इरानद्वारा २१ अर्ब ३० करोड यूरो बराबरको राहत कार्यक्रम घोषणा

एजेन्सी । इरानले कोरोना भाइरस सङ्क्रमणबाट प्रभावित अति गरीब तथा निजी क्षेत्रबाट सञ्चालित साना तथा मझौला उद्योगको सहयोगका लागि लक्षित गर्दै २१ अर्ब ३० करोड बराबरको विशेष राहत कार्यक्रमको घोषणा गरेको सरकारका प्रवक्ता अली रावेईले जानकारी गराएका छन् ।

 

इरानका राष्ट्रपति हसन रौहानीको अध्यक्षतामा आइतबार राजधानी तेहरानमा बसेको कोरोनाभाइरस सङ्क्रमणको महामारी विरूद्ध सङ्घर्ष गर्न गठित समितिले अनुमोदन गरेका इरानको राज्य सञ्चालित सरकारी समाचार संस्था आईआरएनएले उल्लेख गरेको छ ।

 

राहत कायक्रम अन्तर्गत अति प्रभावित तथा गरीब परिवार, श्रमिक तथा सङ्क्रमणबाट अति प्रभावित क्षेत्रमा सङ्क्रमण नियन्त्रणका लागि प्रयोग गरिने राबेईले आफ्नो व्यक्तिगत ट्वीटरमार्फत जानकारी गराए ।

 

सन्देशमा उनले राहत अन्तर्गतको १६ अर्ब यूरो यस सङ्कटको घडीमा पनि आफ्ना कामदारहरूलाई रोजगारीबाट फिर्ता नगरी राखेका कोरोना सङ्क्रमणका कारण प्रभावित बनेका रूग्ण उद्योगहरूलाई दिने बताएका छन्। राहत कार्यक्रम अन्तर्गत सरकारले ओषधिजन्य सामग्री, कोरोनाभाइरस सङ्क्रमितको उपचारका लागि अस्पतालमा निर्माण गरिने सघन उपचार कक्ष र अन्य प्रयोजनका लागि प्रयोग गरिनेछ ।

 

उक्त आपतकालीन कोषको व्यवस्था बरोजगार विमा कोषबाट गरिने पनि बताए ।

 

सङ्क्रमित सबैको उपचारको व्यवस्था सरकारले निःशुल्क गर्ने यसअघि नै राष्ट्रपति रौहानीले बताए।  


थप समाचार

क्वारेन्टिनमा रहेका एक पुरुषको उपचारका क्रममा मृत्यु

  • 7 hours ago
क्वारेन्टिनमा रहेका एक पुरुषको उपचारका क्रममा मृत्यु

पूर्वखोला । भारतबाट फर्किएर क्वारेन्टिनमा रहेका एक पुरुषको उपचारका क्रममा आज मृत्यु भएको छ । पूर्वखोला गाउँपालिका–२ का ४५ वर्षीय पुरुषको युनाइटेड मिशन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पतालका

लकडाउनले साइकल चलाउने बढे

  • 7 hours ago
लकडाउनले साइकल चलाउने बढे

भरतपुर । भरतपुरको एक बैंकका प्रबन्धक अर्जुन अर्याल र छिमेकी कृष्ण भट्टराई आज भोलि दैनिक एक घण्टाभन्दा बढी साइकल यात्रा गर्ने गर्छन् । भरतपुर महानगरपालिका–११ का उनीहरु हरेक दिन बिहान आफ्नै वडा पूरै घुम

सुत्केरीको हेलिकोप्टरबाट उद्धार

  • 7 hours ago
सुत्केरीको हेलिकोप्टरबाट उद्धार

पोखरा । बडिगाड गाउँपालिका–१ की २२ वर्षीया सुत्केरी सरस्वती पोखरेल अस्वस्थ भएपछि हेलिकोप्टरबाट उद्धार गरी पोखरास्थित गण्डकी अस्पताल पु¥याइएको छ ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

महोत्तरी । हिन्दू मैथिल आज मङ्गलबार घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाउँदैछन् । जेठ शुक्ल एकादशीका दिन धार्मिक महत्वको वनस्पति तुलसीको दल राख्ने परम्परानुसार आज हिन्दू मैथिलका घरघरमा उत्सवकै रूपमा यो पर्व मनाइँदै गरिएको हो ।