'नियतबस विमानमाथि आक्रमण भएको होइन '

एजेन्सी । गत मङ्गलबार दुर्घटनाग्रस्त भएको युक्रेनी विमान बारे पूर्ण रुपमा अनुसन्धान गर्न चौतर्फी दबाब परेपछि इरानले आफ्नो गल्ती स्वीकार गरेको छ । इरानका राष्ट्रपति हसन रौहानीले उक्त कुराको पुष्टि गर्दै माफी मागेका छन् । उनले उक्त घटना नियतबस नभएको तथा भुलबस भएको हुँदा यसबारे थप छानबिन गरी दोषीलाई कारबाही गरिने बताएका छन् । 

 

अमेरिका र इरानबीच तनाव चलिरहेको अवस्थामा उक्त आक्रमण मानविय त्रुटिका कारण हुन पुगेको उनले बताएका छन् । उक्त घटनामा १७६ जना निर्दोष यात्रुहरुको ज्यान गएको थियो । उनले ति परिवारप्रति समवेदना समेत प्रकट गरेका छन् । 

 

इरानका सैन्य कमाण्डर काशिम सोलीमानीलाई हत्या गरेपछि प्रतिक्रिया स्वरुप इरानले इराकमा रहेको अमेरिकी बेसक्याम्पमा आक्रमण गरेको थियो । उक्त घटना भएको केही समय पश्चात इरानमा युक्रेनी विमान दुर्घटनामा परेको थियो । उक्त घटनाबारे क्यानडाले छानविन गर्न माग गरेपछि इरानमाथि चौतर्फी दबाब परेको थियो । उक्त घटनामा परी ६३ जना क्यानेडियनको ज्यान गएको थियो । 

 

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसका उपप्रवक्ता फराह हकले बिहीबार सो कुराको जानकारी दिएसँगै इरानमाथि दबाब परेको थियो । 

 

हवाई उड्डयन सम्बन्धी संयुक्त राष्ट्रसंघीय निकाय, आइकाओलाई उद्धृत गर्दै हकले भनेका थिए– संयुक्त राष्ट्रसंघ यो विमान दुर्घटनाको अनुसन्धान राम्रोसँग होस् भन्ने चाहन्छ, आइकाओको आधिकारिक भनाई पनि यही हो ।

 

हवाई उड्डयन सम्बन्धी संयुक्त राष्ट्रसंघीय निकाय, आइकाओलाई उक्त विमान दुर्घटनाको सामान्य जानकारी मात्र गराइएको र यसको छानबीनको लागि आवश्यक सहयोग नमागिएको बताइएको थियो । 

 

सोही कारण उक्त निकायले विमान दुर्घटनाको कारण राम्रोसँग पत्ता लागोस् भन्ने चाहेको बताइएको थियो । अन्ततः इरानले यसबारे मुख खोल्दै माफी मागेको छ । 

 


थप समाचार

क्वारेन्टिनमा रहेका एक पुरुषको उपचारका क्रममा मृत्यु

  • 6 hours ago
क्वारेन्टिनमा रहेका एक पुरुषको उपचारका क्रममा मृत्यु

पूर्वखोला । भारतबाट फर्किएर क्वारेन्टिनमा रहेका एक पुरुषको उपचारका क्रममा आज मृत्यु भएको छ । पूर्वखोला गाउँपालिका–२ का ४५ वर्षीय पुरुषको युनाइटेड मिशन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पतालका

लकडाउनले साइकल चलाउने बढे

  • 7 hours ago
लकडाउनले साइकल चलाउने बढे

भरतपुर । भरतपुरको एक बैंकका प्रबन्धक अर्जुन अर्याल र छिमेकी कृष्ण भट्टराई आज भोलि दैनिक एक घण्टाभन्दा बढी साइकल यात्रा गर्ने गर्छन् । भरतपुर महानगरपालिका–११ का उनीहरु हरेक दिन बिहान आफ्नै वडा पूरै घुम

सुत्केरीको हेलिकोप्टरबाट उद्धार

  • 7 hours ago
सुत्केरीको हेलिकोप्टरबाट उद्धार

पोखरा । बडिगाड गाउँपालिका–१ की २२ वर्षीया सुत्केरी सरस्वती पोखरेल अस्वस्थ भएपछि हेलिकोप्टरबाट उद्धार गरी पोखरास्थित गण्डकी अस्पताल पु¥याइएको छ ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

महोत्तरी । हिन्दू मैथिल आज मङ्गलबार घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाउँदैछन् । जेठ शुक्ल एकादशीका दिन धार्मिक महत्वको वनस्पति तुलसीको दल राख्ने परम्परानुसार आज हिन्दू मैथिलका घरघरमा उत्सवकै रूपमा यो पर्व मनाइँदै गरिएको हो ।