IIMS College

ISMT

HUB Education

उपप्रधानमन्त्री पाेखरेलद्वारा नेपालमा लगानी गर्न युएईका लगानीकर्ताहरूलाई आग्रह

फाइल फाेटाे
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौँ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले नेपाल लगानीका निम्ति उपयुक्त स्थल भएको बताउँदै जलविद्युत, कृषि, पर्यटन, सेवा र औद्योगिक क्षेत्रमा लगानी गर्न संयुक्त अरब इमिरेट्स (युएई)का लगानीकर्तालाई आग्रह गरेका छन् ।

 

संयुक्त अरब इमिरेट्सको दुबईमा सोमबार त्यहाँका उद्यमी–व्यवसायीसँग आयोजित भेलामा उपप्रधानमन्त्री पोखरेलले नेपालमा वैदेशिक लगानीकर्तालाई कुनै किसिमको समस्या नभएको र त्यसको प्रतिफल सजिलै लगानीकर्ताले लैजान पाउने कानूनी व्यवस्था रहेको जानकारी दिए । 

 

चीन र भारतको बीचमा अवस्थित नेपाल बजार विस्तारका दृष्टिले उपयुक्त भएको बताउँदै उनले द्विपक्षीय सहयोगका माध्यमबाट नेपालमा उत्पादित वस्तु ती दुवै देशमा निर्यात गर्न सक्ने प्रशस्त सम्भावना रहेको जानकारी दिए । 

 

लगानीको वातावरण बनाउन सरकारले कर, आयकर, अन्य आम्दानीमात्र नभई एकद्वार प्रणालीमार्फत सरल र सहज ढङ्गले सेवा प्रवाहको व्यवस्था मिलाएको जानकारी दिँदै उनले विशेष आर्थिक क्षेत्रको सुविधासमेत भएकाले ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह गरे । 

 

नेपाल र युएईको अर्थतन्त्र निर्माणमा दुई लाख ५० हजारभन्दा बढी नेपालीले योगदान गरेका भन्दै उपप्रधानमन्त्री पोखरेलले नेपाल र युएईबीच सन् १९७७ मा कूटनीतिक सम्बन्ध कायम भएयता दुवै देशले अन्तर्राष्ट्रिय र क्षेत्रीय मञ्चमा साझेदारी गर्दै आएको बताए ।


थप समाचार

कपाल झर्नुकाे कारण यस्ताे हुनसक्छ

  • 2 hours ago
कपाल झर्नुकाे कारण यस्ताे हुनसक्छ

एजेन्सी । पुरुषहरुको कपाल झर्नुको अर्को कारण वंशाणुगत कारण पनि भएको मानिन्छ ।

सय मिटर ब्याक स्ट्रोकमा गौरिका सिंह रजतमै सीमित

  • 2 hours ago
सय मिटर ब्याक स्ट्रोकमा गौरिका सिंह रजतमै सीमित

काठमाडौँ । बिहीबार र शुक्रबार पौडीबाट दुई स्वर्ण जितेकी गौरिका सिंहले शनिबार रजत पदक जितेकी छन् ।

मुलुक विकास र समृद्धितर्फ लम्केको छ : उपप्रधानमन्त्री पोखरेल

  • 2 hours ago
मुलुक विकास र समृद्धितर्फ लम्केको छ : उपप्रधानमन्त्री पोखरेल

काठमाडौँ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सरकार मुलुकको विकास र समृद्धितर्फ लम्केको बताएका छन् । वन्डर्स नेपालले निर्माण गर्न लागेको दक्षिण एशियाकै सबैभन्दा पहिलो स्काई वाक टावरको आज



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

विचित्र विश्व

विश्वकै ठूला १० सपिङ मल, चीनमा मात्रै चार वटा

विश्वकै ठूला १० सपिङ मल, चीनमा मात्रै चार वटा

एजेन्सी । विश्वमा किनमेल गर्नका लागि ‘सपिङ मल’ लोकप्रिय बन्दै गएको छ । सन् २००८ को मन्दीपछि विश्वव्यापी अर्थतन्त्रको सुधार पनि क्रमशः बलियो हुँदै गएको छ, जसले उपभोक्ताहरूको क्रय क्षमता पनि बढ्ने सम्भावना उच्च बनेको छ ।