कोलबर्न टाउनमा मेयर बने डा शर्मा

  • मंगलबार, ७ जेष्ठ, २०७६
  • 1 month ago
  • युके
Education Park

 

लण्डन । नर्थ योर्कशायरको कोलबर्न टाउन काउन्सिलको मेयरमा डा जगन्नाथ शर्मा निर्वाचित भएका छन् । 

 

मेको पहिलो साता सम्पन्न स्थानीय निर्वाचनमा काउन्सिलर निर्वाचित डा शर्मा सोमबार मेयरका लागि भएको निर्वाचनमा विजयी भएका हुन् । काउन्सिरहरुमाझ गराइएको मतदानमा उनले दुई तिहाई मत प्राप्त गर्दै जित हासिल गरे । 

 

बेलायतमा कुनै पनि काउन्सिलमा मेयर निर्वाचित हुने शर्मा नेपाली समुदायबाट दोस्रो हुन् । यसअघि सन् २०१६ मा स्वान्ली टाउन काउन्सिलमा गुल्मीका शंकर गैरे पहिलोपटक नेपाली मूलका मेयर निर्वाचित भएका थिए । तर उनले काम गर्न आफुलाई असहयोग भएको गुनासो गर्दै बीचमै राजिनामा गरेका थिए । 

 

कोलबर्न टाउन काउन्सिलमा सन् २०१३ देखि नै शर्मा काउन्सिलर रहंदै आएका छन् । उनले १ वर्ष उपमेयरको रुपमा समेत काम गरेका थिए । त्यसअघि सन् २००७ मा नर्थ योर्कशायरकै स्कटनमा उनी स्वतन्त्र रुपमा काउन्सिलरमा निर्वाचित भएका थिए । 

 

सन् २००१ देखि बेलायत बस्दै आएका डा शमाको घर्र पर्वत बिहादी रानीपानी हो । स्पोर्टस् मेडिसिनमा विद्यावारिधी पूरा गरेका उनी बेलायती सेनाको मेडिकल सेन्टरमा कार्यरत छन् ।  

 

कोलबर्न टाउन काउन्सिलमा कुनै पनि अल्पसंख्यक समुदायबाट मेयर निर्वाचित हुने शर्मा नै पहिलो बनेका छन्  । 

 

१ वर्षे कार्यकालका क्रममा आफ्नो क्षेत्रका सबै समुदायहरुबीचको सद्भाव बढाउने, हाई स्किल्ड कामहरु सिर्जना गर्ने , जनताका विकाससम्बन्धी आवश्यकता सम्बोधन गर्ने, बेलायत र नेपालबीचमा जनस्तरको सम्बन्ध विस्तार गराउने लगायतका कार्य प्राथमिकताका साथ गर्ने उनको योजना छ   । 

 

 


थप समाचार

सयको नोटमा जथाभावी छाप हान्ने यी वडा अध्यक्षलाई कसले गर्ने कारबाही ?

  • 45 seconds ago
सयको नोटमा जथाभावी छाप हान्ने यी वडा अध्यक्षलाई कसले गर्ने कारबाही ?

काठमाडौँ । कागजी नोट मानिसले विनिमयको साधनको रुपमा प्रयोग गर्ने सबैभन्दा प्रचलित आविष्कार हो । व्यक्तिको दैनिक जीवनमा अत्यन्तै प्रयोग हुने यस्ता ‘नोट’ सफा हुनुपर्छ भन्ने मान्यता छ ।

अनियन्त्रित विमान भवनमा ठोक्किएपछि...

  • 4 minutes ago
अनियन्त्रित विमान भवनमा ठोक्किएपछि...

मस्को । रुसको साइबेरियामा बिहीबार अवतरणका क्रममा अनियन्त्रित भएको एउटा सानो यात्रुबाहक विमान बिमानस्थल नजिकैको भवनमा ठोक्किएर दुर्घटनाग्रस्त हुँदा चालक दलका दुई जनाको मृत्यु भएको छ ।

उत्तरपश्चिम नाइजेरियामा २२ किसानको हत्या

  • 8 minutes ago
उत्तरपश्चिम नाइजेरियामा २२ किसानको हत्या

अबुजा । नाइजेरियाको उत्तरपूर्वी राज्य बोर्नोमा आतङ्ककारी समूह बोको हरामले गरेको आक्रमणमा परी २२ जना किसानको मृत्यु भएको प्रहरीले जनाएको छ ।



प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

यस्ता छन् नसा च्यापिने कारण, रोकथाम र उपचार...

यस्ता छन् नसा च्यापिने कारण, रोकथाम र उपचार...

– हाम्रो शरीरमा प्रत्येक हड्डीका बीचमा एक प्रकारको तरल पदार्थ रहने गर्छ, जसलाई डिस्क भनिन्छ । उक्त डिस्क विभिन्न कारणले बाहिर निस्केर नसालाई चाप्ने गर्छ ।

विचित्र विश्व

अनियन्त्रित विमान भवनमा ठोक्किएपछि...

अनियन्त्रित विमान भवनमा ठोक्किएपछि...

मस्को । रुसको साइबेरियामा बिहीबार अवतरणका क्रममा अनियन्त्रित भएको एउटा सानो यात्रुबाहक विमान बिमानस्थल नजिकैको भवनमा ठोक्किएर दुर्घटनाग्रस्त हुँदा चालक दलका दुई जनाको मृत्यु भएको छ ।