माइक्रो चालक र सहचालकले फ्लोरेसेन्ट ज्याकेट लगाउन थाले

  • आइतबार, २ मंसिर, २०७५
  • 3 weeks ago
  • नेपाल

काठमाडौं । काठमाडौं उपत्यकामा सञ्चालित माइक्रोबसका चालक तथा सहचालकले शनिबारदेखि अनिवार्यरुपमा फ्लोरेसेन्ट ज्याकेट लगाउनुपर्ने भएको छ । 

 

महानगरीय ट्राफिक प्रहरी महाशाखा, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ र यातायात मजदुरको संयुक्त आयोजनामा शनिबार न्यूरोड गेटबाट उक्त अभियानको निरन्तरता दिइएको हो । 

 

उपत्यकाका सबै रुटमा समेत रुट नम्बर र रुटको नामसमेत सवारी साधनमा राख्ने व्यवस्था शनिबारदेखि शुरु भएको छ । महाशाखाका तत्कालीन प्रहरी नायब महानिरीक्षक सर्वेन्द्र खनालको समयमा फ्लोरेसेन्ट ज्याकेट लगाउन शुरुआत गरे पनि प्राविधिक कारण सम्पूर्ण चालक र सहचालकले ज्याकेट लगाउन सकेका थिएनन् । महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्त अभियानले निरन्तरता पाएसँगै उपत्यकाभित्र दुर्घटना न्यूनीकरण हुने, चालक सहचालकमा अनुशासन कायम हुने र सवारी प्रयोगकर्ताले सहजै चालक र सहचालकको पहिचान गर्न सक्ने बताउँछन् । 

 

“चालक र सहचालकलाई ज्याकेट लगाएसँगै आचरण र व्यवहारमा परिवर्तन हुने र यात्रु र चालक सहचालकको सम्बन्धमा सुधार हुने विश्वास लिएका छौँ”, उनले भने । ठूला सवारी साधनका चालक तथा सहचालकलाई समेत क्रमशः ज्याकेट लगाउने व्यवस्था गर्ने उनले बताए । 

 

महासङ्घका महासचिव सरोज सिटौला ज्याकेटले चालकको पहिचान, रातिको समयमा चम्किलो देखिने र चालकका बारेमा सेवाग्राहीलाई केही गुनासो भए उजुरी गर्नसमेत सजिलो हुने बताउँछन् । “अभियानले चालक र सहचालकलाई मर्यादित र अनुशासन कायम गर्न मद्दत पुग्ने हुँदा अभियानको कार्यान्वयनका लागि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ लाग्नेछ”, उनले भने । 

 

सोहीअनुसार हाल उपत्यकाका सम्पूर्ण ट्याक्सी चालकले प्लोरोसेन्ट ज्याकेट लगाउँदै आएका छन् । हाल काठमाडौँ उपत्यकाका १५ रुटमा एक हजार हाराहारीमा माइक्रोबस सञ्चालनमा रहेका छन् । 

 


थप समाचार

बेलायती प्रधानमन्त्रीले जितिन् पार्टीमा विश्वासको मत

  • 7 minutes ago
बेलायती प्रधानमन्त्रीले जितिन् पार्टीमा विश्वासको मत

लण्डन । बेलायतको सत्तारुढ कञ्जरभेटिभ पार्टीमा प्रधानमन्त्री टेरेसा मेले विश्वासको मत सुरक्षित गरेकी छन् । भर्खरै सार्वजनिक नतिजाअनुसार कञ्जरभेटिभ पार्टीका कुल ३ सय १७ सांसदमध्ये २ सय जना सांसदको मत प्

नेप्लिज अस्ट्रेलियन एसोसिएसनको अध्यक्षमा डा मधु पुडासैनी निर्वाचित

  • 8 hours ago
नेप्लिज अस्ट्रेलियन एसोसिएसनको अध्यक्षमा डा मधु पुडासैनी निर्वाचित

सिड्नी । अस्ट्रेलियामा नेपाली समुदायको सबैभन्दा पुरानो संस्था नेप्लिज अस्ट्रेलियन एसोसियसन ९एन ए ए ० को ४२ औ बार्षिक साधारण सभाले नयाँ कार्यसमिति चयन गरेको छ । ८ डिसेम्वर शनिवार कोग्राको सेन्ज जर्ज कम

नेप्लिज अस्ट्रेलियन एसोसिएसनको अध्यक्षमा डा मधु पुडासैनी निर्वाचित

  • 9 hours ago
नेप्लिज अस्ट्रेलियन एसोसिएसनको अध्यक्षमा डा मधु पुडासैनी निर्वाचित

सिड्नी । अस्ट्रेलियामा नेपाली समुदायको सबैभन्दा पुरानो संस्था नेप्लिज अस्ट्रेलियन एसोसियसन (एन ए ए ) को ४२ औ बार्षिक साधारण सभाले नयाँ कार्यसमिति चयन गरेको छ । ८ डिसेम्वर शनिवार कोग्राको सेन्ज जर्ज कम



प्रेम र यौन

महिनावारीको बेलामा यौन सम्पर्क गर्न हुन्छ कि हुँदैन ?

महिनावारीको बेलामा यौन सम्पर्क गर्न हुन्छ कि हुँदैन ?

एजेन्सी । महिनावारी भएको बेला यौन सम्पर्क गर्न हुन्छ ? या हुँदैन यो प्रश्नले धेरै जोडीहरुले सोध्ने गरेका छन् । यस्तो बेला यौन सम्पर्क गर्ने कुरा इच्छामा भर पर्छ । तर, हाम्रो समाजको चलनचल्तीको कुरा गर्ने हो भने महिनावारीको बेला सम्पर्क गर्नुलाई राम्रो मानिँदैन ।

जीवनशैली/स्वास्थ्य

बिहान दुध खानु शरीरका लागि रोग निम्त्याउनु जस्तै हो ?

बिहान दुध खानु शरीरका लागि रोग निम्त्याउनु जस्तै हो ?

काठमाडौं । दुध पिउदा शरीरमा ऊर्जा प्राप्त हुन्छ । खाएको खानेकुरा खाँदा पचेमा त्यसले फाइदा गर्छ । तसर्थ दुध हाम्रो भोजनको महत्वपूर्ण अंश हो । विशेष गरी शाकाहारीका लागि नभई नहुने पोषण हो ।

विचित्र विश्व

जब यी टपरले यस्तो निर्णय लिए...

जब यी टपरले यस्तो निर्णय लिए...

एजेन्सी–आजको जमानामा अधिकांश पैसाको पछाडि भागिरहेका छन् । जोसँग हजार छ उनीहरु लाखको पछाडि, जोसँग लाख छ उनीहरु करोडको पछाडि र जोसँग करोडौ रुपैयाँ छ उनीहरु पनि सन्तुष्ट रहेका छैनन् ।