सूचनामा संकीर्णता : ‘निर्णय कार्यान्वयनमा गइसकेपछि थाहा दिनुको अर्थ छैन’

  • शनिबार, १ मंसिर, २०७५
  • 6 months ago
  • नेपाल

काठमाडौं। संसार सूचना प्रविधिको युगमा छ। सूचना सम्प्रेषणको तीव्रताले समाज विकासको गति पनि बढाउँछ। गणतन्त्रपछिको सरकार भने सूचना लुकाउनुलाई नै आफ्नो शक्ति ठान्न थालेको छ।

 

मन्त्रिपरिषद्का निर्णय एक सातासम्म सार्वजनिक नगर्ने नयाँ अभ्यासले सरकारलाई स्वेच्छाचारी बाटोतिर लैजाने जानकारहरू बताउँछन्। पूर्व प्रधानन्यायाधीश एवम् राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले सूसुचित हुने जनताको अधिकारमा संकीर्णता देखाउँदा पाकिस्तानमा जस्तै नियन्त्रित र निर्देशित लोकतन्त्रको खतरा उत्पन्न हुने बताए।

 

‘क्याबिनेटका निर्णय गोप्य राखिने कुराले सूचनाको हकको कुनै अर्थ भएन,’ शर्माले भने, ‘भोलि पाकिस्तान र सिंगापुरमा जस्तै कन्ट गाइडेड डेमोक्रेसीको अवस्था ल्याउन सक्छ।’

 

हरेक नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको कुनै पनि विषयमा सूचना माग्ने र पाउने हक संविधानले सुनिश्चित गरेको छ। सरकारले कानुनबमोजिम अति गोप्य राख्नुपर्नेबाहेक सबै सूचना सार्वजनिक गर्नुपर्छ।

 

प्रधानमन्त्री केपी ओलीले बिहीबारको क्याबिनेट बैठकमा पनि सरकारका सूचना बाहिर नलैजान मन्त्रीहरूलाई निर्देशन दिए। एकाध सूचना बाहिर गएको भन्दै प्रधानमन्त्री ओलीले आपत्ति नै जनाएका थिए। 

 

अख्तियारका पूर्व प्रमुख आयुक्त सूर्यनाथ उपाध्यायले मन्त्रिपरिषद् निर्णय पाको हुन दिने नाममा कार्यान्वयनमा गइसकेपछि जानकारी दिनुको अर्थ नहुने जिकिर गरे। ‘नियत ठीक भए पनि समय घर्केपछि थाहा पाउने कुरो व्यवहारिक हुँदैन’, उपाध्यायले भने, ‘क्याबिनेटले लुकाउनुपर्ने कुरो केही हुँदैन। सूचना पाको हुन दिने नाममा यता कार्यान्वयन भइसक्ने, नागरिकले पछि मात्र थाहा पाउने अवस्था राम्रो भएन। कि त सार्वजनिक नहुञ्जेलबीचको समयमा कार्यान्वयनमै लैजानु भएन।’ अन्नपूर्णपोष्टबाट।


थप समाचार

'संविधान संशोधन नभए सडक सङ्घर्ष रोज्ने'

  • 5 hours ago
'संविधान संशोधन नभए सडक सङ्घर्ष रोज्ने'

उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले पार्टीले संविधान संशोधन नभए सडक सङ्घर्षको मुख्य बाटो रोज्ने बताएका छन् ।

आरुबोटे हत्याकाण्डः त्रासमा छन् स्थानीय

  • 5 hours ago
आरुबोटे हत्याकाण्डः त्रासमा छन् स्थानीय

फिदिम । मङ्गलबार बिहानदेखि कान्छीमाया फियाकले खाना खाएकी छैनन् । उनका हातगोडा अझै कापिरहेका छन् । ओठ सुकेका छन् । सबैले सोध्ने प्रश्नको उत्तर दिएर उनी गलिसकेकी छन् । चिया र केही फलफूल खाएर उनी घरको वर

‘आविष्कार केन्द्रका लागि बजेट खोइ’

  • 6 hours ago
‘आविष्कार केन्द्रका लागि बजेट खोइ’

काठमाडौँ । कहिले प्रजातन्त्रको पक्षमा, कहिले महङ्गीविरुद्ध त कहिले गणतन्त्र स्थापनार्थ सडक जाम गर्ने, टायर बाल्ने, बार भत्काउने उपनामबाट परिचय बनाएका विभिन्न विद्यार्थी सङ्गठनका नेताहरुले आज एकै समारो



प्रेम र यौन

१८ वर्ष नपुग्दै यौन सम्पर्क गरेका यी १० चर्चित कलाकार

१८ वर्ष नपुग्दै यौन सम्पर्क गरेका यी १० चर्चित कलाकार

एजेन्सी । कतिपय बलिउड तथा हलिउड कलाकारहरु यौनको विषयमा खुलेर कुरा गर्छन् । सेक्सको विषयमा उदार कलाकारहरु जसले १८ वर्ष पुग्नु भन्दा अगाडि नै यौन सम्पर्क गरेको बारेमा हामीले जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

अमेरिकालाई ‘स्वर्ग’ ठान्ने नेपालीले बुझ्नु पर्ने कुरा

अमेरिकालाई ‘स्वर्ग’ ठान्ने नेपालीले बुझ्नु पर्ने कुरा

एजेन्सी । अमेरिकालाई ‘स्वर्ग’ ठान्ने नेपालीको सँख्या बहुमतै होला । त्यहाँ पुगेपछि सुखका सबै ढोका खुल्छन् भन्ने भ्रमले वर्षेनी लाखौंले डिभि चिठ्ठा भरेको देखेकै छौं । तर, अमेरिकामा सम्पन्नता भएपनि सुख नभएको पछिल्लो एक अध्ययनले दर्शाएको छ ।

विचित्र विश्व

के आँखा फरफराउँदा शुभ अशुभ हुन्छ ?

के आँखा फरफराउँदा शुभ अशुभ हुन्छ ?

एजेन्सी । कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ ।