ।

 

कूल २९४ रोपनी (साढे २२ बिघा) मा फैलिएको औद्योगिक क्षेत्रभित्र बैंक भवन, हुलाक, स्वास्थ्य क्लिनिक भवन, चमेना गृह, गेस्ट हाउस, विद्युत टेलिफोनलगायत सम्पूर्ण सुविधा सम्पन्न १० वटा घरेलु उद्योग सञ्चालन गर्नसक्ने क्षमता छ । (रासस)


थप समाचार

बाँके घटनाका दोषी पक्राउ परिसकेको गृहमन्त्रीको भनाई

  • 3 minutes ago
बाँके घटनाका दोषी पक्राउ परिसकेको गृहमन्त्रीको भनाई

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा बादलले बिहीबार बाँकेको खजुरामा भएको घटनामा दोषी रहेकालाई पक्राउ गरिएको बताएका छन् । आइतबार संसदमा जवाफ दिने क्रममा थापाले उक्त घटनामा संलग्नलाई पक्राउ गरिसकेको बता

ट्युनिसियामा राष्ट्रपतिका लागि मतदान

  • 11 minutes ago
ट्युनिसियामा राष्ट्रपतिका लागि मतदान

ट्युनिस । ट्युनिसियामा नयाँ राष्ट्रपति चयनका लागि आइतबार मतदान भइरहेको छ ।

तालिबानका छायाँ प्रान्तीय गभर्नर मारिए

  • 12 minutes ago
तालिबानका छायाँ प्रान्तीय गभर्नर मारिए

आयबाक । सरकारी फौजको कारबाहीमा अफगानिस्तानको उत्तरी सामानगान प्रान्तका लागि तालिबानका छायाँ गभर्नर मौलवी नूरुद्दीन समेत कम्तीमा १२ जना तालिबान लडाकूहरु मारिएका छन् ।



प्रेम र यौन

सेक्स गर्दा नै निकाे हुन्छन् केही राेगहरू

सेक्स गर्दा नै निकाे हुन्छन् केही राेगहरू

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजी र गोप्य राख्न चाहान्छन् ।

जीवनशैली/स्वास्थ्य

खाली पेटमा यी ७ खानेकुरा नखाएकै राम्रो

खाली पेटमा यी ७ खानेकुरा नखाएकै राम्रो

राम्रो स्वास्थ्यका लागि स्वस्थकर खाना खानु आवश्यक रहेको हुन्छ । कुनै पनि खाना खाने उचित समेत रहेको हुन्छ । गलत समयमा खाना खाँदा स्वस्थमा नराम्रो असर पार्न जान्छ । आज हामी तपाईलाई खाली पेटमा खान नुहने खानाहरुबारे बताउँदै छौ ।