आप्रबासीबारे भएका प्रदर्शनमा १८ जना घाइते

चेम्निज, जर्मनी । जर्मनीको चेम्निज शहरमा कट्टर दक्षिणपन्थी आप्रबासी विरोधी र समर्थक समूहहरूले गरेका प्रदर्शनमा १८ जना घाइते भएका छन् । 

 

गत आइतबार शङ्कास्पद एक सिरियाली र एक इराकी नागरिकले चक्कू आक्रमण गरेको भन्ने समाचारलाई लिएर चेम्निज हप्ताभर अशान्त रह्यो । 

 

पूर्वी जर्मनीमा रहेको दक्षिणपन्थी दल एएफडी र इस्लाम धर्म विरोधी पिइजीआइडीएले हजारौँको सङ्ख्यामा प्रदर्शन गरेका थिए । 

 

तर उक्त प्रदर्शनको विरोध गर्दै कम्युनिस्ट प्रभाव रहेको शहरमा ग्रीन पार्टी र सोसल डेमोक्रेटिक पार्टीका सांसदहरूले नै नेतृत्व गरेको प्रदर्शनमा जातियता र धर्मको आधारमा कसैलाई समर्थन र विरोध गर्नु गलत हुने भन्दै सोही सङ्ख्यामा शान्तिपूर्ण ¥याली निकालिएको थियो । 

 

प्रहरीले दुबै समूहमा दश हजारभन्दा बढीको सङ्ख्यामा सहभागीता रहेको जनाएको छ । उनीहरूबीच झडपका घटनाहरू भएपछि प्रहरीले बल प्रयोग गरेका थियो । 

 

प्रदर्शनपछि पक्ष विपक्षमा साना समूहमा विवाद हुँदा भएका घटनामा केही नागरिक घाइते भएको प्रहरीले जनाएको छ । 

 

समाजवादी पार्टीका सांसद सोयरेन बार्तोलले मावर्ग समुदायमाथि नाजीले आक्रमण गरेकाले प्रतिकारका क्रममा केही आफ्ना साथीहरू पनि घाइते भएका बताए । शान्तिपूर्ण प्रदर्शनपछि बस चढ्न स्टेसनतर्फ हिँडेको समयमा घटना भएको उनले बताए । 

 

प्रहरीले कम्तीमा ३७ सम्भावित भडपका घटनालाई टारेको र केही मानिस घाइते भएको आइतबार जारी विज्ञप्तिमा जनाइएको छ । 

 

चेम्निज शहरबाट टाढा एक जना अफगानी नागरिकलाई नकावधारी चार जनाको समूहले आक्रमण गरेको जनाउँदै उनीहरू प्रदर्षनकारी भए नभएको प्रहरीले अनुसन्धान शुरु गरेको बताइएको छ । 


थप समाचार

सरकारले गर्यो बद्नामहरुको नियुक्ति, पार्टीको काँधमा अपजसको भारी

  • 16 minutes ago
सरकारले गर्यो बद्नामहरुको नियुक्ति, पार्टीको काँधमा अपजसको भारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका राजनीतिक नियुक्तिहरु एकपछि अर्को विवादमा पर्दै गएका छन् । प्रधानमन्त्री ओलीले पार्टीबाट निर्णय गर्नु त कता हो कता सामान्य छलफल नै नगरी फुत्तफुत्त राजदूत

आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गर्दै मनाइदै

  • 35 minutes ago
आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गर्दै मनाइदै

काठमाडौं । प्रत्येक वर्ष शुक्ल एकादशीका दिन मनाइने हरि बोधिनी एकादशी पर्व आज मनाइँदैछ । यो पर्वमा भगवान विष्णुको प्रतिकको रपमा तुलसीको विवाह र विशेष पूजाआजा गर्ने प्रचलन छ । घरघरमा तथा देशैभरक

बल्ल पप्पु कन्स्ट्रक्सन कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय

  • 43 minutes ago
बल्ल पप्पु कन्स्ट्रक्सन कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय

काठमाडौं । नहर निर्माण कार्य समयमा गर्न नसकेका कारण ठेक्का तोडेको सिक्टा सिँचाइ आयोजना कार्यालयले कोस्टाल पप्पु कन्स्ट्रक्सन कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय गरेको छ।



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

यसरी घटाउनुस् मानसिक तनाव !

यसरी घटाउनुस् मानसिक तनाव !

के तपाईंलाई मानसिक तनावले सताउँछ रु यदि सताउँछ भने ध्यान दिनुहोस् तनाव कम गर्ने विभिन्न उपायहरु छन् । मनोचिकित्सकले सुझाएका यी हुन् मानसिक तनाव घटाउने ७ उपाय

विचित्र विश्व

अब उड्ने बाइक, अग्रिम बुकिङ समेत खुल्ला

अब उड्ने बाइक, अग्रिम बुकिङ समेत खुल्ला

एजेन्सी । तपाईले हालसम्म गुड्ने बाइकबारे थाहा पाउनु भएको थियो होला अब भने उड्ने बाइक पनि बजारमा आउन लागेको सुन्दा अचम्ममा पर्नु हुनेछ ।