इरानले रुसी पत्रकारलाई रिहा गर्यो

मस्को । इरानले पक्राउ परेका रुसका एक पत्रकारलाई मुक्त गरेको छ ।  इजरायली  गुप्तचर निकायसँग सम्पर्क भएको आरोपमा ३८ बर्षीया युलिया युजिक तेहरानका गत हप्ता पक्राउ परेकी थिइन । 

 

उनलाई प्रवेशआज्ञा उल्लङ्घन गरेको आरोपमा पक्राउ गरिएको इरानी सरकारका प्रवक्ताले बताएका छन् । तर रसियाली दूतावासले उनलाई इजरायली सुरक्षा सेवामा काम गरेको आरोप लगाएको छ ।

 

रसियाली विदेश मन्त्रालय र तेहरानमा रहेको रूसी दूतावासको संयुक्त प्रयासमा इरानले रुसी पत्रकार युलियालाई रिहा गर्ने निर्णय गरेको दूतावासले ट्वीटरमार्फत जानकारी दिएको छ । 

 

युलिया मस्को फिर्ता हुने उडानबाट रुसी राजधानीमा अवतरण गरेकोे युलियाका पूर्व पतिको ,रूपमा चिनिन पत्रकार बोरिस भोइटसेखोभस्की फेसबुकमा बताएका छन् । 

 

गिरफ्तारीको अवस्था स्पष्ट गर्न रुसले गत हप्ता इरानी राजदूतलाई बोलाएको थियो । युलियाले न्युजवीकको रुसी संस्करणसहित धेरै प्रकाशनका लागि काम गरिसकेकी थिइन । 

 

उनले २००४ मा स्कूलमा भएको नरसंहारबाट बचेका साक्षीहरूको गवाहीको आधारमा “बेस्लान शब्दकोश“ सहित दुई पुस्तकहरू लेखेकी छिन् । यस नरसंहारमा कम्तीमा ३३० व्यक्तिको ज्यान गएको थियो । जसमध्ये आधा भन्दा बढी बालबालिका रहेका थिए ।


थप समाचार

लकडाउनका कारण गाउँमा फस्टायो यो व्यवसाय: मासिक ५० हजार आम्दानी

  • 1 minute ago
लकडाउनका कारण गाउँमा फस्टायो यो व्यवसाय: मासिक ५० हजार आम्दानी

म्याग्दी । कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरिएको बन्दाबन्दीका कारण उद्योग, व्यापार, व्यावसाय र अन्य रोजगार पनि बन्द छ ।

कोरोनाका कारण थप एकको मृत्यु, मृतक सङ्ख्या ९ पुग्यो

  • 22 minutes ago
कोरोनाका कारण थप एकको मृत्यु, मृतक सङ्ख्या ९ पुग्यो

काठमाडौँ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । पछिल्ला मृतक दोलखाका ७

रुपातालमा थापेको महाजालमा परेको माछा

  • 25 minutes ago
रुपातालमा थापेको महाजालमा परेको माछा

कास्की । कास्कीको तेस्रो ठूलो रुपातालमा थापेको महाजालमा परेको माछाका साथ रुपाताल पुनःस्थापना तथा मत्स्य सहकारी संस्थाका कर्मचारी । संस्थाले तालको संरक्षणसहित माछापालनबाट मनग्य आम्दानी गर्दै आएको छ । त



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

महोत्तरी । हिन्दू मैथिल आज मङ्गलबार घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाउँदैछन् । जेठ शुक्ल एकादशीका दिन धार्मिक महत्वको वनस्पति तुलसीको दल राख्ने परम्परानुसार आज हिन्दू मैथिलका घरघरमा उत्सवकै रूपमा यो पर्व मनाइँदै गरिएको हो ।