ISMT

HUB Education

इरानलाई बेलायतले दियो चेतावनी

  • आइतबार, ५ साउन, २०७६
  • 1 month ago
  • युके
Education Park

 

Kathmandu Trade Show

 

लन्डन । बेलायतले ओमानको तटीय जलक्षेत्रबाट इरानले कब्जामा लिएको इन्धन बोक्ने टयाँकर (पानीजहाज) तत्काल छाड्न बेलायतले इरान समक्ष आग्रह गरेको छ । बेलायतले इरानको उक्त कार्य गैरकानुनी रहेको भन्दै यसलाई कुनै पनि हालतमा स्वीकार्न नसकिने जनाएको छ । 

 

नियन्त्रणमा लिइएको उक्त ट्याँकर अबिलम्ब छाड्न बेलायत समेत युरोपेली अरु मुलुकहरुले इरान समक्ष निरन्तर आग्रह गरिरहेका छन् । उक्त जहाजका १८ जना चालक भारतीय रहेकाले भारतले समेत जहाजमा कार्यरत भारतीयलाई मुक्त गर्न आग्रह गरेको छ । 

 

इरानको क्रान्तिकारी गार्डले अन्तर्राष्ट्रिय जलमार्गको नियम उल्लंघन गरेको भन्दै गत शुक्रबार स्टेना इम्पेरा जहाजलाई हर्मुज घाँटीबाट नियन्त्रणमा लिएको थियो । स्ट्रेट अफ हर्मुज भनिने यस जलक्षेत्रको मार्ग हुँदै विश्वको झण्डै एक तिहाई इन्धन आदानप्रदान हुने गर्दछ ।

 

करिब एक महिनाअघि इरानी तेल ट्याँकर बेलायती सेनाको सहयोगमा जिब्राल्टरमा नियन्त्रण गरिएको थियो । इरानले पटक पटक अनुरोध गरेपनि उक्त जहाज बेलायतले इरानलाई फिर्ता गरेको छैन ।

 

बेलायतको उक्त कदमको विरोध गर्दै इरानी सरकार र सेनाले हर्मुजको जलक्षेत्रमा बेलायती जहाज आए नियन्त्रणमा लिइने धम्की दिइरहेको थियो । 

 

बेलायती ध्वजावाहक ट्याँकरले माछा मार्ने प्रयोजनका लागि समुद्रमा रहेको इरानी डुङ्गालाई ठक्कर दिएको र ‘अन्तर्राष्ट्रिय सामुद्रिक नियम’ को उल्लङ्घन गरेको आरोप इरानको छ । 

 

आणविक सम्झौताबाट अमेरिका फिर्ता भएपछि इरानमाथि अमेरिकाले गरेको आर्थिक प्रतिबन्धको घोषणाका कारण अमेरिका र इरानबीच देखिएको तनाव बढिरहेका समय पछिल्ला केही हप्ता इरानले आफूमाथिको प्रतिबन्धको प्रतिवाद गर्ने नाममा इरानी क्षेत्र भए पार हुने जहाजमाथिको निगरानीलाई कडा बनाएको छ ।

 

अमेरिकी पूर्व राष्ट्रपति बाराक ओवामाको पहलमा विश्व शक्ति राष्ट्रहरूले गरेको आणविक सम्झौता अमेरिकी पक्षमा नरहेको भन्दै वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले गत वर्षदेखि यसबाट फर्केको घोषणा गरेका थिए । साथै इरानमाथि सम्झौता पहिले गरिएका आर्थिक नाकाबन्दी कायम रहने घोणणा गरेका थिए । ट्रम्प प्रशासनले इरानलाई नयाँ सम्झौताका लागि दबाब दिन नयाँ आर्थिक प्रतिबन्धको पनि घोषणा गरेको छ ।

 

पछिल्लो समय अमेरिका इरान विवादले इन्धन कारोबारमा प्रयोग गरिने मध्यपूर्वी सामुद्रिक मार्गलाई प्रत्यक्ष प्रभावित पारेको छ । 

 

इरानी अधिकारीले ट्याँकर र चालक दलका २३ सदस्यलाई बन्दर अब्बास बन्दरगाहमा नियन्त्रणमा राखिएको जनाएका छन् ।

 

यसैबीच इरानले अर्को जहाजलाई पनि पर्सियाली सामुद्रिक इलाकाबाट कब्जामा लिइ केही समयपछि छोडिदिएको जनाएको छ ।

 

इरानले जहाजहरूलाई एकपछि अर्को गर्दै कब्जामा लिएपछि बेलायत, फ्रान्स, जर्मनीलगायतका मुलुकले इरानको उक्त निर्णयले समस्यालाई थप बढाएको भन्दै त्यसो नगर्न आग्रह गरेका छन् । उनीहरूले नियन्त्रणमा लिइएका जहाज र चालक दलका सबै सदस्यलाई बिनाशर्त रिहा गर्न सुझाव दिएका छन् । 


थप समाचार

पहिरोमा ज्यान गुमाएकालाई प्रदेश सरकारले दियो राहत

  • 16 minutes ago
पहिरोमा ज्यान गुमाएकालाई प्रदेश सरकारले दियो राहत

खोटाङ । पहिरोमा श्रीमती र दुई छोरा गुमाउनुभएका खोटेहाङ गाउँपालिका–२ वाप्लुखाका विष्णुकुमार राईलाई १ नम्बर प्रदेश सरकारले राहत प्रदान गरेको छ । गत असार २७ गते घरमाथिबाट झरेको पहिरोले घर बगाउँदा श्रीमती

बलिउड १०० करोड क्लब : कति छन् यो वर्ष पार गर्ने फिल्महरु ?

  • 30 minutes ago
बलिउड १०० करोड क्लब : कति छन् यो वर्ष पार गर्ने फिल्महरु ?

एजेन्सी । बलिउडमा फिल्मको वर्षा नै हुन्छ । यसमा कुनै फिल्मले आक्रामक व्यापार गर्छ भने, कुनै फिल्मले लगानि समेत उठाउन सक्दैन । बलिउडले दर्शकको साथ एकदमै पाउँछ भने, भारतमा मात्र नभई अन्य देशहरुमा पनि मन

पोखरीमा डुब्दा एकको ज्यान गयो

  • 1 hour ago
पोखरीमा डुब्दा एकको ज्यान गयो

दाङ । दाङमा कृत्रिम पोखरीमा डुबेर एक व्यक्तिको मृत्यु भएको छ । सिँचाइका लागि घोराही उपमहानगरपालिका–१८ गिठेपानीमा निर्माण गरिएको पोखरीमा डुबेर सोही ठाउँका ५० वर्षीय देउचन रोकाको मृत्यु भएको हो ।



प्रेम र यौन

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

एजेन्सी । यौनको कमि, साथीसँगको नराम्रो सम्बन्ध तथा आत्मविश्वासको कमि जस्ता कुराहरुले महिलाको स्वस्थ्यमा असर पुग्ने देखिन्छ । लाइफस्ट्याल कोच ‘लुक कुटिनो’ का अनुसार एक महिलाले जीवनमा यी तीन चीजको कमि रहेमा राम्रो सोच्न नसक्ने बताउँछन् । यौनको असन्तुष्टीलाई मेटाउने एक मात्र विकल्पको रुपमा हस्तमैथुन रहेको छ । यसै हस्तमैथुन किन महिलाको लागि फाइदाजनक छ भनेर चर्चा गरौं ।

जीवनशैली/स्वास्थ्य

यस्ता खाने कुराहरुबाट पुरुषहरु सजग रहनुपर्छ

यस्ता खाने कुराहरुबाट पुरुषहरु सजग रहनुपर्छ

एजेन्सी । केही यस्ता खाने कुराहरु हुन्छन् जसले महिलाभन्दा पुरुषहरुलाई धेरै नोक्सान गर्ने काम गर्छन् । यस्ता भोजनका कारण धेरै हर्मोनल समस्या, कमजोरी लगायत अन्य विमारीको कारण समेत बन्न सक्छन् । केही यस्ता खाने कुराहरुबाट पुरुषहरु सजग रहनुपर्छ ।

विचित्र विश्व

बिजुलीको बिल तिर्न १ लाख सिक्का बोकेर कार्यालय पुगेपछि...

बिजुलीको बिल तिर्न १ लाख सिक्का बोकेर कार्यालय पुगेपछि...

एजेन्सी । भारतको छत्तिसगढ राज्यमा बिजुलीको बिल नतिरेमा धमाधम कनेक्शन काटिँदै छ । यसका साथै शहरको पावर हाउस सडकमा पवन कुमारको कपडा पसल रहेको छ । उनलाई करीब एक लाख रुपैयाको बिल आएको थियो ।