शाहले एकीकरण गरेकाे समाजलाई भड्काउन खाेजिदैछ : रक्षामन्त्री पाेखरेल

काठमाडौँ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले नेपालको एकीकरण अभियानमा पृथ्वीनारायण शाहलाई सम्मान गर्दा निरंकुश राजतन्त्रको कुरा नगरेको बताएका छन् । 

 

आज २९७औँ पृथ्वीजयन्ती एवं राष्ट्रिय एकता दिवसका अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठानलगायतले आयोजना गरेको शोभायात्रा कार्यक्रममा उनले छरिएर रहेको नेपाल एक बनाउने अभियन्ताका रूपमा शाह रहेकाले सरकारले उनको जन्मजयन्तीलाई सम्मान गरेको बताए । 

 

‘नेपालमा रहेका धर्म, संस्कृति भाषालाई गोलबद्ध गर्ने काम उहाँले गर्नुभयो’, उनले भने, ‘त्यसैले उहाँको सम्झनामा एकीकरण दिवस मनाइएको हो ।’ 

 

पृथ्वीनारायण शाहले मुलुकलाई एकताबद्ध नगराएको भए अहिलेजस्तो नेपाली स्वाभिमान, स्वाधीन र स्वतन्त्र नहुने उनको भनाइ थियो । 

 

रक्षामन्त्री पोखरेलले कुनै सिद्धान्तमा नभई उनले गरेको कामलाई सम्मान गर्न दिवस मनाइएको बताए । उनले पृथ्वीनारायण शाहले एकीकृत गरेको समाजलाई अहिले विभिन्न तत्वले भड्काउन खोजेकाले त्यस्तालाई परास्त गर्नुपर्ने धारणा राखे । 

 

शोभायात्रामा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा, नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीलगायतको सहभागिता थियो । शोभायात्रा कमलादी, रत्नपार्क भद्रकाली हुँदै सिंहदरबार आएर समापन भएको थियो । 


थप समाचार

बलात्कार मुद्दामा थुनामा रहेका कैदीकाे मृत्यु

  • 22 minutes ago
बलात्कार मुद्दामा थुनामा रहेका कैदीकाे मृत्यु

चितवन । जबरर्जस्ती करणी मुद्दामा थुनामा रहेका एक कैदीको मृत्यु भएको छ ।

‘रिल’का गोपी बिपिनले ‘रियल लाइफ’कै गोपी भेटे

  • 23 minutes ago
‘रिल’का गोपी बिपिनले ‘रियल लाइफ’कै गोपी भेटे

चितवन । शनिबारबाट फिल्म ‘गोपी’को प्रचारमा निस्किएका बिपिन कार्कीले चितवनमा साँच्चिकैका गोपी भेटेका छन् । उनले फिल्मको प्रचारका क्रममा फिल्ममा झैं गाई व्यवसाय गर्ने गोपी ढकाललाई भेटेका हुन् । बिपिनले च

कङ्गोको राष्ट्रपतिमा शिसेकेडी विजयी भएको अदालतको घोषणा

  • 28 minutes ago
कङ्गोको राष्ट्रपतिमा शिसेकेडी विजयी भएको अदालतको घोषणा

किन्सासा । प्रजातान्त्रिक गणतन्त्र कङ्गोको संवैधानिक अदालतले विपक्षी नेता फेलिक्स शिसेकेडी राष्ट्रपतिमा निर्वाचित भएको घोषणा गरेको छ । उनका निकटतम प्रतिद्वन्द्वी मार्टिन फायुलुले चुनावमा धाँधली भएको आ



जीवनशैली/स्वास्थ्य

घरमा सुख शान्ति बनाइराख्न यस्ता कामहरु गर्नुहोस्

घरमा सुख शान्ति बनाइराख्न यस्ता कामहरु गर्नुहोस्

घरमा सुख समृद्धि बनाइराख्नको लागि हाम्रा पूर्वजहरुले पहिलेदेखी नै धेरै परम्पराहरु मान्दै आएको पाइन्छ । तर आजकालको आधुनिक युगमा धेरै मानिसहरुले पुराना परम्पराहरु मान्न छाडिसके ।

विचित्र विश्व

सिङ्गै गाउँ चार जनाको नाममा

सिङ्गै गाउँ चार जनाको नाममा

डोल्पा । जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका, ५ फुल्चिङका ६९ वर्षीय चन्द्रलाल चलाउनेको नाममा एक टुक्रा पनि जग्गा छैन । घरअगाडिको प्रशस्त जमिनमा मेहनतका साथ अधियाँ खेती गरे पनि उनको परिवारलाई वर्षभरि जीविका चलाउन मुस्कल पर्छ ।