मैत्रिपूर्ण खेलमा अष्ट्रेलिया, मोरक्को तथा डेनमार्ककको जित, स्विडेन र पेरु भने बराबरीमा रोकिए

काठमाडौं । शनिबार राति सम्पन्न विश्वकपको तयारी स्वरुप खेलिएको मैत्रिपूर्ण खेलमा अष्ट्रेलिया, मोरक्को तथा डेनमार्कले पनि जित हासिल गरेको छ ।

 

अष्ट्रेलयाले विश्वकपमा छनोट हुन नसकेको राष्ट्र हंगेरीलाई २–१ गोलले पराजित गरेको हो । खेलमा दुईवटा आत्मघाति गोल भए । पहिलो हाफमा गोलरहितब बराबरी खेलेको दुई टालीले दोस्रो हाफमा राम्रो खेल खेल्ने प्रयास गरे । 

 

खेलको ७४ औं मिनेटमा अष्ट्रेलियाका ड्यानियल आर्जानीले गोल गरे । त्यसपछि खेलको ८८ औं मिनेटमा ट्रेन्ट सेन्सबरीले आत्मघाति गोल गरे भने खेलको इन्जुरी समयमा अष्ट्रेलियाका थोमास कादारले पनि आत्मघाति गोल गरे पनि अष्ट्रेलिया २–१ गोलले विजयी भएको हो । 

 

त्यस्तै, अर्को खेलमा मोरक्कोले इस्टोनियालाई ३–१ गोलले पराजित गरेको छ । मोरक्कोको लागि खेलको ११ औं मिनेटमा योनस बेलेन्दाले, ३८ औं मिनेटमा हाकिम येचले तथा ७२ औं मिनेटमा युसेफ एन नाजिरीले गोल गरे भने इस्टोनियाको लागि खेलको ७६ औं मिनेटमा एटिए पुर्जेले गोल गरे ।

 

 

अर्को खेलमा डेनमार्कले मेक्सीकोलाई २–० गोलले हराएको छ । डेनमार्ककको लागि खेलको ७१ औं मिनेटमा युसेफ पाउलसेन तथा ७४ औं मिनेटमा क्रिस्टियन इरिक्सनले गोल गरे ।

 

स्विडेन र पेरुबीचको खेल भने गोलरहित बराबरीमा सकिएको छ । 

 


थप समाचार

सुन र चाँदीको मूल्य स्थिर

  • 5 minutes ago
सुन र चाँदीको मूल्य स्थिर

काठमाडौं । आज सुन र चाँदीको स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार आज मंगलबार नै कारोबार भएको मूल्यमा सुनको कारोबार भएको हो ।

कास्की १ मा ४ करोड बराबरका योजनाहरु सार्वजनिक

  • 7 minutes ago
कास्की १ मा ४ करोड बराबरका योजनाहरु सार्वजनिक

पूर्व स्वास्थ्यमन्त्री एवं कास्की संघिय निर्वाचन क्षेत्र नम्बर १ का सांसद खगराज अधिकारीले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमका योजनाहरु सार्वजनिक गरेका छन् ।

सराङकोटको बाटो फराकिलो बनाउने तयारी

  • 12 minutes ago
सराङकोटको बाटो फराकिलो बनाउने तयारी

पोखरा महानगरपालिकाले विन्ध्यावासिनी देखि सराङकोट सम्मको सडक फराकीलो पार्न सुचना प्रकाशन गरेको छ । पर्यटकको निकै चहलपहल हुने भएपनि ब्यक्तिहरुले मापदण्ड मिचेर घर टहरा बनाएपछि सडक साँघुरो भएको थियो ।



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

मंगलबार जन्मनेहरुको स्वभाव कस्तो ?

मंगलबार जन्मनेहरुको स्वभाव कस्तो ?

मंगलबार जन्मेका व्यक्तिहरु निकै बहादुर, स्मार्ट र एक्टिभ हुने गर्दछन् । यी व्यक्तिहरु अरु मानिसहरुलाई सहयोग गर्न सधैँ तत्पर रहन्छन्, उनीहरुको स्वभाव परोपकारी किसिमको हुने गर्दछ । यी व्यक्तिहरु आफ्नो हरेक काम निकै गम्भीरताका साथ गर्ने गर्दछन् ।