लिखुका युवाले आविस्कार गरे २१ नयाँ उपकरण

नुवाकोट ।  ‘नुवाकोट विज्ञान क्लब’मा आबद्ध यहाँको युवा विद्यार्थीले विभिन्न २१ प्रकारका आधुनिक तथा विद्युतीय माध्यमका नयाँ उपकरण आविस्कार गरेका छन् । 

 

लिखु गाउँपालिकामा जन्मेर डिप्लोमा इञ्जिनियर अध्ययनरत विद्यार्थी मिलेर क्लबमार्फत ड्रोन, सुरक्षा संवेदनशीलता उपकरण, हाइड्रोलिक डोजर, सेन्सरलगायतका पछिल्लो समयको विकसित आधुनिक उपकरण आविस्कार गरेका हुन् । 

 

उक्त उपकरण लिखु गाँउपालिका–१ स्थित नारायणदेवी माविमा प्रदर्शनीसमेत गरिएको छ । अध्ययनको क्रममा सिकेको सीपलाई अभ्यासको माध्यमबाट व्यवहारमा उतार्न सफल भएको क्लबका अध्यक्ष नरेश्वर पाण्डेले जानकारी दिए । 

 

“बट्टारस्थित शुभेनियर बोर्डिङ स्कूलबाट विसं २०७२ को माध्यमिक शिक्षा परीक्षामा लिखु गाउँपालिकाबाट सहभागी विद्यार्थी मात्र क्बलमा आबद्ध छौँ ।” अध्यक्ष पाण्डेले भने “विद्यालयतह, दश जोड दुई र हाल केन्द्रीय क्याम्पसमा डिप्लोमा इन इञ्जिनियर अध्ययनको क्रममा पाठ्यक्रममा उल्लेखित विषयवस्तुको सहयोगले नयाँ उपकरणको आविस्कार गर्न सफल भएका हौँ ।” 

 

क्लबमा आबद्ध युवा विद्यार्थीले निर्माण गरेको राति आफैँ बल्ने र दिउँसो आफैँ  निभ्ने बत्ती, सेन्सरमार्फत चल्ने स्वचालित धारो र स्वचालित पानी तान्ने उपकरण, हाइड्रोलिक डोजर, विद्युतीय नियन्त्रक उपकरणलगायतका प्रविधि प्रयोग गर्न सकिने गरी निर्माण गरिएको छ । 

 

“ड्रोनको निर्माण अन्तिम चरणमा पुगेकाले अब परीक्षणको क्रममा छ तर, सञ्चालन तथा उपयोगको लागि कानूनी समस्याले ढिलाइ भइरहेको छ ।” पाण्डेले भने । 

 

२१ प्रकारका नयाँ आविस्कार निर्माण गर्न रु पाँच लाख खर्च भएको र त्यसमा केही लिखु गाउँपालिकाको समेत सहयोग छ । “सामग्री खरिदमा धेरै लगानी नहुने भए पनि यसमा मिहेनत खर्चनु पर्र्छ ।” उनले भने । 

 


थप समाचार

पेटछाती जोडिएकी जुम्ल्याहा बालिकाको जन्म

  • 3 minutes ago
पेटछाती जोडिएकी जुम्ल्याहा बालिकाको जन्म

सुर्खेत । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा कालीकोटकी एक महिलाले पेटदेखि छातीसम्म शरीर जोडिएकी जुम्ल्याहा बालिकाको जन्म दिएकी छन् ।

महाेत्तरीकाे तीन घरमा डकैती, सात लाखकाे लुटपाट, पाँचजना घाइते

  • 3 minutes ago
महाेत्तरीकाे तीन घरमा डकैती, सात लाखकाे लुटपाट, पाँचजना घाइते

महोत्तरी । महोत्तरी जिल्लाको सोनमा गाउँपालिका– ३ खखनाको ३ वटा घरमा गएराति डकैती भएको छ ।

जिप दुर्घटनामा एकको मृत्यु, सात घाइते

  • 17 minutes ago
जिप दुर्घटनामा एकको मृत्यु, सात घाइते

पाल्पा । पाल्पाको रिब्दिकोट गाउँपालिका– ३ सिरुखर्कमा जिप आज बिहान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

यसरी घटाउनुस् मानसिक तनाव !

यसरी घटाउनुस् मानसिक तनाव !

के तपाईंलाई मानसिक तनावले सताउँछ रु यदि सताउँछ भने ध्यान दिनुहोस् तनाव कम गर्ने विभिन्न उपायहरु छन् । मनोचिकित्सकले सुझाएका यी हुन् मानसिक तनाव घटाउने ७ उपाय

विचित्र विश्व

अब उड्ने बाइक, अग्रिम बुकिङ समेत खुल्ला

अब उड्ने बाइक, अग्रिम बुकिङ समेत खुल्ला

एजेन्सी । तपाईले हालसम्म गुड्ने बाइकबारे थाहा पाउनु भएको थियो होला अब भने उड्ने बाइक पनि बजारमा आउन लागेको सुन्दा अचम्ममा पर्नु हुनेछ ।