नवलपुरमा कारागार नहुँदा चितवनमा कैदीबन्दीको चाप

  • शनिबार, २३ भदौ, २०७५
  • 4 months ago
  • नेपाल

चितवन ।  छिमेकी जिल्ला नवलपुर (पूर्वी नवलपरासी) मा अदालत र प्रशासन भएर पनि कारागार नहुँदा चितवनमा कैदीबन्दीको चाप बढेको छ । नवलपुरबाट पुर्पक्ष र कैद भुक्तानका लागि कैदीबन्दी यहाँ पठाउने गरिएको छ । 

 

क्यान्सर रोगलगायत अन्य रोगको उपचार सहज भएका कारण अन्य जिल्लाबाट समेत कैदीबन्दीको उपचार गराउन यहाँ पठाउने गरिन्छ । ती कैदीबन्दीको चाप झेलिरहेको कारागारले छिमेकी जिल्लाको भारसमेत थेग्नुपरेकाले चाप बढेको हो । 

 

जिल्ला कारागार चितवनका सूचना अधिकारी रामबाबु श्रेष्ठका अनुसार नवलपुरबाट हालसम्म ७५ जना कैदीबन्दी यहाँ पठाइएका छन् । नवलपुरमा गत वर्षको माघ १८ गतेबाट कैदीबन्दी पठाउन थालिएको हो । 

 

श्रेष्ठका अनुसार कारागारको क्षमता २५५ रहेको छ । हाल कारागारमा ६२५ कैदीबन्दी रहेका छन् । जसमध्ये एक आश्रित बच्चा, ५९ महिला र अन्य पुरुष रहेका छन् । क्षमताभन्दा अत्यधिक बढी कैदीबन्दी भएपछि समय समयमा अन्य कारागारमा स्थानान्तरण गर्ने गरिएको छ । 

 

कैदीबन्दी क्षमताभन्दा बढी भएपछि साउनयता ४८ लाई विभिन्न कारागारमा स्थानान्तरण गरिएको हो । २० लाई भीमफेदी, १७ लाई वीरगञ्ज, चारलाई धादिङ र सातलाई रुपन्देही बालसुधार गृहमा स्थानान्तरण गरिएको छ । फौजदारी संहिताअनुसार १८ वर्षमुनिका कैदीबन्दीलाई सुधारगृहमा राख्नुपर्ने हुन्छ । 

 

कारागारका प्रमुख कमलप्रसाद काफ्लेका अनुसार नवलपरासी जिल्ला दुईवटा बनेपछि दाउन्ने पूर्व अदालत भएर पनि कारागार छैन । त्यहाँ फैसला गरिएका कैदीबन्दीलाई यहाँ ल्याउने गरिएको छ ।

 

 कारागारमा हाल क्यान्सरका तीन जना, उच्च रक्तचापका ३६ जना, मधुमेहका २० जना, हेपटाइटिस बी का एक जना, हेपटाइटिस सी का एक जना, चर्मरोगका १५० र थाइराइडका दुई जना बिरामी छन् । 

 

क्षमताभन्दा बढी कैदीबन्दी भएपछि सरुवा रोग फैलिने गरेको छ । हाल कैदीबन्दीमध्ये २५ लाई भाइरल ज्वरोको सङ्क्रमण रहेको छ । 

 


थप समाचार

बेक्स्ली नेपाली कम्युनिटीले पहिलोपटक मनायो ल्होछार

  • 4 hours ago
बेक्स्ली नेपाली कम्युनिटीले पहिलोपटक मनायो ल्होछार

बेक्स्ली, केन्ट । बेक्स्ली नेपाली कम्युनिटी यूकेले यस वर्ष पहिलोपटक एक कार्यक्रमसहित ल्होछार मनाएको छ ।

उपत्यकाका अत्यावश्यक स्थानमा ट्राफिक लाइट राख्ने प्रक्रिया शुरु

  • 9 hours ago
उपत्यकाका अत्यावश्यक स्थानमा ट्राफिक लाइट राख्ने प्रक्रिया शुरु

काठमाडौँ । सरकारले काठमाडौँ उपत्यकाका अत्यावश्यक क्षेत्रमा ट्राफिक लाइट राख्ने प्रक्रिया अगाडि बढाएको छ ।

काङ्ग्रेसले डा केसीलाई बोकेर मात्र हुँदैन: भट्टराई

  • 9 hours ago
काङ्ग्रेसले डा केसीलाई बोकेर मात्र हुँदैन: भट्टराई

बनियानी । नेपाल कम्युनिष्ट पार्टी -नेकपा-का नेता एवं संसद्को शिक्षा तथा स्वास्थ्य समितिका सदस्य योगेश भट्टराईले सरकारले अनशनरत डा गोविन्द केसीको जीवन रक्षा गर्ने बताएका छन् ।



जीवनशैली/स्वास्थ्य

आँखामा यौन रोगको ओखती !

आँखामा यौन रोगको ओखती !

काठमाडौं । पुरुषको लिङ्ग उत्तेजित नहुने समस्या (इरेक्टाइल डिफङ्शन) को उपचारमा प्रयोग गरिने क्रिम हो, ‘भिटारोस’ । अनि आँखा सुख्खा हुन्दा प्रयोग गरिने मलम हो ‘भिटा-पोस’ ।