विप्लवमाथि लगाइएकाे प्रतिबन्धलाई एकाेहाेराे नबुझ्न उपप्रधानमन्त्री पाेखरेलकाे आग्रह

फाइल फाेटाे

काठमाडौँ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले लुटतन्त्र, अराजकता, आतङ्ककारी र विखण्डनकारी गतिविधिबाट देशलाई अप्ठ्यारो पार्ने सपना कसैले देखेको भए सरकार टुलुटुलु हेरेर बस्न नसक्ने बताएका छन् । 

 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को काठमाडौँ जिल्ला कार्यालय उद्घाटन गर्दै उपप्रधानमन्त्री पोखरेलले बम हानेर मान्छे मार्ने, हतियार पड्काउने अनि मुलुकलाई तहसनहस पार्न कुचेष्टा गरे सरकार कुनै पनि हालतमा चूप लागेर बस्न नसक्ने चेतावनी दिए । 

 

‘देशमा आतङ्क मच्चाउने, राष्ट्रिय अखण्डतामाथि धावा बोल्ने, राष्ट्रलाई विखण्डन गर्ने शक्तिसँग सरकार झुकेर बस्न सक्दैन, राज्यको शरीरमा एक थोपा रगत रहुञ्जेल सरकार राष्ट्रियताको पक्षमा लडिरहने छ’, उनले भने । 

 

मन्त्री पोखरेलले चन्दा नदिँदा पार्टी तथा देशको नेतृत्वमा रहेका व्यक्ति र अन्य नागरिकलाई मार्ने योजना बनाउनेलाई त्यस्ता गतिविधि गर्न प्रतिबन्ध लगाइएको स्पष्ट पार्दै नागरिक अधिकारवादीलाई पनि एकोहोरो मात्र नबुझी वास्तविकता बुझ्न आग्रह गरे । 

 

उनले पृथकतावादी आन्दोलन गरिरहेका सिके राउतको व्यवहारप्रति सरकारले मूल्याङ्कन गरिरहेको बताउँदै राउतले राज्यको मूलधारमा आउने तथा संविधानलाई स्वीकार गरेअनुसार नै सरकार र राउतबीच सम्झौता गरिएको स्पष्ट गरे । 

 

नेकपाका नेता पोखरेलले पार्टी एकीकरण केवल देखाउन र सूचनापाटी राख्नका लागि मात्र नभई जनताको सारथी बन्न र मुलुकको समृद्धिका लागि भएको बताए । 

 

आगामी दिनमा नेकपा राजनीतिक र संवैधानिक घोषणानुसार विकास र समृद्धिको बाटामा जनतालाई साथमा लिई तीव्र गतिमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । 

 

पार्टीको तल्लो कमिटीको एकीकरणको गृहकार्य अध्यक्षद्वयले तयार पारिरहेको जानकारी दिँदै मन्त्री पोखरेलले एकताको प्रक्रिया लगभग अन्तिम चरणमा रहेको बताए । 


थप समाचार

प्रधानमन्त्रीकाे हातमा साबेल

  • 3 hours ago
प्रधानमन्त्रीकाे हातमा साबेल

प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रिय गौरबको आयोजनाको रुपमा रहेको मध्यपहाडी लोकमार्गमा (अप्टिकल फाइवर नेटवर्क) को धादिङको गल्छी गाउँपालिका वडा नं. ४ मासटारमा सोमबार शिलान्यास गर्दै ।

‘मिडियासम्बन्धी विधेयकमा परामर्श नगर्नु गलत’

  • 3 hours ago
‘मिडियासम्बन्धी विधेयकमा परामर्श नगर्नु गलत’

भक्तपुर । नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले संसद्मा दर्ता गरिएको मिडिया विधेयक सरोकारवालासँग परामर्श नगरी एकोहोरो रुपमा ल्याउनु गलत भएको बताएका छन् । रफत सञ्चार क्लबमा आज

बन्द विमान कम्पनीको बक्यौता असुल्न समस्या

  • 3 hours ago
बन्द विमान कम्पनीको बक्यौता असुल्न समस्या

काठमाडौँ । सञ्चालनमा नरहेका र टाट पल्टेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विमान कम्पनीको करीब रु. १३ करोड बक्यौता असुल गर्न कानूनी जटिलता देखिएको छ ।



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

महिनावारीका बेला पेट दुखेमा...

महिनावारीका बेला पेट दुखेमा...

महिनावारीका समयमा महिलामा सामान्य ढाड वा पेट दुख्ने, थकान महसुस हुने आदिजस्ता समस्या हुनुलाई स्वाभाविकै मानिन्छ । तर, कतिपय किशोरीमा सहनै नसक्ने गरी तल्लो पेट दुख्ने गर्छ । यो भने समस्या हो ।