अनेसास बेलायतको भानुजयन्ती र पाँचौ सुप्रमा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

  • सोमबार, १४ साउन, २०७५
  • 3 months ago
  • युके

लण्डन । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बेलायतले हरेक वर्ष गर्ने भानुजयन्ती तथा सुप्रपा पुरस्कार वितरण शनिबार सम्पन्न भएको छ । साउथ ईस्ट लण्डनको एबिउडस्थित दक्षिणपूर्व क्षेत्रीय तमुधिं लण्डनको सभाकक्षमा उक्त कार्यक्रम गरिएको थियो । 

 

संस्थाका अध्यक्ष सुमलकुमार गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेपाल मुक्तक प्रत्तिष्ठानका अध्यक्ष रामकाजी कोने, विशिष्ट अतिथि सुप्रमा पुरुस्कारका प्रायोजक जानकी मानन्धर, अनेसास केन्द्रिय उपाध्यक्ष तथा अनेसास युरोपका अध्यक्ष डा रुपक श्रेष्ठ तथा अतिथिहरूमा प्रतिभा प्रत्तिष्ठानका कोषाध्यक्ष देवेन्द्र खेरेस तथा नेपाल मुक्तक प्रत्तिष्ठानका अध्यक्ष दुर्गाप्रसाद पोख्रेल थिए । 

 

कार्यक्रमलाई संस्थाका महासचिव सन्तोष कार्कीले सन्चालन गरेका थिए । सभाध्यक्ष, प्रमुख अतिथि लगायत अतिथिहरूद्वारा सामुहिक रुपमा द्वीप प्रज्वलन गरेर कार्यक्रम प्रारम्भ गरिएको थियो । प्रत्येक वर्ष मनाउने भानुजयन्तीका अवसरमा सुप्रमा पुरस्कार संस्थापक, बेलायतका नेपाली साहित्यका आदिकवि स्व.ईस्वरप्रसाद मानन्धरको पनि जन्म जयन्ती अनेसासले मनाउँदै आएको छ । 

 

 

कार्यक्रममा संस्थाकी उपाध्यक्ष लारा (लक्ष्मी थापा राई)लेस्वागत गरेकी थिईन ।  भानु, ईस्वरप्रसाद मानन्धर र सुप्रमा पुरस्कार बारे डा.रुपकले सम्बोधन गरेका थिए । सभाध्यक्षले अनेसासको संक्षिप्त ईतिहास पावर प्वाईन्ट मार्फत प्रकाश पारेका थिए । पाँचौ सुप्रमा पुरस्कार समाजसेवी तथा वरिष्ठ साहित्यकार, त्रि.वि.का लेक्चरर, पूर्व किरात राई यायोक्खा केन्द्रिय अध्यक्ष, सुमाया राईलाई उनका कृति “अव्यक्त अभिव्यक्ति” कविता सङ्ग्रहका लागि प्रदान गरिने घोषणा अध्यक्षले गरे पश्चात पुरस्कृत कृतिबारे संस्थाकी उपाध्यक्ष लाराले प्रकाश पारेकी थिईन । 

 

प्रमुख अतिथि, पुरस्कार प्रायोजक जानकी मानन्धर तथा संस्थाका अध्यक्षद्वारा खादा, पुष्पगुच्छ, पुरस्कृत रकम, तथा सम्मानपत्रद्वारा सुमाया राईलाई सम्मान गरिएको थियो । अध्यक्ष सुलकुमार गुरुङले सम्मान पत्र पढेर सुनाएका थिए । पुरस्कार विजेता सुमाया राईले आफूलाई यसरी सम्मानित गरेकोमा सिर्जनाप्रति थप जिम्मेवारी बढेको बताएकी थिइन् । 

 

त्यसपछि कविता वाचनको क्रम प्रारम्भ गरिएको थियो । कविता वाचन गर्नेहरूमा त्रलारा, रामकाजी कोने, दुर्गाप्रसाद पोख्रेल, माया गुरुङ, सन्तोष कार्की, सचिन गुरुङ, राज श्रेष्ठ, रेखा खरेल, सारा गुरुङ, सुमल कुमार गुरुङ, प्रतिमा मानन्धर, डा. सुनिल बुढाथोकी र सेमान्त राई आदि थिए । यस कार्यक्रममा सेमन्त राईले मिठो बाँसुरीको धुन प्रस्तुत गरेका थिए भने रिदम खरेलले एउटा गीत प्रस्तुत गरेकी थिइन् ।

 

 


थप समाचार

विश्वभरका महिला सांसदको लण्डन सम्मेलनमा उपसभामुख शिवमायाको सम्बोधन

  • 6 hours ago
विश्वभरका महिला सांसदको  लण्डन सम्मेलनमा उपसभामुख शिवमायाको सम्बोधन

लण्डन । उपसभामुख डा शिवमाया तुम्बाहाङ्फेले लण्डनमा सम्पन्न विश्वभरका महिला सांसदहरुको एक अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गरेकी छन् ।

बेलायतमा महागुरु फल्गुनन्दको जन्म जयन्ती कार्यक्रम

  • 8 hours ago
बेलायतमा महागुरु फल्गुनन्दको जन्म जयन्ती कार्यक्रम

आइतबार लण्डनको फेल्थाममा १६ औँ राष्ट्रिय विभुती ,समाज सुधारक महागुरु फल्गुनन्दको १३४ औँ जन्म जयन्ती मनाइएको छ ।

भियतनामद्वारा प्रशान्त व्यापार सम्झौतालाई अनुमोदन

  • 10 hours ago
भियतनामद्वारा प्रशान्त व्यापार सम्झौतालाई अनुमोदन

हनोई । भियतनामले यसै वर्षको अन्त्यदेखि लागू हुने बहुचर्चित प्रशान्त व्यापार सम्झौतालाई अनुमोदन गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो सम्झौताबाट अलग हुने घोषणा गरे पनि सम्झौता अनुमोदन गर्ने



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

बन्दीपुरमा कृत्रिम ताल बनाइने

बन्दीपुरमा कृत्रिम ताल बनाइने

दमौली । तनँहुको पर्यटकीय नगरी बन्दीपुरमा कृत्रिम ताल बनाइने भएको छ । पहाडकी रानी नामले परिचित बन्दीपुरको पर्यटन प्रवद्र्धन गर्न मानवनिर्मित ताल बनाउन लागिएको हो ।

विचित्र विश्व

यी हुन् सबैभन्दा कम उमेरमा पिएचडी गर्ने १० मानिसहरु

यी हुन् सबैभन्दा कम उमेरमा पिएचडी गर्ने १० मानिसहरु

धेरै विद्यार्थीहरुको मनमा ग्य्राजुएट गरेपछि पढु कि नपढु भन्ने दुविधा हुन्छ । यो विषय पढौं कि त्यो विषय पढौं भन्ने प्रश्न पनि धेरै ग्य्राजुएटहरुको दिमागमा खेलिरहेको हुन्छ ।