IIMS College

ISMT

HUB Education

इजरायली आक्रमणमा दुई प्यालेस्टिनीको मृत्यु

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । इजरायलले गाजा क्षेत्रमा बुधबार बिहानै गरेको हवाई तथा क्षेप्यास्त्र आक्रमणमा दुई जना प्यालेस्टिनीको मृत्यु भएको छ । पछिल्लो समय इजरायली आक्रमणबाट मारिने प्यालेस्टिनीको संख्या १२ पुगेको छ ।

 

इजरायलले प्यालेस्टिनी विद्रोही समूह इस्लामिक जिहादका कमान्डर विरुद्ध मङ्गलबार बिहानदेखि हवाई तथा क्षेप्यास्त्र आक्रमण गरिरहेको छ । इस्लामिक जिहादले बुधबार मारिएका दुई व्यक्तिमध्ये एक जना आफ्ना सदस्य रहेको दाबी गरेको छ । 

 

इस्लामिक जिहाद समूहले प्यालेस्टिनी गाजा क्षेत्रबाट क्षेप्यास्त्र प्रहार गरेको भन्दै बुधबारदेखि जिहाद विरुद्ध कारबाही थालिएको इजरायली सेनाले जानकारी दिएको छ । जिहाद समूहले प्रयोग गरिरहेको रकेट प्रक्षेपण स्थललाई ध्वस्त पारिएको इजरायली सेनाले दाबी गरेको छ । 

 

इजरायली हवाई आक्रमणअघि गाजासँग सीमा जोडिएका इजरायली शहरहरु आश्केलोन र नेटिभोटमा हवाई साइरन बजाइएको थियो ।

 

इजरायलको क्षेप्यास्त्र आक्रमणबाट इस्लामिक जिहादका कमान्डर बाहा अबु अल–आटा मङ्गलबार मारिएसँगै गाजाबाट इजरायलतर्फ २०० भन्दा बढी क्षेप्यास्त्र प्रहार गरिएका थिए, तर ती आक्रमणबाट इजरायलतर्फ कुनै क्षति पुगेको छैन । 

 

गाजाबाट प्रहार गरिएका क्षेप्यास्त्रमध्ये झण्डै ९० प्रतिशतलाई आकाशमै नष्ट पारिएको इजरायली सेनाले बताएको छ ।


थप समाचार

२० वर्षीया अनिता वनको गोली हानी हत्या

  • 5 minutes ago
२० वर्षीया अनिता वनको गोली हानी हत्या

काठमाडौँ । जिल्लाको जोरायल गाउँपालिका–४ देउथलास्थित नङ्नी टोलकी २० वर्षीया अनिता वनको गोली हानी हत्या भएको छ ।

नेपाली आर्थर गन अमेरिकन आइडलको चम्किलो तारा, सहजै शीर्ष २० मा परे

  • 13 minutes ago
नेपाली आर्थर गन अमेरिकन आइडलको चम्किलो तारा, सहजै शीर्ष २० मा परे

एजेन्सी । दिवेश पोखरेल उर्फ आर्थर गनले अमेरिकन आइडलको शीर्षमा स्थान पक्का गरेका छन् । १८ औं संस्करणको शोमा नेपाली आर्थर गनले सहजै अन्तिम २० मा स्थान बनाएका हुन् ।

राउटेका मुखमा मास्क !

  • 13 minutes ago
राउटेका मुखमा मास्क !

काठमाडाैँ । जंगलमा फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदाय अहिले माक्स लगाउन थालेको छ । सुर्खेतको भेरीगंगा नगरपालिका २ स्थित छिञ्चुखोलामा बस्दै आएको सो समुदायका सबैले मास्क लगाउन थालेका छन् ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

किड्नी फेल गराउन सक्छ यस्तो बानीले

किड्नी फेल गराउन सक्छ यस्तो बानीले

एजेन्सी । नेपालमा किड्नी फेलका समस्या बढी रहेको छ । मानिसहरु प्राय सोझै चिकित्सहरुका जानेभन्दा पनि बढी मेडिकल स्टोरमा गएर औषधी प्रयोग गर्ने हुँदा विभिन्न समस्याहरु देखिने गरेको छ ।

विचित्र विश्व

के आजसम्म पनि यो गुफाभित्र रहेको छ रावणको शव ?

के आजसम्म पनि यो गुफाभित्र रहेको छ रावणको शव ?

एजेन्सी । रामायणसँग सम्बन्धित इतिहासको बारेमा जान्नु हरेक मानिसका लागि जिज्ञासा रहन्छ । भन्ने गरिन्छ की श्रीलंकामा आज पनि रामायणसँग जोडीएका यस्ता कैयौं स्थानहरु रहेका छन् जसको बारेमा हरेक मानिस जान्न चाहन्छन् ।