मानव बेचबिखनमा दाेषी ठहर गर्दै बीस वर्ष जेल सजायँ

सांकेतिक तस्वीर

नुवाकोट । युवतीलाई ललाइफकाइ भारतमा बिक्री गरेको कसुरमा दोषी ठहर गर्दै एक जनालाई अदालतले २० वर्ष कैद सजायको फैसला सुनाएको छ । 

 

दुप्चेश्वर गाउँपालिका–३ राउतबेंसीका २८ वर्षीय कृष्णबहादुर तामाङलाई न्यायाधीश ऋषिकेश वाग्लेको एकल इजलासले दोषी ठहर गर्दै सो फैसला गरेको हो । 

 

अठार वर्षीया युवतीलाई अभियुक्त तामाङले चार वर्षअघि भारत लगेर बिक्री गरेको प्रहरीले जनाएको छ । वि.सं. २०७१ कात्तिक १९ गते हराएकी युवतीका परिवारले जिल्ला प्रहरी कार्यालयमा आरोपी तामाङविरुद्ध उजुरी दिएका थिए । 

 

फरार रहेका आरोपी तामाङलाई काठमाडौँबाट २०७३ मङ्सिर १७ गते गिरफ्तार गरी नुवाकोट ल्याएर अनुसन्धान प्रहरीले थालेको थियो । 

 

पीडित युवतीलाई भारतीय प्रहरीले उद्धार गरी वि.सं. २०७३ मा नेपाल फर्काएको प्रहरीले जनाएको छ । 


थप समाचार

विदेश जाने सोचमा हुनुहुन्छ, थाहापाउनुहोस् विश्वकै सबैभन्दा खतरनाक सहरहरुबारे

  • 4 minutes ago
विदेश जाने सोचमा हुनुहुन्छ, थाहापाउनुहोस् विश्वकै सबैभन्दा खतरनाक सहरहरुबारे

एजेन्सी । मेक्सिकोको लस क्यावस सहर विश्वकै असुरक्षित सहरका रुपमा परिचीत रहेको छ ।

नेपालमा ८.५ रेक्टर स्केलको भुकम्प जानसक्ने सम्भावनाः अनुसन्धानकर्ता

  • 28 minutes ago
नेपालमा ८.५ रेक्टर स्केलको भुकम्प जानसक्ने सम्भावनाः अनुसन्धानकर्ता

एजेन्सी । हिमालय क्षेत्रमा शक्तिशाली भुकम्प जाने प्रवल सम्भावना रहेको भारतीय वैज्ञानिकहरुले बताएका छन् ।

राष्ट्रपति चीन प्रस्थान गर्न लाग्दा उपत्यकाको सवारी आवागमन प्रभावित

  • 51 minutes ago
राष्ट्रपति चीन प्रस्थान गर्न लाग्दा उपत्यकाको सवारी आवागमन प्रभावित

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी एकसाता लामो भ्रमणका लागि आज चीन प्रस्थान गर्नै लाग्दा केहीबेर काठमाडौँ उपत्यकाको सवारी आवागमन प्रभावित हुने भएको छ । ‘बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

अनुहारमा बरफ दल्नुका फाइदा

अनुहारमा बरफ दल्नुका फाइदा

गर्मी याममा अनुहारमा चमक ल्याउन आइस प्रयोग गर्न सकिन्छ । प्राकृतिक चमक पाउन अनुहारमा नियमित बरफ दल्नुपर्छ ।