बेलायतमा छैठौं इन्टर युनिभर्सिटी नेपाली नृत्य प्रतियोगिता सम्पन्न , रोह्याम्पटन बन्यो विजेता

  • मंगलबार, २९ जेष्ठ, २०७५
  • 9 months ago
  • युके

लण्डन । बेलायतका विभिन्न विश्वविद्यालयहरुमा अध्ययनरत नेपाली विद्यार्थीहरुबीच आयोजना हुंदै आएको नृत्य प्रतियोगिताको छैठौं संस्करण गत शनिबार सम्पन्न  भयो । 

 

किंग्स्टन युनिभर्सिटी नेप्लिज सोसाइटीको आयोजनामा अल्डरसटको एम्पायर हलमा उक्त प्रतियोगिता सञ्चालन भएको थियो । 

 

प्रतियोगितामा बेलायतका विभिन्न १६ वटा विश्वविद्यालयको प्रतिनिधित्व गर्दै आएका विद्यार्थी प्रतियोगीहरुबीच सामुहिक नृत्य प्रतिस्पर्धा भएको थियो । जसमध्ये सबैलाई पछि पार्दै रोह्याम्पटन युनिभर्सिटी प्रतियोगिताको विजेता बन्यो । 

 

फस्र्ट रनर अपमा ईस्ट लण्ड युनिभर्सिटी र सोआस युनिभर्सिटी आउन सफल भए भने सेकेण्ड रनर अप क्वीन म्यारी युनिभर्सिटी र युनिभर्सिटी कलेज लण्डन (युसिएल) चुनिए । 

 

प्रतियोगिताको विजेताले ५ सय, फस्र्ट रनर अपले ३ सय र सेकेण्ड रनर अपले २ सय पाउण्ड नगद पुरस्कार र ट्रफी प्राप्त गरे । 

 

प्रतियोगितामा निर्णयकको भुमिका समिर गुरुंग, सुजाता राई, जेनी सुनुवार र पवन कंडेलले निभाएका थिए । 

 

बेलायतका विभिन्न विश्वविद्यालयहरुभित्र गठन भएका नेप्लिज सोसाइटीहरुको संयुक्त पहलमा गत ६ वर्षदेखि यो प्रतियोगिता आयोजना हुंदै आएको छ । हरेक वर्षको विजेता टोलीले अर्को वर्षको प्रतियोगिता आयोजना गर्ने परम्पराअनुसार गत वर्षको विजेता किंग्स्टन युनिभर्सिटीले यो वर्ष प्रतियोगिता आयोजना गरेको हो । 

 

यो प्रतियोगितामा पर्चा प्रोडक्सन्, बफेस्ट, म डिजाएर, सपन इन्टरटेनमेन्ट, हयाव अ मोमेन्ट, बिबिएम टिभी लगायतको सहकार्य थियो । 

 

प्रतियोगितामा यस वर्ष अहिलेसम्मकै सबैभन्दा बढि १६ विश्वविद्यालयका विद्यार्थीहरुले प्रतिस्पर्धा गरेका थिए ।


थप समाचार

आगामी मङ्सिरदेखि माथिल्लो तामाकोशी सञ्चालनमा आउने

  • 5 minutes ago
आगामी मङ्सिरदेखि माथिल्लो तामाकोशी सञ्चालनमा आउने

दोलखा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आज राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको निरीक्षण गरेका छन् ।

त्यो घटनापछि ऐश्वर्याले सलमान खानलाई फर्किएर पनि हेरिनन्

  • 12 minutes ago
त्यो घटनापछि ऐश्वर्याले सलमान खानलाई फर्किएर पनि हेरिनन्

एजेन्सी । आज पनि सलमान खानका लवका किस्साहरु उत्तिकै चर्चित रहेका छन् । सबैभन्दा बढी चर्चामा रह्यो उनको र ऐश्वर्याको सम्बन्ध । सन् २००० को सुरुवातसँगै उनीहरुको प्रेम सम्बन्ध

नेपालीहरुको किड्नी बिग्रिने प्रमुख कारणहरु

  • 40 minutes ago
नेपालीहरुको किड्नी बिग्रिने प्रमुख कारणहरु

एजेन्सी । किड्नी खराब हुनुका कारणमा सबैभन्दा पहिले हाम्रा कतिपय खराब बानीहरु पहिलो नम्बरमा पर्छन् । यसका अन्य कारणहरु पनि छन् तर हाम्रा बानीहरुको पनि किड्नीमा ठूलो प्रभाव पर्न सक्ने हुनाले त्यस्त बानी



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

नेपालीहरुको किड्नी बिग्रिने प्रमुख कारणहरु

नेपालीहरुको किड्नी बिग्रिने प्रमुख कारणहरु

एजेन्सी । किड्नी खराब हुनुका कारणमा सबैभन्दा पहिले हाम्रा कतिपय खराब बानीहरु पहिलो नम्बरमा पर्छन् । यसका अन्य कारणहरु पनि छन् तर हाम्रा बानीहरुको पनि किड्नीमा ठूलो प्रभाव पर्न सक्ने हुनाले त्यस्त बानीहरु थाहा पाइराखेको राम्रो । त्यसैले आज हामी तपाईहरुलाई त्यस्ता बानीहरुबारे सचेत गराउन जाँदैछौं ।

विचित्र विश्व

अनौठा ५ शिक्षक जसबारे तपाईंलाई थाहा नहुन सक्छ

अनौठा ५ शिक्षक जसबारे तपाईंलाई थाहा नहुन सक्छ

दुई कक्षालाई पढाउने माइकल बोनरले आफ्ना विद्यार्थीलाई कसरी पढाईप्रति आकर्षक बनाउने भन्ने उपाय खोजिरहेका थिए । यसैक्रममा उनले एउटा अनौठो प्रस्ताव विद्यार्थीहरुसमक्ष राखे र यसको परिणाम पनि सोचेजस्तै आएको छ ।