इरानी विदेशमन्त्री भारत जाने

इरानी विदेशमन्त्री मोहमद जाभेद जरिफले अगामी आइतबारबाट भारतको भ्रमण सुरु गर्ने भएका छन् । 

 

उनी द्विपक्षीय वार्ताको लागि आइतबार भारततर्फ जान लागेको इरानी सरकारी समाचार समिति इर्नाले जनाएको छ । 

 

दुबै देशको राजनीतिक र आर्थिक पक्षमा छलफल हुने अपेक्षा गरिएको यस वार्ताको प्रतिनिधिमण्डलमा जरिफ प्रमुख रहनुहुने इरानको विदेश मन्त्रालयका प्रवक्ता बारम कासेमीलाई उद्धृत गर्दै इरानको समाचार समिति इर्नाले जनाएको छ । 

 

यस भ्रमणको क्रममा उनले आफ्ना भारतीय समकक्षीलगायत सरकारी उच्चस्तरीय व्यक्तिहरुसँग भेटवार्ता गर्नेछन् । 

 

साथै भेटवार्ताको क्रममा पछिल्लो समयमा क्षेत्रीय र अन्तर्राष्ट्रियस्तरमा उठेका विविध समसामयिक विषयहरुको समिक्षा गरिने पनि इरानको विदेश मन्त्रालयद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ । 

 

गत फेब्रुअरीमा इरानका राष्ट्रपति हसन रोहानीले भारत भ्रमणका लागि राजधानी नयाँ दिल्ली पुगेका थिए । सो भ्रमणको क्रममा दुई देशको आर्थिक पक्षलाई समेट्ने नौ वटा सम्झौताहरु भएका थिए । 

 

इरान र भारतबीच मित्रवत सम्बन्ध रहदै आएको र कैयौँ क्षेत्रमा महत्वपूर्ण व्यापारिक सम्भौताहरु पनि भएका समाचारमा जनाइएको छ । 

 


थप समाचार

राहदानी विधेयक सर्वसम्मतिले पारित

  • 1 hour ago
राहदानी विधेयक सर्वसम्मतिले पारित

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले ‘राहदानी विधेयक २०७५’ लाई सर्वसम्मतिले पारित गरेको छ ।

खुर्शिदका हत्यारालार्इ कानुनकाे कठघरा ल्याइछाड्छाैँ : गृहमन्त्री थापा

  • 2 hours ago
खुर्शिदका हत्यारालार्इ कानुनकाे कठघरा ल्याइछाड्छाैँ : गृहमन्त्री थापा

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सुनसरीमा अज्ञात समूहले असोज ४ गते हत्या गरेका खुर्शिद आलमको हत्यारालाई कानूनको कठघरामा ल्याइछाड्ने बताएका छन् ।

महिला तथा बालिकामाथि अाक्रमण बढेपछि संसदमा चिन्ता

  • 2 hours ago
महिला तथा बालिकामाथि अाक्रमण बढेपछि संसदमा चिन्ता

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा तराई/मधेश जिल्लामा बालबालिका अपहरण र महिला तथा किशोरीमाथि तेजाब प्रहार गर्ने घटना बढ्दै गएकामा चिन्ता व्यक्त गरिएको छ ।



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

क्रिम पाउण्डरको प्रयोग बिना पनि युवतीहरु सुन्दर रहन सक्छन् !

क्रिम पाउण्डरको प्रयोग बिना पनि युवतीहरु सुन्दर रहन सक्छन् !

युवतीहरु सुन्दर रहन विभिन्न क्रिम पाउडरको प्रयोग गर्छन् । केही यस्ता घरेलु उपायहरु पनि छन् जसका कारण सुन्दर रहन काम सकिन्छ । हरेक कुरा मार्केटमा पाइने