IIMS College

ISMT

HUB Education

इजरायलमा एक बर्षमा तेस्रो निर्वाचन टार्ने प्रयास अन्ततः विफल

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । महिनौको प्रयासपछि पनि इजरायलले एक बर्षमा तेस्रो पटक तेस्रो निर्वाचनलाई टार्न गरेका प्रयासहरू अन्ततः विफल भएका छन् । एकै बर्षमा तीन पटक निर्वाचन हुने संयोग यहूदी राज्य इजरायलको इतिहासमा पहिलो पटक हो ।

 

अप्रिल र सेप्टेम्बरमा भएका चुनावमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू तथा मध्यमार्गी प्रतिद्वन्द्वी बेन्नी गान्ट्ज कसैलाई पनि निर्वाचन गर्नको लागि स्पष्ट बहुमत नदिएपछि दुई प्रतिस्पर्धीलाई पछिल्लो निर्वाचनपछि संयुक्त सरकार बनाउन राष्ट्रपतिबाट गरिएको आग्रह पनि बुधबार राति सकिएको छ । 

 

निर्वाचनले एक वर्षमा सरकार गठन गर्न असमर्थ रहेका राजनीतिज्ञहरूप्रति गहिरो ध्रुवीकरण र असन्तुष्टि निम्त्याउने अनुमान राजनीतिक विश्लेषकहरूले गरेका छन् । 

 

अद्यापि नयाँ निर्वाचनमा प्रधानमन्त्री नेतन्याहू तथा उनका प्रतिस्पर्धी गान्ट्जबीच नै कसिलो र सरकार निर्माणका लागि सार्थक अबसर मिल्नेछ । कसले बाजी मार्ने हो हेर्न अझै डेड बर्ष पर्खिनु पर्नेछ ।

 

इजरायलमा व्यापक भ्रष्टाचार बढेको र यसमा प्रधानमन्त्री आफै र उहाँका सहयोगीसमेत मुछिएको आरोप प्रतिपक्षी दलहरूले लगाउने गरेका छन् ।

 

ती दुई व्यक्ति एकताको सरकार गठनको बारेमा बुधबार रातिसम्म पनि छलफल गरिरहेका थिए तर राति १२ः०० बजेपछि यहाँको कानूनअनुसार संसद् (नेसेट) स्वत भङ्ग भयो ।

 

“उनीहरूले हामी माथि नयाँ चुनाव गर्न बाध्य तुल्याए,“ नेतान्याहूले आफ्नो लिकुड पार्टीले गान्त्जको ‘ब्लु एण्ड ह्वाइट’ पार्टीलाई उल्लेख गर्दै एक भिडियोमा भने ।

 

निर्वाचनलाई पटक पटक गर्ने अवस्था नल्याउन कुनै एक दलले स्पष्ट बहुमत ल्याउनुको विकल्प छैन । जनताले पुनः एक पटक लिकुड पार्टीलाई विजय गराउनेछन् । 

 

इजरायलमा अब मार्चमा निर्वाचन हुनेछ । यद्यपि निर्वाचनका लागि मिति भने तोकिएको छैन ।

 

त्यस्तै गान्ट्जको ‘ब्लु एण्ड ह्वाइट’ पार्टी पक्षधर नेता तथा सांसदहरूले भनेका छन्, “इजरायलमा प्रधानमन्त्री नेतन्याहूको दलले निर्वाचन जितेमा देशले थप भ्रष्टाचारको सामना गर्नुुपर्नेछ । देशको अर्थब्यवस्था थप कमजोर बन्नेछ ।”

 

उनीहरूको आरोप छ, “इजरायली प्रधानमन्त्रीले आफूलाई राष्ट्रवादी नवनाउँदा र सधैँ विशेषाधिकारको खोजी गर्दा देशले पटक पटक निर्वाचनमा जानुपरेको छ ।”

 

इजरायलका जनताबीच पटकपटकका निर्वाचनपछि पनि देशको राजनीतिक सङ्कट कायम रहनु र निर्वाचनमा मात्रै तीन अर्ब ४० करोड अमेरिकी डलर खर्च हुनुपर्ने बाध्यतालाई लिएर नेताहरूप्रति वितृष्णा जागेको देखिन्छ ।

 

इजरायलको च्यानल १३ टिभीले लिएको सर्वेक्षणअनुसार ४३ प्रतिशत नागरिकले यो अन्योल सिर्जना हुनुमा दोषी प्रधानमन्त्री नेतन्याहू भएको पाइएको छ । पाँच प्रतिशतले नेता गान्ट्जलाई दोषी मानेका छन् । 


थप समाचार

अर्थविद् राणालाई पत्नीशोक

  • 18 minutes ago
अर्थविद् राणालाई पत्नीशोक

काठमाडौं, बरिष्ठ अर्थ्विद् तथा नेपाल राष्ट्र बैंकका प्रथम गर्भनर हिमालयशम्सेर जबरालाई पत्नीशोक परेको छ । उहाँकी धर्मपत्नी विजयालक्ष्मी राणाको आज दिउँसो १२ः४५ बजे थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएक

पत्रकारलाई तत्काल राहत प्याकेज घोषणा गर्न महासंघ उपत्यका प्रदेशको माग

  • 23 minutes ago
पत्रकारलाई तत्काल राहत प्याकेज घोषणा गर्न महासंघ उपत्यका प्रदेशको माग

नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिले कोरोना भाइरसको यस जोखिमपूर्ण समयमा देशभर कार्यरत सञ्चारकर्मीहरुको सुरक्षा र सुविधाका लागि विशेष पहल गर्न सरकारसंग माग गरेको छ ।

निशुल्क पिपिई उपलब्ध गराउँदै राष्ट्रिय आविष्कार केन्द्र

  • 25 minutes ago
निशुल्क पिपिई उपलब्ध गराउँदै राष्ट्रिय आविष्कार केन्द्र

काठमाडौँ । राष्ट्रिय आविष्कार केन्द्रले एम्बुलेन्स चालकहरूलाई निशुल्क पिपिई उपलब्ध गराउने भएको छ । केन्द्रका अध्यक्ष महावीर पुनले दिएको जानकारी अनुसार एम्बुलेन्स चालकहरूले पिपिई अभावमा बिरामी बोक्न न



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

किड्नी फेल गराउन सक्छ यस्तो बानीले

किड्नी फेल गराउन सक्छ यस्तो बानीले

एजेन्सी । नेपालमा किड्नी फेलका समस्या बढी रहेको छ । मानिसहरु प्राय सोझै चिकित्सहरुका जानेभन्दा पनि बढी मेडिकल स्टोरमा गएर औषधी प्रयोग गर्ने हुँदा विभिन्न समस्याहरु देखिने गरेको छ ।

विचित्र विश्व

के आजसम्म पनि यो गुफाभित्र रहेको छ रावणको शव ?

के आजसम्म पनि यो गुफाभित्र रहेको छ रावणको शव ?

एजेन्सी । रामायणसँग सम्बन्धित इतिहासको बारेमा जान्नु हरेक मानिसका लागि जिज्ञासा रहन्छ । भन्ने गरिन्छ की श्रीलंकामा आज पनि रामायणसँग जोडीएका यस्ता कैयौं स्थानहरु रहेका छन् जसको बारेमा हरेक मानिस जान्न चाहन्छन् ।