क्रिकेट रंगशाला निर्माणकार्य सुरू गर्छाैं : धुर्मुस सुन्तली फाउण्डेशन

Education Park

काठमाडौँ । धुर्मुस सुन्तली फाउण्डेशनले प्रस्तावित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको रोकिएको निर्माणकार्य सुरू गर्ने निर्णय गरेको छ । फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले बिहीबार एक विज्ञप्ति जारी गर्दै रंगशालाको निर्माण कार्य सुरू गर्ने जानकारी दिएको हो ।

 

बाटोको विषयमा विवाद हुँदा गत जेठ १५ गते स्थानीयले रंगशाला वरपर लगाएको पर्खाल भत्काइदिएपछि निर्माणकार्य रोकिएको थियो । उक्त घटनाबाट उत्पन्न परिस्थितिका कारण धुर्मुस सुन्तली फाउण्डेशनले काम गर्ने वातावरण नभएको भन्दै निर्माण कार्य स्थगित गरेको थियो ।

 

परियोजना सुचारु गर्नका लागि सरोकारवाला निकायहरूबाट पटक–पटक आग्रह भएको वातावरण सहज भएको प्रतिबद्धता समेत व्यक्त भएपश्चात् रंगशालाको कामलाई निरन्तरता दिने निर्णय गरेको फाउण्डेशनले जनाएको छ ।

 

 

‘हामीले सहयोगको लागि अपिल गर्न मिल्ने र सहयोग रकम जुटाउने परिस्थिती विस्तारै बन्दै गएको अनुभूति हामीले गरेका छौँ’, विज्ञप्तिमा भनिएको छ, ‘यो अभियानमा स्वतःस्फूर्त अभियन्ता बनेर यस परियोजनालाई अपनत्व ग्रहण गर्दै जोडिनुहुने महानुभावलाई हामी सदैव स्वागत गर्दछौँ ।’

 

रंगशाला निर्माणको काम समयमा कम लागत तथा पारदर्शी ढङ्गबाट हुनुपर्छ भन्ने कुरामा आफुहरू सजग रहेको बताउँदै विज्ञप्तिमा भनिएको छ, ‘जे नहुनु थियो भयो । त्यस गल्तीलाई सच्याउन त नसकिएला तर नदोहोरियोस् भन्ने काम गर्दछौँ ।’

 

पाँच हजार एक सदस्यीय समिति

 

यसैबीच रंगशाला निर्माणको लागि भरतपुर महानगरपालिले ५ हजार १ सदस्यीय निर्माण सहयोग समिति गठन गर्ने निर्णय गरेको छ । बुधबार भरतपुरमा आयोजित पत्रकार भेटघाट तथा अन्तक्र्रिया कार्यक्रममा बोल्दै महानगरपालिका प्रमुख रेनु दाहालले जिल्ला समन्वय समिति प्रमुख कृष्णकुमार डल्लाकोटीको संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरिएको जानकारी दिइन् ।

 

प्रमुख दाहाल र समितिका संयोजक डल्लाकोटीद्वारा जारी संयुक्त विज्ञप्तिमा रंगशालाको निर्माणस्थलमा सुरक्षाको वातावरणदेखि आर्थिक संकलनसम्मको अभियान तीव्र भएको हुनाले पुन काममा फर्कन फाउन्डेसनलाई आग्रह समेत गरिएको थियो । 

 

 

निर्माण कार्यलाई अगाडि बढाउन चितवन जिल्लाका निर्वाचित जनप्रतिनिधिहरु, सरकारी निकायका प्रमुखहरु, गैरसरकारी संघसंस्थाका प्रमुखहरु, निजी क्षेत्रका प्रमुखहरु, स्थानीय सरोकारवाला, पत्रकार, सामाजिक अभियन्ता र क्रियाशील व्यक्तित्वहरुको सक्रिय सहभागिता हुनेगरी सहयोग मूल समिति गठन गर्ने जनाइएको छ ।

 

त्यस्तै रंगशाला निर्माणको लागि आवश्यक पर्ने आर्थिक सहयोग संकलन गर्न १५ सदस्यीय आर्थिक उपसमिति र अनुगमन गर्न विशेषज्ञहरु सहितको १७ सदस्यीय उपसमिति गठन गर्ने बताइएको छ । 

 

घोषणा गरिएको रकम यथासक्य छिटो जम्मा गर्न आग्रह गर्ने र चन्दादाताले दिने चन्दा रकममा कर छुटको निम्ति महानगरपालिका मार्फत पहल गर्ने निर्णय भएको समेत संयुक्त विज्ञप्तिमा बताइएको छ ।

 


थप समाचार

वर्षा र बाढीका कारण सिरहामा चारको मृत्यु, एक बेपत्ता

  • 9 minutes ago
वर्षा र बाढीका कारण सिरहामा चारको मृत्यु, एक बेपत्ता

लहान । केही दिनयताको अविरल वर्षा र बाढीका कारण सिरहामा हालसम्म दुई बालिकासहित चारको मृत्यु भएको छ भने एक जना डुबेर बेपत्ता भएका छन् । जिल्ला प्रशासन कार्यालय सिरहाले दिएको जानकारीअनुसार अविरल

'याे सरकार आफुले भन्दा पनि भारतीयहरुबाट नेपाल चिनाउन चाहन्छ'

  • 9 minutes ago
'याे सरकार आफुले भन्दा पनि भारतीयहरुबाट नेपाल चिनाउन चाहन्छ'

विगत एक दशकदेखि भ्रष्टाचारविरुद्ध अभियान चलाइराखेका व्यक्ति हुन् स्वागत नेपाल । पछिल्लो समय उनी भ्रष्टाचारविरुद्ध देश दौडाहमा रहेका छन् ।

तत्काल बाढीपीडितको उद्धार र राहतमा केन्द्रित हुन मन्त्री यादवको निर्देशन

  • 13 minutes ago
तत्काल बाढीपीडितको उद्धार र राहतमा केन्द्रित हुन मन्त्री यादवको निर्देशन

लहान, । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले बाढीपहिरोबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै तत्काल बाढीपीडितको उद्धार र राहतमा केन्द्रित हुन सिरहाका कार्यालय प्रमुख तथा सुरक्षा निकायका प्रम



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

के हो लुपस ? यस्ता छन् कारण तथा रोकथाम र उपचार

के हो लुपस ? यस्ता छन् कारण तथा रोकथाम र उपचार

लुपस एक किसिमको बाथरोग हो । यो निकै कम मानिसमा देखिन्छ । यो एउटा इम्युन रोग हो । यसले छाला, जोर्नी, मृगौला, मष्तिस्क लगाएतका विभिन्न अंगलाई प्रभावित गर्छ । लुपस हुने सम्भावना पुरुषको तुलनामा महिलामा नौ गुणा बढी हुन्छ । यसबाट युवाअवस्थाका महिला बढी प्रभावित हुन्छन् ।

विचित्र विश्व

जहाँ भाडामा ब्वाईफ्रेण्ड पाइन्छ

जहाँ भाडामा ब्वाईफ्रेण्ड पाइन्छ

एजेन्सी । जापानमा एउटा नयाँ बिजनेश सूरु भएको छ जहाँ ब्वाईफ्रेण्डलाई भाडामा दिने गरिन्छ । यो सर्भीसको नाम रोजशिप दिइएको छ । यस सर्भिसलाई युवतीहरु घण्टा वा दिनका हिसाबले उपभोग गर्छन् । सर्भीसका लागि उभिएका युवाहरुबाट युवतीले एकजना चुन्ने काम गर्छिन् ।