Techie IT
२०८१ वैशाख ४, मंगलबार
NepaliPatra logo
गृहपृष्ठअर्थनेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि


काठमाडाैँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले उकालो लागेको छ । चालु आर्थिक वर्षको अन्तिम कारोबार सकारात्मक रहेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२ दशमलव १६ अङ्कले उकालो लागेर दुई हजार ९७ दशमलव शून्य नौ मा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ९० अङ्कले उकालो लागेर तीन सय ९४ दशमलव १५ मा पुगेको छ ।

कारोबार भएका कूल १३ उपसमूहमध्ये पाँच उपसमूहको शेयर मूल्य ओरालो लाग्दा आठ उपसमूहको शेयर मूल्यमा भने बढोत्तरी भएको छ । कूल ७१ लाख ८४ हजार दुई सय ५४ कित्ता शेयर रू दुई अर्ब ३७ ६४ लाख २७ हजार पाँच सय ७३ बराबरको कारोबार भएको छ ।

कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको रू १९ करोड १३ लाख ११ हजार तीन सय ७२ बराबरको कारोबार भएको छ । हिमालयन लाइफ इन्स्योरेन्स रू १ करोड ६९ लाख ४५ हजार, माउण्टेन इनर्जी नेपाल रू नौ करोड ८४ लाख ९१ हजार नौ सय ८०, हिमालयन एभरेष्ट इन्स्योरेन्स रू सात करोड ६२ लाख ७४ हजार आठ सय पाँच र एशियन लाइफ इन्स्योरेन्स रू सात करोड ५९ लाख ९८ हजार आठ सय ८१ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार, सनराइज फोकस्ड इक्विटी फण्ड १०, एनआइविएल नौ दशमलव ९२, सानिमा ग्रोथ फण्ड नौ दशमलब ९०, सिटिजन म्युचुअल फण्ड नौ दशमलव ८३ र माछापुच्छ्रे« बैंकको ऋणपत्रका लगानीकर्ताले नौ दशमलव ४१ प्रतिशतले कमाएका छन् ।

यस्तै, लिवर्टी इनर्जी पाँच दशमलव ९६, मकर जितुमाया सुरी हाइड्रोपावर पाँच दशमलव ८३, मञ्जुश्री फाइनान्स तीन दशमलव ९४, हिमालयन हाइड्रोपावर तीन दशमलव ८६ र कर्पोरेट डेभलपमेन्ट बैंकका शेयरधनीले तीन दशमलव ७१ प्रतिशतले गुमाएका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

सुन तोलाकै एक लाख ३९ हजार नाघ्यो

काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा एक हजार

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले सोमबार रातिबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर तीन रुपैयाँले वृद्धि गरेको

लगानी सम्मेलनको दुईदिने कार्यतालिका सार्वजनिक

काठमाडौँ । यहि वैशाख १६ र १७ गते (अप्रिल २८ र २९) काठमाडौँमा आयोजना हुन लागेको तेस्रो लगानी सम्मेलनको दुई

अर्थमन्त्री पुन अमेरिका प्रस्थान

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अमेरिका प्रस्थान गरेका छन्। विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वसन्तकालीन बैठकमा सहभागी हुन

ग्लोबल आइएमई बैंकको ‘पैसा आउने, थपेर पाउने’ अफर सार्वजनिक

काठमाडौँ । ग्लोबल आइएमई बैंकले ग्लोबल रेमिटमार्फत पैसा पठाउँदा ५०० रुपैयाँसम्म क्यासब्याक पाइने अफर ल्याएको छ । ‘पैसा आउने, थपेर

गोरेटोको ब्रान्ड एम्बास्डर बनेसँगै सचेतनामुलक विज्ञापन खेले राजेश हमालले

काठमाडौँ । अभिनेता राजेश हमाल पछिल्ला दिनमा देश विदेशमा हुने विभिन्न कार्यक्रम तथा म्यूजिक भिडियो र विज्ञापनहरुमा व्यस्त छन् ।

Techie IT