बालकृष्ण ढुंगेललाई आममाफी दिन लागेकोप्रति इन्सेकको आपत्ति

Education Park

काठमाडौँ । गणतन्त्र दिवसका अवसरमा आममाफी दिन जिल्ला प्रशासन कार्यालय, काठमाडौँले कर्तव्य ज्यान मुद्दामा जेलमा रहेका तत्कालिन नेकपा माओवादीका नेता बालकृष्ण ढुंगेलको नाम सिफारिस गरेकोप्रति अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

 

ओखलढुङ्गाका उज्जनकुमार श्रेष्ठको हत्या अभियोगमा जेलमा रहेका तत्कालिन माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेलसहित करिब ८ सय जनाको नाम सजाय माफीका लागि सिफारिस गरिएको पछिल्ला केही दिनयता समाचारहरूमा जनाइएको छ ।

 

‘सजाय माफी, मुलतवी, परिवर्तन वा कम गर्ने कार्यविधि २०७१ ले कसैले आफूलाई भएको सजाय माफी, मुलतवी, परिर्वतन वा कम गराउन चाहेमा कारण खुलाई निवेदन दिन सक्ने उल्लेख छ । तर भ्रष्टाचार, जबर्जस्तीकरणी, सरकारी कीर्ते, सङ्गठित अपराध, युद्ध अपराध, क्रुर हिंस्रक वा विभत्स तरिकाले गरिएको हत्या, लागु औषध लगायतका अपराधमा सजाय कम नहुने कार्यविधिको दफा ३ मा स्पष्ट उल्लेख छ ।’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।

 

‘नेपालको संविधान, विद्यमान ऐन, कानुनमा सरकारले कुनै पनि मुद्दा फिर्ता लिन पाउने व्यवस्था छैन । संविधानको धारा ५८ को २ मा यस संविधानमा अन्यथा व्यवस्था भएकोमा बाहेक कुनै अदालत वा न्यायिक निकाय वा अधिकारी समक्ष नेपाल सरकारको तर्फबाट मुद्दा चलाउने वा नचलाउने भन्ने कुराको अन्तिम निर्णय गर्ने अधिकार महान्यायाधिवक्तालाई हुनेछ भनिएको छ । तर, मुद्दा फिर्ताबारे केही उल्लेख छैन ।’ अधिवक्ता टिकाध्वज खड्काले भने ।

 

विज्ञप्तिमा उल्लेख गरिएको छ– ‘सर्वोच्च अदालतका प्रधानन्यायाधीश कल्याण श्रेष्ठ, न्यायाधीशहरू सुशीला कार्की, वैद्यनाथ उपाध्याय, गोपाल पराजुली र ओमप्रकाश मिश्रको संवैधानिक इजलासले २०७२ पुस २३ गते गरेको आदेशमा मुद्दा फिर्ता लिँदा निश्चित कानुनी मापदण्ड अवलम्बन गर्न, प्रचलित कानुनी व्यवस्थाको भावना कानुनसरह लागु हुने तथा सरकारले यस सम्बन्धमा आफैँले बनाएको मापदण्डसमेत पालना गर्नुपर्ने उल्लेख छ ।’

 

‘जेनेभा महासन्धिको साझा धारा ३ को तत्कालीन नेकपा माओवादीले सम्मान गर्ने घोषणा गरेको स्मरण गराउनु सान्दर्भिक हुन्छ । सो महासन्धिका प्रावधानहरू द्वन्द्वकालीन अवस्थामा भएका अपराधका सन्दर्भमा आजका दिनमा पनि आकर्षित हुन्छन् । न्यायको आशमा बसेको हजारौँ द्वन्द्वपीडितको आशा विपरीत गरिएको मुद्दा फिर्ता लिनेतर्फ सरकारी प्रयासको भत्सर्ना गर्दै सो प्रक्रिया फिर्ता लिन जोडदार माग गर्दछौँ ।’इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

 


थप समाचार

बुद्धिस्ट गुम्बा रेडिङको च्यारिटी डिनरमा गायिका आनी छोइङ आउँदै

  • 3 hours ago
बुद्धिस्ट गुम्बा रेडिङको च्यारिटी डिनरमा गायिका आनी छोइङ आउँदै

स्थानीय रिभरमेड लिजर सेन्टरमा हुने उक्त कार्यक्रममा प्रसिद्ध गायिका आनी छोइङले विशेष सांगीतिक प्रस्तुति दिने भएकी छन् । आयोजक बुद्धिस्ट गुम्बा रेडिङले आइतबार अल्डरसटमा एक पत्रकार सम्मेलन गर्दै कार्यक्

पशुपतिनाथ मन्दिर प्लमस्टिडमा नयाँ नेतृत्व, अध्यक्षमा कँडेल

  • 4 hours ago
पशुपतिनाथ मन्दिर प्लमस्टिडमा नयाँ नेतृत्व, अध्यक्षमा कँडेल

निवर्तमान कार्यसमितिका उपाध्यक्ष नरेन्द्र कंडेलको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चुनिएको हो । जसमा उपाध्यक्ष दासुराम पाण्डे, सचिव कल्पना त्रिपाठी, सहसचिव जिवन वाग्ले र कोषाध्यक्ष गोपाल अर्याल छन्

चन्दा माग्न गएका विप्लवका दुई कार्यकर्ता पक्राउ

  • 6 hours ago
चन्दा माग्न गएका विप्लवका दुई कार्यकर्ता पक्राउ

उर्लाबारी । प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका दुई कार्यकर्तालाई पक्राउ गरेको छ । उनीहरुलाई मोरङको बेलबारी नगरपालिका–४ स्कुलडाँडाबाट पक्राउ गरिएको हो । एक व्यापारीसँग चन्दा माग्न जाँदै



प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

दुधसँग भुलेर पनि नखानुहोस यी चिजहरु

दुधसँग भुलेर पनि नखानुहोस यी चिजहरु

दुध हाम्रो स्वास्थको लागि धेरै नै फाइदाजनक हुन्छ । तर दुध सँग केही खानेकुराहरु खाँदाहामिलाई हानिकारक पनि हुन सक्छ । आयुर्वेद विज्ञानले त्यसलाई ‘विरुद्ध आहार’नियम मानेको छ

विचित्र विश्व

एउटा यस्तो ठाउँ जहाँ बहुविवाहका लागि यसरी बाध्य पारिन्छ !

एउटा यस्तो ठाउँ जहाँ बहुविवाहका लागि यसरी बाध्य पारिन्छ !

विश्वभर केही यस्ता देशहरु रहेका छन् जहाँ अजब गजब नियम कानुनहरु रहेका छन् । नेपालमा एकभन्दा बढी विवाहलाइै गैरकानुनी मानिन्छ । नेपालमा कानुनको पालना गर्दै मानिसहरु एउटा विवाह गर्नेछन् ।