आइफोनको १० वर्षको इतिहास !

आजभन्दा १० वर्ष अगाडी वा सन् २००७ जनवरीमा स्टिभ जब्सले स्टेजमा आएर आइफोन नामको एक सानो यन्त्र सावजनिक गरेका थिए जसले आधुनिक स्मार्टफोनलाई परिभाषित मात्रै गरेर यसको बलियो जग पनि बसायो । 

 

यो धेरै आधारभुत कन्सेप्टमा पहिलो थिएन तर यसको ति कन्सेप्टहरुमा ताजा पहँुचले यसलाई स्मार्टफोन दुनियाको एक चमत्कारको रुपमा स्थापित गरायो । यसमा सबैभन्दा विशिष्ट सुधार टच स्क्रिन थियो । सन् २००७ मा टच स्क्रिन सुविधाका अन्य मोबाईल फोनहरु धेरै पछाडि थिए । पाल्म ओएस र विन्डोज ओएसबाट चल्ने ति मोबाइल फोनको तुलनामा धेरै सजिलो र विशिष्ट सुविधाको टचस्क्रिन सहित आइफोन आएको थियो । 

 

एप्पल नै पहिलो थियो जसमा तपाईले चाहेजसो गरेर टच स्क्रिन प्रयोग गर्न सकिन्थ्यो । अरु मोबाईलमा तपाईले बारम्बार इन्टरफेस सहितको स्टाइलसको (पिन) प्रयोग गर्नुपर्ने हुन्थ्यो र ति टचस्क्रिनहरु तपाईको औंलाको लागि बनेका थिएनन् । त्यसैले त्यो बेलामा धेरै टच सुविधा भएका मोबाइल फोनहरु किबोर्ड र डाइरेक्सनल प्याडको साथमा आउनु आश्र्चयको कुरा थिएन । 

 

यसैगरि आइफोनमा एप्सहरु जस्तै बेव ब्राउजर (जुन सबैभन्दा पहिलो साच्चै नै फुल फिचर्ड मोबाइल ब्राउजर थियो) साच्चै नै चलाउन धेरै रमाइलो थियो । सन् २००७ मा पनि यो पछि आएका अन्य ठूला क्यापासिटिभ टचस्क्रिन भन्दा क्लियर थियो । एप्पल मोडर्न टचको प्रयोग गर्ने एक मात्रै थिएन् । 

 

यो हार्डवेयर मात्रै थिएन जसले आइफोनलाई फरक बनाएनन् । आइफोन नै महत्वपूर्ण छलाङ थियो स्मार्टफोन एप्सको बजारको लागि । मोबाइल सफ्टवेयर यो भन्दा पनि धेरै अघि अस्तित्वमा नै थियो तर यो उद्योग धेरै नै कमजोर थियो । त्यसैगरी त्यस्ता एप्सको इन्सटलेसन र अपडेट पनि धेरै नै अप्ठ्यारो थियो । तेस्रो पक्षको एप डाउनलोड नगरेको स्मार्टफोन चलाउने मानिस भेट्न गाह्रो थियो । 

 

एप्पलको एप स्टोरमा छिरौं जसले आइफोन ३जी बजारमा ल्यायो यसले सबै स्मार्टफोन प्रयोगकर्तालाई तेस्रो पक्षको सफ्टवेयरसम्म सजिलो पँहुच दियो । त्यस्ता एप्स बनाउने र बेच्ने अवरोधहरु धेरै नै कम भए र जब त्यहाँ स्टेटफरवार्ड टुल्सहरु थिए । डेभलपरले धेरै रोयल्टी र करोडौ सम्भावित प्रयोगकर्ताहरु पाउने भए, सानो टिमले पनि धेरै हिट प्रोडक्ट दिन सक्ने भए । यदी एप स्टोरले उनीहरुको कन्सेप्ट लाई प्राक्टिकल नबनाएको भए सामाजिक सञ्जालहरु जस्तै इन्स्टाग्राम र स्न्यापच्याटहरु के आज जस्तो ठूलो हुन्थे त ?

 

आइफोनले सधैं सबैकुरा नाटकिय रुपमा परिवर्तन गरेको छैन् । धेरै अवस्थामा धेरै दबाब पछि मात्रै त्यस्ता प्रविधिहरु अगाडि ल्याएको छ । पहिले नै लोकप्रिय भइसकेका थिए । उदाहरणको लागि भिडियो च्याटलाई नै लिन सकिन्छ । केही फोनहरुमा फ्रन्ट क्यामेरा पहिले नै आइसकेको थियो । तर, एप्पलको सरल पहुँचले सबै कुरा भिन्न बनायो । यदी तपाईसँग कसेको फोन नम्बर थियो भने तपाईले भिडियो कल गर्न सक्नुहुन्थ्यो । 

 

एप स्टोर र मल्टिटच स्क्रिनले जति फेस टाइमले अधिपत्य जमाउन सफल भएन । यसले भिडियो च्याट सर्भिसको माग गर्यो र गुगल ड्युओ जस्तो धेरै नै सजिलो एपको लागि टेम्प्लेटको काम गर्यो ।

 

केही प्रविधिहरु आइफोनले प्रोत्साहन नगरेको भए त्यति टाढा पुग्ने थिएनन् । फिंगरप्रिन्ट रिडर्सहरु यसको उदाहरण हो । मोटोरोला एटिक्सजस्ता फोनमा  आइफोन ५ अघिनै फिंगरप्रिन्ट स्क्यानरहरु थिए तर सुविधा भन्दा पनि धेरै समस्याको रुपमा । टच आइडिले यसलाई सरल बनायो र छिटो र सजिलो थिच्नसाथ हुने बनायो । सामसुङ ग्यालेक्सी देखी गुगल पिक्सेल सम्म फिंगर प्रिन्टको रिडर्सहरुको वृद्धिमा सहयोग पुर्यायो । 

 

मोबाइल पेमेन्ट सुविधा ल्याउनमा पनि आइफोन गुगल भन्दा ढिलो हो । गुगलको वालेट र अरु अप्सनहरु वर्षौदेखि नै उपलब्ध थिए । तर, एप्पलले नै पहिलो थियो जसले धेरैको ध्यान तान्यो । यसलाई क्यारिअर सर्पोट, स्पेशल एप्स र अरु जटिल सर्तहरु चाँहिदैन थियो । तपाईले मात्रै आफ्नो बुढी औंला तपाईको होम बटनमा थिचेर कफि किन्न सक्नुहुन्थ्यो । 

 

अर्को बिर्सन नहुने कुरा भनेको भ्वाइस रिकगनिसन हो । त्यस अघि भ्वाइस कमान्ड प्राथमिक रुपमा सिधा निषेध गरिएको थियो र रोवोट जस्तो निर्देशनहरु मात्रै हुन्थे । आइफोनले सजिलो भाषाको प्रश्नहरु, समसामायिक उत्तरहरु र अरु धारणाहरु प्रयोगमा ल्यायो । 

 

आइफोन ले कहिलेकाँहि किनारामा पछिपछि हिडिँरहेको छ । यसले सन् २०१४ आइफोन ४ इन्च भन्दा ठूलो निकाल्न सम्म लगायो । तपाईले बाहिरी स्टोरेज थप्न सक्नुहुन्न, आफ्नो बेट्री बदल्न सक्नुहुन्न र १०८० पिक्सेल भन्दा ठूलो स्क्रिन पाउन सक्नुहुन्न । 

 

जे भए पनि आइफोनले एक दशकमै ठूलो इतिहास रचेको छ । एक तरिकाले तपाईको पकेटको स्मार्टफोन एप्पलप्रति कुनै न कुनै रुपमा ऋणि र चाहे यो डिजाइन होस त्यस भित्रका सुविधा होस । आइफोनका प्रतिस्पर्धि स्मार्टफोनहरु धेरैले ओरालो लागे । आइफोनको पछि पछि एन्ड्रोइड आएपनि भएपनि कुनै बेला यो कुनै बेला मृतप्राय भइसकेको थियो  । अब आउने १० वर्षमा सायद बितेको दशकमा जस्तो क्रान्तिकारी परिवर्तन त केही हुने सम्भावना छैन् तर आइफोनको उपलब्धी भने कम हुदैँन ।

 


थप समाचार

बेलायतमा मधेशी नेपालीले मनाए छठ

  • 3 hours ago
बेलायतमा मधेशी नेपालीले मनाए छठ

एशोसिएसन अफ नेप्लिज मधेशी इन यूके र युरोपियन मधेशी सोसाइटीले संयुक्त रुपमा लण्डनमा छठ मनाएका हुन् । शनिबार लण्डनको फेल्थाम कलेजमा आयोजित समारोहमा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको समेत उपस

बाबुले ल्याए नेपाली भाषी भुटानीहरूका जिवनको गित !

  • 4 hours ago
बाबुले ल्याए नेपाली भाषी भुटानीहरूका  जिवनको गित !

हाम्रो मनको पिडा ब्यथा,कस्ले बुझी देला” “जन्मेउ जहाँ त्यहाँ छैन बास फर्की जाने केही छैन आश “ भुटानमा जन्मीएर पनि नेपाली भाषा कला संकृती र साहित्यलाई अंगालेर नेपालमा शरणाार्थी जिवन बिताइरहेका भुटा

फोटोमा हेर्नुहोस प्रचण्डपुत्र प्रकाशको स्मृतिमा शोकसभा

  • 4 hours ago
फोटोमा हेर्नुहोस प्रचण्डपुत्र प्रकाशको स्मृतिमा शोकसभा

तत्कालीन नेकपा माओवादी केन्द्र का पोलिटब्यूरो सदस्य एवं नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का छोरा प्रकाश दाहालको प्रथम वार्षिक स्मृतिका अवसरमा आज उहाँको निवास खुमलटारम



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

यसरी घटाउनुस् मानसिक तनाव !

यसरी घटाउनुस् मानसिक तनाव !

के तपाईंलाई मानसिक तनावले सताउँछ रु यदि सताउँछ भने ध्यान दिनुहोस् तनाव कम गर्ने विभिन्न उपायहरु छन् । मनोचिकित्सकले सुझाएका यी हुन् मानसिक तनाव घटाउने ७ उपाय

विचित्र विश्व

दुबईबारे अजबगजबका कुराहरु

दुबईबारे अजबगजबका कुराहरु

एजेन्सी–बितेका केही वर्षमा एसियाका केही देशहरुले उल्लेख्य मात्रामा विकास गरेका छन् । केही देशहरुले विकास नै गर्न नसकिने ठाउँमा पनि अकल्पनिय विकास गरेर