IIMS College

ISMT

HUB Education

मुलुक विकास र समृद्धितर्फ लम्केको छ : उपप्रधानमन्त्री पोखरेल

फाइल फाेटाे
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौँ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सरकार मुलुकको विकास र समृद्धितर्फ लम्केको बताएका छन् । 

 

वन्डर्स नेपालले निर्माण गर्न लागेको दक्षिण एशियाकै सबैभन्दा पहिलो स्काई वाक टावरको आज यहाँ शिलान्यास गर्दै उनले सपना देख्नेले मात्र मुलुकको विकास र समृद्धिलाई गति दिन सक्ने बताउँदै मुर्छित सपनालाई जागृत गर्न आम नेपाली युवा लाग्नुपर्ने भनाइ राखे ।

 

उनले सपना देखेर नै विकासका काम हुने भन्दै सपना देख्ने साथीहरुको अभियान नै स्काई वाक टावर निर्माणकार्यको प्रारम्भ भएको उल्लेख गरे । 

 

‘सपना नदेख्नेले मुलुकलाई गति दिन सक्दैनन्, परिवर्तन गर्न सक्दैनन् । हिजो सपना देख्नेलाई लाञ्छित गरिन्थ्यो, अझै पनि रहलपहल रहेका छन्’, उनले भने, ‘सपना देख्नेलाई लाञ्छित गर्ने पात्र अझै यदाकदा अलिअलि रहेका छन् । सपना देख्नेलाई गाली गर्नेले यो स्काई वाक टावरको निर्माणबाट सिकुन्, बुझुन् र जानुन् ।’

 

नयाँ काम गर्ने सङ्कल्प तथा घोषणाअनुसार उक्त कार्यको शुभारम्भ गरिएको भन्दै उनले ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय अभियानलाई पूरा गर्न काम गरेर देखाउनुपर्ने धारणा राखे ।

 

उनले समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई सार्थकतामा पुर्‍याउन पर्यटन क्षेत्रको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै उक्त स्काई वाक टावरले पर्यटन क्षेत्रमा ठूलो टेवा पुर्‍याउने विश्वास व्यक्त गरे । 

 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाली युवाहरुले अन्तरराष्ट्रिय क्षेत्रमा सिकेको ज्ञानसित तथा कमाइको केही रकमलाई नेपालमा प्रयोग गर्दै स्काई वाक टावरको निर्माणमा जुट्नु नेपालमाथिको भरोसा जाग्दै गएको बताउँदै निरासावादी चिन्तनलाई परास्त गर्दै देशमै केही सम्भावना छ भन्ने विश्वास पैदा भएको बताए ।

 

लगानीको सम्भावना छ, सही ढङ्गले प्रतिफल प्राप्त गर्न सकिन्छ भन्ने विश्वास आम नेपाली युवाहरुमा जागृत हुँदै गएको उल्लेख गर्दै उनले युवाहरुको जोश, जाँगरका साथ शुरु गरिएको कार्यले विश्वभरलाई प्रेरणाको स्रोतको साथमा लगानीको वातावरण सिर्जनामा थप टेवा पुगेको बताए ।

 

स्काई वाक टावर पर्यटन प्रवर्द्धनसँग सहयोग पु¥याउने भन्दै उहाँले पर्यटन क्षेत्र नै मुलुकको समृद्धि तथा रोजगारीको आधार भएको बताए । उनले गुणस्तरीय पर्यटन प्रवर्द्धनकै लागि नेपाल भ्रमण वर्ष–२०२० को आयोजना गरी २० लाख पर्यटक भित्र्याउने सरकारले अभियान चलाएकाले सबैले साथ र सहयोग गर्न आग्रहसमेत गरे ।

 

प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले आम नेपाली युवाको सपना नै यथार्थको बाटोका रुपमा एउटा उदाहरणका लागि स्काई वाक टावर रहेको उल्लेख गर्दै समृद्ध नेपालको राष्ट्रिय चाहनालाई पूरा गर्न उक्त कार्यले विशेष भूमिका निर्वाह गर्ने बताए । 

 

उनले टावर निर्माणले देश निर्माणको अभियानमा जुटेकालाई मार्गनिर्देश तथा आधार तयार गरेकोसमेत बताए । उनले स्काई वाक टावरले नेपालको अर्को परिचय नै थप हुने भएको समेत दाबी गरे ।


थप समाचार

सलमान खानको आगामी फिल्ममा रणदीप हुड्डा भिलेन

  • 30 minutes ago
सलमान खानको आगामी फिल्ममा रणदीप हुड्डा भिलेन

एजेन्सी । सलमान खानको आगामी फिल्ममा चर्चित अभिनेता रणदीप हुड्डा खलनायक चरित्रमा देखिने भएका छन् । हुड्डाले सलमानको ‘राधेः योर मोस्ट वान्टेड भाई’ फिल्ममा भिलेनको भूमिकाका लागि हस्ताक्षर गरेका हुन् ।

मोरङको हरैचामा सनराइज बैंकको शाखारहित बैंकिङ्ग सेवा

  • 40 minutes ago
मोरङको हरैचामा सनराइज बैंकको शाखारहित बैंकिङ्ग सेवा

काठमाडौँ । सनराइज बैंक लिमिटेडले बैंकिङ्ग सेवा नपुगेका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पुर्याउँदै जाने उद्देश्यका साथ मोरङको हरैचामा ४६औं शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ ।

दक्षिण भारतीय फिल्मका चर्चित अभिनेताहरु जो रियलमा नै दाजुभाई हुन्

  • 44 minutes ago
दक्षिण भारतीय फिल्मका चर्चित अभिनेताहरु जो रियलमा नै दाजुभाई हुन्

एजेन्सी । दक्षिण भारतीय फिल्ममा केही यस्ता अभिनेताहरु रहेका छन् जो रियलमा नै दाजुभाइ हुन् । उनीहरु आफ्नै फ्यानहरु रहेका छन् । चर्चित अभिनेता जुनियर एन्टिआर र कल्याण राम दाजुभाई हुन् ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

तौल घटाउन के खाने ?

तौल घटाउन के खाने ?

काठमाडौं । सौखिन जीवनशैली, असन्तुलित खानपान र व्यायामका लाथि पर्याप्त समय अभावजस्ता कुराले मानिसको तौल बढ्छ । आफ्नो जीवनशैली र खानपानमा ध्यान पुर्याउन सके प्राकृतिक तरिकाले नै मोटोपना हटाउन सकिन्छ ।

विचित्र विश्व

कार्यालय सहयोगीको लागि ९३ हजारले दिए आवेदन, तीमध्ये ३७०० जना पिएचडी उत्तिर्ण

कार्यालय सहयोगीको लागि ९३ हजारले दिए आवेदन, तीमध्ये ३७०० जना पिएचडी उत्तिर्ण

एजेन्सी । भारतमा बेरोजगारीको संख्या ह्वात्तै बढेको एक रिपोर्टले देखाएको छ । मोदी सरकार आएपछि रोजगारीका क्षेत्रमा भएको कामलाई लिएर सर्वत्र आलोचना हुन थालेको छ ।