इराकी राष्ट्रपतिको इरान भ्रमणमा, व्यापार, यातायात, प्रदुषणबारे कुराकानी हुने

तेहरान, इरान, मङ्सिर । क्षेत्रीय शान्ति र राजनीतिक स्थायित्वका लागि इराकका नयाँ राष्ट्रपति बरहाम सालेह छिमेकी राष्ट्र इरानको पहिलो औपचारिक भ्रमणमा शनिबार तेहरान पुगेका  छन् ।

 

कुनै समयका दूई प्रमुख प्रतिस्पर्धी मुलुकका राष्ट्रपतिहरू सालेह र हसन रौहानीबीच शनिबार नै भेटवार्ता भएको छ । उनिहरूबीच व्यापार, यातायात तथा सीमा क्षेत्रमा देखिँदै आएको प्रदुषणलगायतका बिषयमा कुराकानी भएको बताइएको छ ।

 

‘यो नयाँ व्यवस्थाको समय हो जसले सबै मुलुकहरूको चासोलाई सम्बोधन गर्नेछ,’ सालेहले तेहरानमा गरेको प्रेस सम्मेलनमा बताएको इरानको राज्य सञ्चालित प्रसारणमाध्यमद्वारा अनुवादित उपलब्ध सामग्रीमा जानकारी गराइएको छ ।

 

उनले थपे, ‘हामीलाई विश्वास छ इरानले नयाँ परिवेशमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।’

इराकको संबैधानिक राष्ट्रप्रमुखमा ५८ बर्षीय उदारबादी कुर्द नेता सालेह गत महिनामात्र निर्वाचित भएका  थिए ।

 

उक्त अबसरमा इरानी राष्ट्रपति रौहानीले दुई मुलुकबीचको व्यापार सम्बन्धलाई १२ अर्ब अमेरिकी डलरको कारोबारबाट २० अर्ब डलर पुर्‍याउने लक्ष्य रहेको बताए ।

 

रौहानीले भन्नुभयो, “सम्पूर्ण क्षेत्रको सुरक्षा र स्थायित्व सबैको लागि आवश्यक र उपलब्धिपूर्ण हुनेछ ।” यस क्षेत्रमा कुनै किसिमका विदेशी हस्तक्षेप आफुहरूको चाहना नभएको उहाँले उल्लेख गर्नुभयो ।

 

इराकमा सद्दाम हुसेनलाई सन् २००३ मा सत्ताच्युत गरिएपछि इरान बग्दादप्रति सकारात्मक देखिँदै आएको छ । इराक इस्लामिक स्टेट समूहलाई कमजोर बनाउने सिलसिलामा इरानप्रति कृतज्ञ रहँदै आएको छ ।

 

इरानले इराकमा इराकमा गुटबन्धी र कमजोर शासन सञ्चालन भएको प्रति असन्तुष्टि जनाउँदै विदेशी हस्तक्षेपलाई उक्त क्षेत्रमा प्रोत्साहन गर्न नहुने बताउँदै आएको छ । इरानको गत महिना इराकी दक्षिणी शरहर बसरामा रहेको इरानी महाबाणिज्य दूतावासमा भएको आक्रमणमा इराकको आलोचना गर्दै आएको छ । महाबाणिज्य दूतावासमा भएको आक्रमण र यसपछि फैलिएका हिंसात्मक गतिविधिमा दर्जनौ मानिसको ज्यान गएको थियो । 


थप समाचार

लिभरपुलमा समिति गठन गर्न नसकी फर्कियो एनआरएन यूके

  • 22 minutes ago
लिभरपुलमा समिति गठन गर्न नसकी फर्कियो एनआरएन यूके

लण्डन । एनआरएन यूकेअन्तर्गत क्षेत्रीय समिति गठनका लागि भन्दै लिभरपुल पुगेको टोली समिति गठन गर्न नसकी फर्किएको छ । नर्थ वेस्ट कमिटि गठनको लागि भन्दै आइतबार लिभरपुलमा गरिएको भेलामा समिति गठनको वातावरण ब

कवि मुक्तान थेवाको कवितासंग्रह ‘अखण्ड आलाप’माथि बहस

  • 11 hours ago
कवि मुक्तान थेवाको कवितासंग्रह ‘अखण्ड आलाप’माथि बहस

चितवन । प्रगतिशील लेखक संघ चितवनले आयोजना गरेको कार्यक्रममा सामाजिक एवम् राजनीतिक परिवर्तनका लागि साहित्यमार्फत कलम चलाउँदै आएका कवि मुक्तान थेवाको कवितासंग्रह ‘अखण्ड आलाप’माथि शनिबार भरतपुरमा बहस गरि

कोलकातामा नेपाल भवन बनाउन सरकारसँग आग्रह

  • 11 hours ago
कोलकातामा नेपाल भवन बनाउन सरकारसँग आग्रह

काठमाडौँ । भारत पश्चिम बङ्गालस्थित कोलकातामा नेपाल भवन बनाउन पहल भएको छ । कोलकातावासी नेपालीहरुले महेशतला नगरपालिका–२३, विवेकानन्द पार्क रोड नेर ११ कठ्ठा जग्गा लिइसकेका छन् ।



प्रेम र यौन

महिनावारीको बेलामा यौन सम्पर्क गर्न हुन्छ कि हुँदैन ?

महिनावारीको बेलामा यौन सम्पर्क गर्न हुन्छ कि हुँदैन ?

एजेन्सी । महिनावारी भएको बेला यौन सम्पर्क गर्न हुन्छ ? या हुँदैन यो प्रश्नले धेरै जोडीहरुले सोध्ने गरेका छन् । यस्तो बेला यौन सम्पर्क गर्ने कुरा इच्छामा भर पर्छ । तर, हाम्रो समाजको चलनचल्तीको कुरा गर्ने हो भने महिनावारीको बेला सम्पर्क गर्नुलाई राम्रो मानिँदैन ।

जीवनशैली/स्वास्थ्य

बच्चाको कान सफा गर्दा यी कुरामा ध्यान दिनुहोस्

बच्चाको कान सफा गर्दा यी कुरामा ध्यान दिनुहोस्

सानो बच्चाको कान सफा गर्दाको समयमा केयौ कुराहरुलाई ध्यानमा राख्नु आवश्यक हुन्छ । बच्चाहरुको कान सफा गर्नको लागि क्यू टिप्सको प्रयोग नगर्नुहोस् ।

विचित्र विश्व

‘एस’ बाट नाम सुरु भएका व्यक्ति कस्ता हुन्छन्

‘एस’ बाट नाम सुरु भएका व्यक्ति कस्ता हुन्छन्

अंग्रेजीको १९ औ लेटर ‘एस’ । किताबी ज्ञान बाहेक व्यवहारिक ज्ञानमा पनि ‘एस’ लेटरको महत्व रहेको बताइन्छ । ‘एस’ बाट नाम सूरु हुने मानिसहरु एकदमै मेहनती हुन्छन् । यिनीहरु कुरा गर्न यति सिपालु हुन्छन् कि जोकाहीलाई सजिलै आकर्षित गर्न सक्छन् ।