Techie IT
२०८१ वैशाख १३, बिहीबार
NepaliPatra logo
गृहपृष्ठखेलएसिया कप क्रिकेटः बहुचर्चित प्रतिद्वन्द्वी भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदै

एसिया कप क्रिकेटः बहुचर्चित प्रतिद्वन्द्वी भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदै


एजेन्सी । एसिया कप क्रिकेटमा बहुचर्चित प्रतिद्वन्द्वी भारत र पाकिस्तानबीच आज प्रतिस्पर्धा हुँदैछ । श्रीलंकाको कालेकेले इन्टरनेशनल क्रिकेट स्टेडियममा ३स्१५ बजे सुरु हुने खेलमा दुवै टोली जितका लागि तयार छन् ।

एसिया कपको आयोजक पाकिस्तान भएपनि भारतले पाकिस्तान गएर खेल्न अस्विकार गरेपछि भारत र पाकिस्तानको खेल श्रीलंकामा हुन लागेको हो । त्यसैले यी दुई टोलीबीच राजनितिसँगै खेल मैदानमा पनि कडा भिडन्त हुने गर्दछ ।

वरीयतामा विश्व नम्बर एक पाकिस्तान र तेस्रो स्थानमा रहेको भारतबीचको यस खेललाई विश्वभरका क्रिकेट प्रेमीले समेत प्रतिक्षा गरेका छन् । बाबर आजमको कप्तानीमा उत्रिन लागेको पाकिस्तानले रोहित शर्माको कप्तानीमा रहेको भारतलाई कडा टक्कर दिने विश्वकस गरिएको छ ।

समूह ‘ए’ अन्तर्गत पाकिस्तानले पहिलो खेलमा नेपाललाई दुई सय ३८ रनले हराएको थियो । पाकिस्तान भारतलाई हराएरु सुपर चारमा सजिलै स्थान बनाउने लक्ष्यमा छ । यस्तै पहिलो खेल खेल्न लागेको भारत पनि पाकिस्तानलाई हराएर एसिया कपमा सुखद सुरुवात गर्ने लक्ष्यमा छ । भारत र पाकिस्तान दुवै टोलीका ब्याटिङ र बलिङ सन्तुलित रहेको छ ।

एसिया कपमा ५० ओभरको खेलमा भारत र पाकिस्तानबीच अहिलेसम्म १३ खेल भएको छ । जसमा भारतले ७ र पाकिस्तानले ५ खेल जितेको छ ।एसिया कपको १५ संस्करणमा भारतले सर्वाधिक सातपटक उपाधि जितेको छ । श्रीलंका ६ र पाकिस्तान दुई पटक च्याम्पियन बनेको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

वेस्ट इन्डिज ‘ए’ सँगको टी–२० क्रिकेट शृङ्खलाका लागि नेपाली टोली…

काठमाडौँ । वेस्ट इन्डिज ‘ए’ टोलीसँगको पाँच खेलको टी–२० क्रिकेट शृङ्खलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ ।

वेष्टइण्डिज ‘ए’ टोली नेपाल आईपुग्यो

काठमाडौँ । टी–२० सिरिज खेल्न वेष्ट इण्डिज ‘ए’ टोली नेपाल आइपुगेको छ । घरेलु टोलीसँग ५ खेलको टी–२० सिरिज खेल्न

नेपाल भ्रमणमा आउने वेस्ट इन्डिज ‘ए’ टिमको घोषणा

काठमाडौँ । नेपाल भ्रमणमा आउने वेस्ट इन्डिज ‘ए’ टिमको घोषणा भएको छ । वेस्ट इन्डिज क्रिकेट बोर्डले ३२ वर्षीय रोस्टन

एसीसी प्रिमियर कपकाे सेमिफाइनलमा नेपाल यूएईसँग ६ विकेटले पराजित

काठमाडाैँ । एसीसी प्रिमियर कप क्रिकेटकाे सेमिफाइनलमा नेपाल यूएईसँग पराजित भएकाे छ । आज भएकाे खेलमा यूएईले नेपाललाई ६ विकेटले

एसीसी प्रिमियर कपमा यूएईसँग टस हारेपछि ब्याटिङ गर्दै नेपाल

काठमाडौँ । एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपालले टस हार्दै ब्याटिङ गरेको छ । ओमानको अल अमिरातमा यूएईका कप्तानले बलिङ

एसीसी प्रिमियर कपमा नेपाल र युएई भिड्दै

काठमाडौँ । ओमानमा जारी एसिसि प्रिमियर कपअन्तर्गत आज सेमिफाइनल हुँदैछ । जसअन्तर्गत नेपाल र युएईबीच प्रतिष्पर्धा हुँदैछ । दुई देश

Techie IT