आयरल्याण्डमा 'नेपाल आयरल्याण्ड मैत्री दिवस' कार्यक्रम, आइरिस राष्ट्रपति सहभागी

  • मंगलबार, ५ भदौ, २०७५
  • 1 month ago
  • युके

 

लण्डन । नेपाल र आयरल्याण्डवीच दौत्य सम्वन्ध स्थापनाको बीसौं वर्ष शुभारम्भ भएको अवसरमा आयरल्याण्डमा एक विशेष समारोह आयोजना गरिएको छ । 

 

बेलायत तथा आयरल्याण्डका लागि नेपाली राजदूत डा.दुर्गा बहादुर सुवेदीले गत शनिबार राजधानी डब्लिनमा आयोजना गरेको नेपाल आयरल्याण्ड मैत्री दिवस कार्यक्रममा आयरल्याण्डका राष्ट्रपति माइकल डी. हिगिन्स प्रमुख अतिथीका रुपमा सहभागी बने । 

 

समारोहलाई सम्वोधन गर्दै राष्ट्रपति हिगिन्सले भौगोलिक रुपमा आयरल्याण्ड र नेपाल टाढा रहे पनि दुई मुलुक कला, साहित्य, संगीत  संस्कृति र प्रकृतिको समृद्धि एवं शान्ति, मैत्री, भातृत्व र विश्ववन्धुत्वप्रतिको समान आस्थाका कारण नजिक रहेको बताए ।आयरल्याण्ड र नेपालले  एकै दिन संयुक्त राष्ट्रसंघको सदस्यता हासिल गरेको बताउंदै उनले विभिन्न अन्तर्राष्ट्रिय मुद्धाहरुमा दुई देशको साझा धारणा रहेको र संयुक्त राष्ट्रसंघको तत्वावधानमा दुवै मुलुकले विश्वमा शान्ति स्थापना गर्न आआफ्ना सैनिकहरु परिचालन गरिरहेका समेत उल्लेख गरे ।

 

सन् २०१५ मा नेपालको संविधानसभाले जारी गरेको संविधानलाई लोकतान्त्रिक, समावेशी र विधिको शासनका मूल्य र मान्यताहरु समाहित विश्वकै एक उत्कृष्ट संविधानका रुपमा उनले टिप्पणी गरे ।  राष्ट्रपति हिगिन्सले गत वर्ष शान्ति र निष्पक्षतापूर्वक सम्पन्न आमनिर्वाचनले नेपालमा राजनैतिक स्थायित्व हासिल भई आर्थिक विकासको निम्ति मार्ग प्रशस्त गरेको बताए । नेपाल प्राकृतिक सौन्दर्य र सांस्कृतिक विविधताले धनी देश रहेको भन्दै उनले विविधताबीचको एकतालाई शदीयौंदेखि जोगाएर राखेका नेपाली जनता धन्य छन् भने । 

 

राष्ट्रपति हिगिन्सले आयरल्याण्डका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदी विद्वता र कूटनैतिक कौशल दुवै गुणले अन्तनिर्हित एक सफल व्यक्तित्व रहेको भन्दै प्रशंसा गरे । आफ्ना चार वटा काव्यकृतिहरु र तीन वटा राजनैतिक ग्रन्थहरु प्रकाशित भएको उल्लेख गर्दै उनले राजदूत डा. सुवेदीले आफ्ना प्रतिनिधि कविताहरु नेपाली भाषामा अनुवाद र सम्पादन गरी ’माइकल डि. हिगिन्सका प्रतिनिधि कविता’का रुपमा प्रकाशन गरेकोमा  कृतज्ञता पनि व्यक्त गरे । आयरल्याण्डमा नेपाली समुदाय सानो भए पनि सुन्दर र सहयोगी रहेको राष्ट्रपति  हिगिन्सले बताए । नेपालीहरुको इमान्दारिता, मिलनसारिता, र परिश्रम एवं भातृत्वको भावनाबाट आइरिस जनता प्रभावित भएको विचार उनले व्यक्त गरे ।  

 

 

समारोहकी विशिष्ट अतिथि आयरल्याण्ड नेपाल फ्रेन्ड्रसिप ग्रुपका संयोजक आइरिस सांसद श्रीमती मरिन ओ सुलिभानले आयरल्याण्ड र नेपालवीचको सम्बन्ध सरकारी सम्वन्धका साथसाथै संसदीय स्तरमा समेत विस्तारित भएको  उल्लेख गर्दै दुई मुलुकवीच उच्चस्तरीय भ्रमणको आदानप्रदानले मैत्री सम्वन्धलाई अझ सुदृढ र सुमधुर बनाउन योगदान पुग्ने विश्वास व्यक्त गरिन् । निकट भविष्यमा आइरिस संसदका सभामुखको नेतृत्वमा आइरिस संसदीय प्रतिनिधिमण्डलले नेपालको भ्रमण गर्ने र नेपालको संसदीय प्रतिनिधिमण्डलले पनि आयरल्याण्डको भ्रमण गर्ने कार्यक्रम तय भएको उनले जनाइन् ।

 

समारोहमा स्वागत मन्तव्य व्यक्त गर्दै नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदीले नेपाल र आयरल्याण्डवीच दौत्य सम्वन्ध स्थापना भएको वीसौं वर्ष प्रवेश गरेको सुखद उपलक्ष्यमा आयरल्याण्डका महामहिम राष्ट्रपतिको उपस्थितिले हर्षित र गौरवान्वित तुल्याएको बताए ।  यसबाट नेपाल र नेपाली जनताप्रति आयरल्याण्ड र आइरिस जनताको स्नेह, सम्मान, र आत्मीयताको प्रतिविम्व प्रस्तुत भएको उनको भनाइ थियोे ।दुई मुलुकहरुवीचको द्विपक्षीय मित्रता, समझदारी, सहयोग, पारस्परिक विश्वास र एक अर्काको राष्ट्रिय स्वार्थ र आकांक्षाहरुप्रतिको सम्मानद्वारा अभिप्रेरित छ भन्दै डा. सुवेदीले यो सम्वन्ध पर्यटन, व्यापार र शिक्षाका क्षेत्रहरुमा विस्तार हुँदै जनस्तरसम्म पनि फैलिएको विचार व्यक्त गरे ।

 

वि.स २०७२ को विनाशकारी भूकम्पको कठिन समयमा आइरिस सरकार र जनताबाट प्राप्त सहानूभूति, सदभावना र सहयोगका लागि नेपाली सरकारका तर्फबाट राजदूत डा सुवेदीले कृतज्ञता ज्ञापन गर्दै नेपाल सरकारको विकास प्रयासमा आइरिस सरकारको सहयोगको निरन्तरता रहने विश्वास पनि गरे । राष्ट्रपति हिगिन्सका कलात्मक शैली, सुललित संरचना र शिष्ट भावनाका विशिष्ट कविताहरुको अनुवाद गर्ने स्वीकृति प्रदान गरेकोमा उनीप्रति राजदूत डा सुवेदीले कृतज्ञता व्यक्त गरे । 

 

उक्त समारोहमा आयरल्याण्डका राष्ट्रपति हिगिन्सले राजदूत डा.सुवेदी (दुवसु क्षेत्री) द्वारा अनुवादित तथा सम्पादित ’सुप्रसिद्ध आइरिस कवि माइकल डि. हिगिन्सका प्रतिनिधि कविता’ नामक कवितासंग्रहको लोकार्पण गरेका थिए । समारोहमा आयोजित नेपाली तस्वीर प्रर्दशनी तथा नेपाली कला प्रदर्शनीको महामहिम राष्ट्रपति र श्रीमती सविना हिगिन्सले रुचिपूर्वक अवलोकन गरेका थिए ।

 

 

उक्त विशेष समारोहमा आयरल्याण्डमा रहेर नेपाली भाषा, साहित्य, कला, संगीत, संस्कार र संस्कृतिको संरक्षण र सम्वद्र्धन एवं नेपाली समुदायको एकता र भातृत्व अभिवृद्धिका लागि उल्लेखनीय योगदान गर्ने आठ जना अग्रज समाजसेवी नेपालीहरु दीपेशमान शाक्य, गणेश प्रसाई, गंगाराम कँडेल, जीवन तिमिल्सिना, कृष्णकुमार डंगोल, नवराज कोइराला, राजेन्द्र काफ्ले र शारदा खत्री प्याट्रिक्यू लाई राष्ट्रपति र नेपाली राजदूतले सम्मान गरेका थिए । समारोहमा स्थानीय नेपाली कलाकारहरुले नेपाली कला र संस्कृति झल्कने सात वटा नृत्यहरु प्रस्तुत गरेका थिए । उक्त कार्यक्रममा  राजदूत सुवेदी र श्रीमती सुवेदीले महामहिम राष्ट्रपति र उनकी धर्मपत्नी श्रीमती सविना हिगिन्सलाई नेपालको प्रकृति र संस्कृति झल्किने दुई वटा कलात्मक नेपाली तेल चित्र उपहार प्रदान गरे । 

 

 

समारोहमा आइरिस संसदका सदस्यहरु, पूर्व मन्त्रीहरु, आयरल्याण्डका सर्वोच्च न्यायालयका न्यायाधीश, नगरप्रमुखहरु, आयरल्याण्डस्थित विभिन्न मुलुकका राजदूत एवं कूटनैतिक प्रतिनिधिहरु, नेपालका लागि युरोपियन युनियनका राजदूत, आइरिस सरकारका उच्च पदस्थ पदाधिकारीहरु, गैरआवासीय नेपाली संघ, आयरल्याण्डका अध्यक्ष तथा पदाधिकारीहरु, नेपाल आयरल्याण्ड सोसाइटीका अध्यक्ष तथा पदाधिकारीहरु, सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्ने आइरिस पर्वतारोहीहरु एवं नेपालमा सञ्चालित आइरिस गैरसरकारी संघसंस्थाका प्रतिनिधिहरु गरी तीन सय भन्दा बढी अतिथिहरु सहभागी थिए । 

 

दूतावासका तृतीय सचिव भूपेन्द्रप्रसाद घिमिरेले कार्यक्रमको सञ्चालन गरेका थिए । समारोहको अन्त्यमा रात्रिभोजको आयोजना गरिएको थियो । डब्लिनमा रहेका कूटनैतिक नियोगहरुले आयोजना गर्ने कार्यक्रमहरुमा आयरल्याण्डका महामहिम राष्ट्रपतिको उपस्थिति विरलै  हुने परिप्रेक्ष्यमा नेपाली दूतावासद्धारा आयोजित यो विशेष समारोह ऐतिहासिक भएको र यस समारोहको  सफल आयोजना आफैमा नेपाल र आयरल्याण्डको दौत्य सम्वन्धको इतिहासमा एउटा कोसेढुँङ्गा सावित हुने विश्वास दूतावासले व्यक्त गरेको छ ।  

 


थप समाचार

ब्राह्मणहरु किन प्याज, लसुन र च्याउ खाँदैनन् ?

  • 6 minutes ago
ब्राह्मणहरु किन प्याज, लसुन र च्याउ खाँदैनन् ?

हाम्रो समाजमा अझै पनि शुद्ध ब्राह्मण प्याज, लसुन र च्याउ खाँदैनन् । यी कुनै कुराहरु मिसाइएको हुन्छ भनेर कतिपय ब्राह्म्णहरु घरबाहिर पनि खाना खाँदैनन् । तर, धेरैलाई थाहा नहुन सक्छ किन उनीहरु लसुन, प्याज

थारु समुदायमा सिकलसेल आतंक, समुदाय नै संकटमा पर्ने चिन्ता

  • 14 minutes ago
थारु समुदायमा सिकलसेल आतंक, समुदाय नै संकटमा पर्ने चिन्ता

लमही नगरपालिका—९ सतबरिया माइत भएकी लक्ष्मी चौधरी अहिले २९ वर्ष पुगिन् । थाहा पाउने भएदेखि नै उनको शरीरका जोर्नी, खुट्टा दुखिरहन्थ्यो ।

प्रधानमन्त्री ओली अबुधाबीमा

  • 21 minutes ago
प्रधानमन्त्री ओली अबुधाबीमा

अबुधाबी । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्र सङ्घको महासभाको ७३औं अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै न्यु योर्क जाने क्रममा हिजो राती अबुधाबी आइपुगे । उनको साथमा धर्मपत



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

ब्राह्मणहरु किन प्याज, लसुन र च्याउ खाँदैनन् ?

ब्राह्मणहरु किन प्याज, लसुन र च्याउ खाँदैनन् ?

हाम्रो समाजमा अझै पनि शुद्ध ब्राह्मण प्याज, लसुन र च्याउ खाँदैनन् । यी कुनै कुराहरु मिसाइएको हुन्छ भनेर कतिपय ब्राह्म्णहरु घरबाहिर पनि खाना खाँदैनन् । तर, धेरैलाई थाहा नहुन सक्छ किन उनीहरु लसुन, प्याज तथा च्याउ खाँदैनन् भनेर ।

विचित्र विश्व

१३ बर्षमै फेसबुकमा लभ परेपछि यो तनाव !

१३ बर्षमै फेसबुकमा लभ परेपछि यो तनाव !

काठमाडौं । काठमाडौंको एक निजी विद्यालयमा कक्षा ८ मा अध्ययनरत एक छात्रा सहपाठीसँग प्रेम सम्बन्धमा परिन्। उनीहरू मोबाइलबाट लुकिछिपी फेसबुकमार्फत अन्तरंग कुराकानी गर्न थाले। फेसबुक च्याटबाटै उनीहरूको सम्बन्ध गहिरिँदै गयो । छात्रले प्रेमिकालाई अन्तरंग दृश्य पठाउन बारम्बार अनुरोध गर्न थाले ।