IIMS College

ISMT

HUB Education

बेलायतको नेपाली समुदायमा योगदान गर्नेहरुलाई 'आइएनइए अवार्ड' प्रदान

  • सोमबार, २८ पुष, २०७६
  • 1 week ago
  • युके
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

 

लन्डन । बेलायतको नेपाली समुदायमा रहेर विशिष्ट योगदान गरेका व्यक्तित्वहरुलाई आइएनइए अवार्ड यूके २०२० प्रदान गरिएको छ ।

 

एउटा क्रियटिभ मिडिया कम्पनी हयाब अ मोमेन्टले शनिबार अल्डरसटस्थित एम्पायर हलमा आयोजित विशेष समारोहमा उक्त अवार्ड प्रदान गरेको हो । 

 

कार्यक्रममा वेष्ट डिजे डिजे सिभा, वेष्ट फोटोग्राफर ज्ञान गुरुङ, वेष्ट इभेन्ट गोर्खा कप, विजनेश इन्फ्लुएन्सर योगेन क्षेत्री, स्पोर्टस् पर्सन कुशल लिम्बु, सोसल एक्टिभिष्ट लेक्स लिम्बु, मेकअप आर्टिष्ट प्रेक्षा बस्नेत गुरुङ, एक्टर मेल धिरज मगर, एक्टर फिमेल जसिता गुरुङ, निर्देशक मिलन चाम्स, वेष्ट मिडिया पर्सनालिटी नवीन पोखरेल, द साइनिङ स्टार प्रतिष्ठा (तृष) राउत, योङ इन्टरप्रिनर धन तामाङ, यु ट्यूबर सेगा गुरुङ, पब्लिक सर्भिस पुष्पा सुनुवार, म्यूजिक आर्टिष्ट जय अथर, आउटस्टयाण्डिङ अचिभमेन्ट स्नेहा शाक्य श्रेष्ठ (ब्यारिष्टर), प्यारामाउण्ट अचिभमेन्ट निम्स पुर्जाले पाए ।    

 

 

आइएनइए २०२० अवार्ड विजेतालाई प्रमुख अतिथी राजदूत डा. दुर्गाबहादुर सुवेदी, एनआरएनए यूके अध्यक्ष पुनम गुरुङ, उपाध्यक्ष रोजिनाप्रधान राई, महासचिव फडिन्द्र भट्टराई र पूर्व अध्यक्षहरु योहें क्षेत्री, योगकुमार फगामी, काउन्सिलर प्रवेश केसी लगायतले अवार्ड र सर्टिफिकेट प्रदान गरेका थिए ।

 

कार्यक्रममा प्रमुख अतिथी राजदूत डा. सुवेदीले युवाहरुको एउटा समूहले गरेको उक्त सम्मान आउंदो पुस्ताका लागि प्रेरणादायी भएको बताए । राजदूतले आयोजक हयाब अ मोमेन्टका निर्देशक नवीन गुरुङ लगायतलाई बधाइ दिंदै यस्ता सम्मान कार्यक्रमले समाजसेवामा अझ सक्रिय रहन हौसला मिल्ने पनि उल्लेख गरे । 

 

 

स्वागत मन्तव्य दिंदै हयाब अ मोमेन्टकी निशा गुरुङले यो प्रतिष्पर्धा भन्दा पनि समाजमा योगदान गरेका व्यक्तित्वहरुको कदर गर्न अवार्ड दिइएको प्रष्ट्याइन् ।

 

उनले अवार्ड निष्पक्ष बनाउन आफूहरुले सक्दो प्रयास गरेको बताउंदै यसपटक नपाउनेहरुले पनि समाजका लागि अमुल्य योगदान गरेका उल्लेख गरिन् ।  

 

सूर्य गुरुङ र विभा गुरुङले सञ्चालन गरेको उक्त कार्यक्रममा विभिन्न नृत्य प्रस्तुत गरिएको थियो ।

 


थप समाचार

राति निद्रा लाग्दैन ! यी पाँच चिज राखेर सुत्ने कि !

  • 1 hour ago
राति निद्रा लाग्दैन ! यी पाँच चिज राखेर सुत्ने कि !

दिनभरी हुने सुख शान्तिको सम्बन्ध रातसँग हुन्छ भन्ने शात्रमा उल्लेख छ । रातीमा राम्रो निद्रा परेन भने शरीरको थकान मेटिँदैन। तपाइँलाई ताजा अनुभव रातभरीको विश्राम पछि मात्र हुन्छ। शास्त्रले यस्ता कुराहरु

'हामीबीच प्रेम नै नभएपछि डिभोर्सको निर्णय लिएका थियौँ'

  • 1 hour ago
'हामीबीच प्रेम नै नभएपछि  डिभोर्सको निर्णय लिएका थियौँ'

एजेन्सी । बलिउडका चर्चित अभिनेता हुन् आमिर खान । उनले जेठी श्रीमती रिना दत्तसँग १६ वर्ष बिताउँदै अन्ततः डिभोर्स गरेका थिए ।

चियाको चुस्की लिँदै वाँदर

  • 1 hour ago
चियाको चुस्की लिँदै वाँदर

काठमाडाैँ । महोत्तरीको गौशालामा आगो ताप्दै चियाको चुस्की लिँदै वाँदर । तस्वीरः धनवीर महतो÷रासस



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

राति निद्रा लाग्दैन ! यी पाँच चिज राखेर सुत्ने कि !

राति निद्रा लाग्दैन ! यी पाँच चिज राखेर सुत्ने कि !

दिनभरी हुने सुख शान्तिको सम्बन्ध रातसँग हुन्छ भन्ने शात्रमा उल्लेख छ । रातीमा राम्रो निद्रा परेन भने शरीरको थकान मेटिँदैन। तपाइँलाई ताजा अनुभव रातभरीको विश्राम पछि मात्र हुन्छ। शास्त्रले यस्ता कुराहरुलाई सिरानीमुनी राख्नु राम्रो हुने भनेर उल्लेख गरेको छ ।

विचित्र विश्व

अपत्यारिला डिभोर्सका किस्साहरु !

अपत्यारिला डिभोर्सका किस्साहरु !

एजेन्सी । विश्वमा केही यस्ता डिभोर्सका घटनाहरु रहेका छन् जसले सबैलाई आश्चर्य चकित पारेको थियो । डिभोर्स गर्नुको कारण पनि उत्तिकै रोचक र अनौठो खालका थिए । आउनुहोस् ती डिभोर्स केशबारे चर्चा गरौँ ।