IIMS College

ISMT

HUB Education

लण्डनमा नेपाली बालबालिका र अभिभावकमाझ धर्म, संस्कृति र संस्कारसम्बन्धी अन्तरक्रिया

  • सोमबार, ४ चैत, २०७५
  • 11 months ago
  • युके
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

 

लण्डन । सोसाइटी अफ नेप्लिज प्रोफेसनल्स् यूकेको आयोजनामा अध्यात्म, संस्कृति तथा संस्कार विषयक एक अन्तरक्रिया सम्पन्न भएको छ । 

 

आइतबार लण्डन, प्लमस्टिडको गेसो हलमा सम्पन्न अन्तरक्रियामा बेलायतको नेपाली समुदायका बालबालिका तथा अभिभावकहरुको सहभागिता थियो । 

 

कार्यक्रमका संयोजक मनोज श्रेष्ठका अनुसार  सनातन धर्म, संस्कृति र संस्कार तथा  दैनिक जीवनमा यसको आवश्यकताका बारेमा स्कुल र कलेज जाने उमेरका बालबालिकाहरूलाई जानकारी गराउने उद्देश्यले  कार्यक्रम आयोजना गरिएको हो ।  

 

आचार्य दुर्गाप्रसाद पोख्रेल र आचार्य नारायण पौडेल ’गाउँले’ वक्ता रहेको सो कार्यक्रम बालिका समृद्धि पोख्रेलको वेद मन्त्रोच्चारणबाट शुरू भएको थियो ।  आचार्य पोखरेलले धर्मको सार, जीवनमा धर्मको महत्व र सनातन हिन्दु धर्म संस्कृतिका महत्वपूर्ण पक्षमा प्रकाश पारेका थिए ।  अन्य स्थापित धर्म र सनातन हिन्दू धर्मबीचको तुलनात्मक प्रस्तुति गर्दै उनले सनातन धर्मका विशिष्टताबारे उल्लेख गरे ।

 

आचार्य पोख्रेलले सामान्य विद्यालयमा सनातन हिन्दु धर्म अध्यात्म, दर्शन र सोह्र संस्कारका बारेमा नपढाइने भएकोले माता पिताले नै पहिला जान्नुपर्ने र घरबाटै संस्कार तथा संस्कृतिको शिक्षा दिलाउने वातावरण बनाउनुपर्ने धारणा राखे । कर्म, भक्ति र ज्ञान मार्गको चर्चा गर्दै मानवीय मर्यादा, अनुशासन र समुन्नत संस्कारले भरिएका नेपाली बालबालिका, युवा बनाउन घर घरबाट पहल शुरु गर्न पनि उनले आग्रह  गरे । 

 

 

अर्का वक्ता आचार्य नारायण पौडेल  ’गाउँले’ले  नेपाली संस्कार र कर्मकाण्डको बारेमा विज्ञान, धर्म र संस्कृतिलाई जोडेर प्रवचन दिएका थिए । उनले रिलिजन र धर्मको अर्थ एउटै नभएको र आधुनिक विज्ञान र धर्म दर्शनलाई बुझ्न एउटै आयाम पर्याप्त नहुने धनाइ राखे । रिलिजन भनेर मात्रै हिन्दु  धर्म बुझ्न सकिन्न ।  यसभित्र विशाल  प्याकेज छ, भन्दै उनले हिन्दुहरुका  १६ संस्कारमध्ये  व्रतबन्ध, विवाह  जस्ता दैनिक जीवनका महत्वपूर्ण पक्षका बारेमा दृष्टिकोण प्रस्तुत गरे । उनले नागपञ्चमी जस्ता मानवीय जीवन र पर्यावरण सुरक्षाका लागि ऋषि मुनीहरूद्वारा शुरु गरिएका चाडबाडको महत्वका बारेमा पनि बताए ।

 

अन्तरक्रिया कार्यक्रम अंग्रेजी र नेपाली दुवै भाषामा सञ्चालन गरिएको थियो । उक्त कार्यक्रममा सहजकर्ताको भुमिका निभाएका संस्थाका पूर्व अध्यक्ष डा तेजेन्द्र फेरालीले युवा पुस्तालाई आफ्ना संस्कार र संस्कृतिसँग कसरी आबद्ध गराउने भन्ने सबैको चिन्ता र चासोलाई सम्बोधन गर्नु कार्यक्रमको उद्धेश्य रहेको स्पष्ट पारे । यस्ता कार्यक्रमहरूलाई  निरन्तरता दिनुपर्ने उनको भनाइ थियो  । 

 

प्रश्नोत्तर कार्यक्रममा उपस्थित युवा तथा अभिभावकहरूले राखेका विभिन्न जिज्ञासा तथा प्रश्नहरुमाथि विद्वान् वक्ताहरूले सरल जवाफ दिएका थिए । संस्थाका  पूर्व उपाध्यक्ष  दीप गिरीले  बेलायत जस्तो बहुभाषी तथा बहुसांस्कृतिक देशमा हुर्केका बालबालिकाहरू कुन धर्म, संस्कार र संस्कृतिमा हुर्कने हुन् र आफ्नोपन नै भुल्ने पो हुन् कि भन्ने चिन्तामा रहेका डायस्पोराका  नेपाली अभिभावकलाई कार्यक्रम निकै फलदायी बनेको बताए । 

 

संस्थाका अध्यक्ष शेखर वाग्लेले हिन्दुत्व, संस्कार र संस्कृतिको बारेमा नेपाली बालबालिकाहरुलाई प्रश्न सोध्दा अनुत्तरित रहनुपर्ने र सबै प्रश्नको उत्तर आमा बुवाले पनि दिन नसक्ने अवस्था रहेको भन्दै कम्तिमा ती प्रश्नको उत्तर दिन सक्ने बनाउन पनि हिन्दु दर्शन र संस्कारको बारेमा यस्ता कार्यक्रम गर्नुपरेको बताए । उनले अतिथि वक्ता तथा उपस्थित सबैलाई हार्दिक धन्यवाद पनि दिए । संस्थाका सचिव अर्जुन पौडेलले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष  रामकृष्ण अधिकारीले स्वागत  मन्तव्य दिएका थिए । 

 

नेपाली डायस्पोरामा रहेका युवा तथा बालबालिका र अभिभावक समेतको प्रत्यक्ष सहभागितामा  यस प्रकारको धर्म, संस्कृतिसम्बन्धी कार्यक्रम बेलायतमा सम्भवतः पहिलो भएको  सहभागीहरूले बताएका छन् । 

 


थप समाचार

एमसिसीबारे यसाे भन्छन् अध्यक्ष दाहाल

  • 2 minutes ago
एमसिसीबारे यसाे भन्छन्  अध्यक्ष दाहाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी सरकारको सहायता कोष मिलेनियम च्यालेञ्ज कोअपरेसन (एमसिसी) परिमार्जनसहित अनुमोदन हुने बताएका छन् । आज यहाँ पत्रकारहरु

जब अमृताले मेरो भागको सबै सम्पत्ति मागिन्

  • 7 minutes ago
जब अमृताले मेरो भागको सबै सम्पत्ति मागिन्

एजेन्सी । बलिउडमा चर्चित अभिनेता हुन् सैफ अली खान । बलिउडमा लामो समय बिताएका उनी बेलाबेला जेठी श्रीमती अमृता सिंहका कारण चर्चामा आउने गर्छन् । उमेर अमृताभन्दा सैफ धेरै वर्षले कान्छा रहेका थिए ।

अमृताबारे के भन्छिन् करिना कपुर ?

  • 13 minutes ago
अमृताबारे के भन्छिन् करिना कपुर ?

एजेन्सी । बलिउडकी चर्चित अभिनेत्री हुन् करिना कपुर । उनले सन् २०१२ मा सैफ अली खानसँग विवाह गरेकी थिइन् ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

शनिवार भुलेर पनि नखानुहोस् यी खानेकुरा

शनिवार भुलेर पनि नखानुहोस् यी खानेकुरा

काठमाडौँ । शनिवारको दिनलाई भगवान शनिको दिन मानिन्छ । कुण्डलीमा शनिदोष छ भने त्यस्ता व्यक्तिले शनिवारको दिन भोजन गर्दा सावधानी अपनाउनुपर्ने हुन्छ ।

विचित्र विश्व

पत्रपत्रिकामा राखेका खानेकुरा कहिल्लै नखानुहोस्

पत्रपत्रिकामा राखेका खानेकुरा कहिल्लै नखानुहोस्

काठमाडौँ । धेरै व्यक्ति घरमा खाना प्याक गर्न पनि अखबारै प्रयोग गर्ने गर्दछन् । तारेका, भुटेका खाद्य पदार्थको तेल सोसियोस् भनेर पनि अखबारमा ती चीज राख्ने गरिन्छ । यसरी अखबारमा राखिएको कुनै पनि खाद्यपदार्थ हाम्रो स्वास्थ्यका लागि निकै धेरै जोखिमपूर्ण हुने एक अध्ययनले देखाएको छ ।