IIMS College

ISMT

HUB Education

जगतगुरू महयोगी सिद्दबाबा अस्ट्रेलिया आउने

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

अस्ट्रेलिया । नेपालका जगतगुरू महयोगी सिद्दबाबा कृष्णदासजी महाराज अस्ट्रेलिया आउने भएका छन । पटक पटक जमिनमुनि ९ दिनसम्म बिना अक्सिजन भु-समाधि लिएर विश्वलाइ नै आश्चार्यचकित बनाएका जगतगुरू कृष्णदास नेप्लीज हन्दु समाज अस्ट्रेलियाको विशेष अग्रहमा यहाँ आउन लागेका हुन् ।

 

नेप्लीज हिन्दु समाजले अस्ट्रेलियाको सिड्नीमा एकसाथ गर्न लागेको पाँचवटा कार्यक्रमको प्रमुख आकर्षण जगद्गुरु हुने आयोजक संस्थाका कोषाध्यक्ष पन्डित प्रकाश ढोडारीले जनाएका छन् ।

 

नेप्लीज हन्दु समाज अस्ट्रेलियाले आगामी जुलाइ ८ देखि १४ सम्म सिद्दमहायोग ध्यान साधना,  श्रीमदभागवत ज्ञानमहायज्ञ, पितृमोक्ष यज्ञ, बटुकहरुको सामुहिक ब्रतबन्ध र कन्याहरुलाइ सामुहिक गुन्यु चोली प्रदान गर्ने कार्यक्रम गर्न लागेको पन्डित ढोडारीले जनाए । सिद्दमहायोग ध्यान साधना जगद्गुरु स्वयं र उनीसँग आउने सिद्दमहायोग आध्यात्मिक प्रतिष्ठानको समुहले संचालन गर्नेछ भने श्रीमदभागवत ज्ञानमहायज्ञ बाचनको लागि नेपालका चर्चित युवा वाचक पन्डित कुबेर सुबेदी आँउदैछन जस्ले यसभन्दा अगाडि पनि अस्ट्रेलियामा पुराण बाचन गरिसकेका छन् ।

 

पन्डित ढोडारीका अनुसार जुलाइ १३ मा कन्याहरुलाइ सामुहिक गुन्युचोली प्रदान गरिने कार्यक्रम राखिएको छ । सोही दिन पितृमोक्ष यज्ञको पनि आयोजना हुनेछ । उनका अनुसार कन्याहरुलाइ सामुहिक गुन्युचोली प्रदान गरिने कार्यक्रम एबम् पितृमोक्ष यज्ञ अस्ट्रेलियामै पहिलो पटक हुन लागेको हो । 

 

जुलाइ १४ मा  श्रीमदभागवत ज्ञानमहायज्ञको साँगे हुनका साथै बटुकहरुको सामुहिक ब्रतबन्धको कार्यक्रम पनि आयेजना हुनेछ । कार्यक्रमको समापन जगद्गुरुबाट हुने जनाइएको छ । आयोजकले अस्ट्रेलियाभर रहेका हिन्दु अनुयायीहरुलाइ बिरलै हुने सो कार्यक्रममा उपश्थित हुन आग्रह गरीएको जनाएका छन् । कन्याहरुलाइ सामुहिक गुन्युचोली प्रदान र बटुकहरुको सामुहिक ब्रतबन्ध कार्यक्रममा सिट सिमित भएकोले समयमै आफ्नो नाम दर्ता गर्नुपर्ने आयोजक संस्थाकी अध्यक्ष प्रन्चना शर्माले जनाइन् । 

 

त्यसैगरी नेप्लीज हिन्दु समाजकै समन्वय र अस्ट्रेलियाको एडिलेडमा रहेका नेपालीहरुको आयोजनामा एडिलेडमा पनि जुलाइ २ देखि जुलाइ ७ सम्म सिद्दमहायोग ध्यान साधना कार्यक्रम हुने र त्यसका लागि जगद्गुरु जुलाइ १ मा एडिलेड पुग्ने सो कार्यक्रमको नेपालमा संयोजन गरीरहेका सिद्दमहायोग आध्यात्मिक प्रतिष्ठानका महासचिब अधिवक्ता सरोज गिरीले जानकारी दिए । गिरीका अनुसार एडिलेडमा हुने कार्यक्रमको स्थानीय संयोजन हरी प्रसाद ढुङ्गेलले गर्नेछन् । 

 

एडिलेड र सिड्नीमा हुने सम्पुर्ण कार्यक्रमको ॐकार टेलिभिजन नेपालले प्रत्यक्ष प्रसारण समेत गर्ने जनाइएको छ । नेपालभन्दा बाहिर हिन्दु संस्कार र संस्कृतिको संरक्षणका लागि गरीने कुनैपनि कार्यक्रम भन्दा यो बिशेष र ऐतिहासिक महत्वको लागेकोले स्वयं आफै उपश्थित भएर प्रत्यक्ष प्रसारण गर्न लागेको ॐकार टेलिभिजन नेपालका अध्यक्ष तथा धार्मिक अभियन्ता मुकुन्द शर्मा ॐकार ध्वनीले बताए । 

 

यसअघि नेपाल, भारत, थाइल्यान्ड, क्यानडा, बेलायत, अमेरिका, दुबइ, चिन आदि देशहरुमा सिद्दमहायोग ध्यान साधना सम्पन्न भइसकेको र हाल तिं देशहरुमा महायोग साधना केन्द्र समेत संचालनमा रहेको र यो वर्ष अष्ट्रलियामा महायोग साधना केन्द्र खोल्न लागेकोले सो केन्द्रको उद्घाटन समेत जगद्गुरु महयोगी सिद्दबाबा कृष्णदासजी महाराजबाट हुने कार्यक्रमका नेपाल संयोजक अधिबक्ता गिरीले जानकारी दिएका छन् । 

 

 

 


थप समाचार

संविधान दिवसमा कुन आकारको झण्डा कहाँ र कसरी प्रयोग गर्ने ?

  • 7 hours ago
संविधान दिवसमा कुन आकारको झण्डा कहाँ र कसरी प्रयोग गर्ने ?

काठमाडौँ । विश्वमै आफ्नो छुट्टै पहिचान बोकेको नेपालीको शान राष्ट्रिय झण्डा विगतका सरकारी कार्यालय र सरकारी प्रयोजनमा राखिन्थ्यो ।

पुरुषका लागि दुर्भाग्यका केही संकेतहरु !

  • 7 hours ago
पुरुषका लागि दुर्भाग्यका केही संकेतहरु !

एजेन्सी । चाणक्य नीतिका अनुसार पुरुषका लागि दुर्भाग्यका केही संकेतहरु रहेका छन् ।

व्यक्तिगत लगानीमा दुईवटा पुल निर्माण

  • 7 hours ago
व्यक्तिगत लगानीमा दुईवटा पुल निर्माण

ओखलढुङ्गा । ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका–५ का स्थानीय समाजसेवी आङ पासाङ शेर्पाले आफ्नो व्यक्तिगत लगानीमा दुईवटा पुल निर्माण गरेका छन् ।



प्रेम र यौन

सेक्स गर्दा नै निकाे हुन्छन् केही राेगहरू

सेक्स गर्दा नै निकाे हुन्छन् केही राेगहरू

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजी र गोप्य राख्न चाहान्छन् ।

जीवनशैली/स्वास्थ्य

आकस्मिक गर्भनिरोधका लागि यी चार उपाय अपनाउनुहोस्

आकस्मिक गर्भनिरोधका लागि यी चार उपाय अपनाउनुहोस्

एजेन्सी । पछिल्लो समय अविवाहित महिलाहरु पनि गर्भवती हुने संख्या दिनप्रति दिन बढिरहेको छ । कोही गर्भनिरोधका लागि अस्थायी साधन प्रयोग गर्छन् त कति यसबारे जानकार नै हुँदैनन् अन्ततः गर्भपतन गराउने गर्दछन् ।