इन्टरनेट सेवा प्रदायकबारे सेवाग्राहीको गुनासै गुनासा

Education Park

काठमाडौं । सर्वसाधारण प्रयोगकर्ताले इन्टरनेटको गति कम भएको गुनासोसहित निवेदन दिएपछि अख्तियारले नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्र लेख्यो। प्राधिकरणले अख्तियारको पत्र पाएपछि सेवा प्रदायकलाई पत्र लेखेको छ।

 

गत जेठ २० मा लेखिएको अख्तियारको पत्रमा इन्टरनेट सेवा प्रदायक वल्डलिंक कम्युनिकेसन प्रालिले इन्टरनेटको गतिमा अनियमितता भएको भन्दै अनुसन्धान गर्न भनिएको छ। यो विषयमा प्राधिकरणले अनुगमन गरी प्रतिवेदन पेस गर्न पत्राचार गरेको थियो। अनुगमन शाखाले उक्त विषयलाई लिएर पत्रकाटेको भए पनि प्रतिवेदन आएको छैन।

 

यो त एउटा उदाहरण मात्र हो। इन्टरनेट प्रयोगकर्ताले इन्टरनेका विषयमा गर्ने गुनासो दैनिक बढ्दै गएको छ। ग्राहकको इन्टरनेट सेवा प्रदायक कम्पनीले प्रदान गर्ने गरेको इन्टरनेटको ढिलो भयो भन्दै सबैभन्दा बढी गुनासो आएको प्राधिकरणले जनाएको छ। प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालका अनुसार इन्टरनेट सेवा प्रदायकका विषयमा आउने सबैभन्दा ठूलो गुनासो इन्टरनेट गति कम भएको भन्ने नै हो।

 

उनले भने, ‘यो विषयलाई लिएर प्राधिकरणले सेवा प्रदायक कम्पनीलाई पत्राचार गरिरहेको भए पनि यस्ता गुनासो आउन रोकिएको छैन।’ प्राधिकरणमा २०७४ सालमा ५१ वटा गुनासो दर्ता भएका छन्। प्राधिकरणका निर्देशक विजयकुमार राय एक वर्षको अवधिमा यतिमात्र गुनासो नभएको भन्दै गुनोसोको अभिलेख राख्ने यकिन स्थान, व्यक्ति र गुनासो फस्र्योटलगायत व्यवस्थापनमा देखिएको कमजोरीले तथ्यांक संकलन हुन नसकेको बताउँछन्।

 

प्राधिकरणमा २०७४ मा दर्ता भएका गुनासोलाई आधार मान्ने हो भने इन्टरनेटमा सेवा प्रदायक कम्पनीले इन्टरनेटको गतिमा अनियमितता गरेको, इन्टरनेट ढिलो चल्ने, बारम्बार बिग्रने गरेको, इन्टरनेट सेवाको गुणस्तर नराम्रो भएको, सेवा अवरुद्ध हुने गरेको जस्ता गुनासा आएका छन्।

 

आएको गुनासोलाई प्राधिकरणले सम्बोधन गरेको देखिए पनि सेवा प्रदायक कम्पनीबाट उक्त विषयमा कुनै प्रतिक्रिया भने आएको देखिँदैन। २०७५ को पहिलो चार महिनामा १३ वटा गुनासो आएकामा आधा इन्टरनेटका विषयमै आइसेकेको छ। इन्टरनेट सेवा प्रदायक कम्पनी सुबिसुका सञ्चालक सुधीर पराजुलीका अनुसार प्राधिकरणमा आएका कतिपय गुनासोपत्र कम्पनीलाई पनि आएको छ।

 

‘पत्रका आधारमा ग्राहकको घरमा पुगरे हेर्दा देखिने समस्या भनेको राउटर तथा राउटर र ग्राहकबीचको दूरी हो’, पराजुलीले भने, ‘पहिलो समस्या राउटरमा छ। सेवा प्रदायक कम्पनीले दिने राउटरको क्षमता नै कम हुन्छ। त्यसैले हामी ग्राहकलाई वैकल्पिक राउटर प्रयोग गर्न पनि आग्रह गर्दै आएका छौं।’ कम्पनीले दिने राउटरको क्षमता कम हुने भएकाले वायरलेस अर्थात् वाइफाइको दूरी कम हुने, इन्टरनेट ढिलो हुने समस्या आएको हो। आजको अन्नपूर्ण पोस्ट्बाट । 


थप समाचार

एनआरएन यूके अध्यक्षमा न्यौपानेको उम्मेदवारी घोषणा

  • 7 hours ago
एनआरएन यूके अध्यक्षमा न्यौपानेको उम्मेदवारी घोषणा

शनिबार प्लमस्टिडको गेसो हलमा घोषणासभा गरेर वर्तमान कार्यसमितिका उपाध्यक्ष न्यौपानेले आउँदो कार्यकाल को अध्यक्षको लागि उम्मेदवारी घोषणा गरे । 

युवाको उमेर १८ देखि ३५ वर्षलार्ई राख्न प्रस्ताव

  • 13 hours ago
युवाको उमेर १८ देखि ३५ वर्षलार्ई राख्न प्रस्ताव

काठमाडौँ । सरकारले युवाको उमेर समूह पाँच वर्ष घटाउने प्रस्ताव गरेको छ । राष्ट्रिय युवा परिषद्ले तयार पारेको ‘राष्ट्रिय युवा परिषद् ऐन–२०७२’ को पहिलो संशोधनमा युवाको उमेर १८ देखि ३५ वर्षलार्ई राख्न प्र

बुद्धका मूर्ति तोडिएकामा भिक्षु महासङ्घको विरोध

  • 14 hours ago
बुद्धका मूर्ति तोडिएकामा भिक्षु महासङ्घको विरोध

रुपन्देही । अखिल नेपाल भिक्षु महासङ्घले रुपन्देहीको तिलोत्तमा नगरपालिकाभित्र सिद्धार्थ राजमार्गको शङ्करनगर चोकदेखि नयाँ मिलसम्म सुनियोजित तवरमा एकै पटक पाँच वटा बुद्धमूर्ति तोडफोड भएको घटनाले शान्तिका



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

भुलेर पनि यी ७ चिजहरुसगँ मह नखानुहोस्

भुलेर पनि यी ७ चिजहरुसगँ मह नखानुहोस्

नियमित महको सेवनले हाम्रो स्वास्थमा धेरै फाइदा पुर्याउछ । मानव स्वास्थको लागि बहुउपयोगी मानिन्छ । मह सही तरिकाले खाइएन भने यसले स्वास्थमा नराम्रो असर पनि गर्न सक्छ ।