गृहपृष्ठ ∕
राजनीति ∕
नेपाली कांग्रेस संसदीय पद्धतिको हिमायती पार्टी होः रमेश लेखक नेपाली कांग्रेस संसदीय पद्धतिको हिमायती पार्टी होः रमेश लेखक
काठमाडौँ। नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतक रमेश लेखकले कांग्रेस संसदीय व्यवस्थाको हिमायती पार्टी भएको बताएका छन्। बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै प्रमुख सचेतक लेखकले नेपाली कांग्रेस संसदीय पद्धतिमा पूर्ण विश्वास गर्ने बताएका हुन्।
‘लोकतान्त्रिक व्यवस्थाका सबै आधारभूत तत्वहरूलाई अंगिकार गरेका छौं। गणतन्त्रात्मक शासन पद्धतिमा गएका छौं। संसदीय शासन प्रणाली हो भनेका छौं,’ लेखकले भने, ‘संसदीय शासन प्रणालीको मियो संसद् हो। यसैले संसदको प्रभावकारीता आवश्यक छ।’
संसद प्रभावकारी भए यो प्रणाली प्रभावकारी हुने उनले जिकिर गरे। उनले संसद कमजोर भयो भने व्यवस्थाको प्रभावकारिता कमजोर हुने बताए। त्यसैले संसदलाई प्रभावकारी बनाउनुपर्ने बताए। सरकारलाई सदनप्रति उत्तरदायित्व बनाउने काम पनि संसदकै भएको उनको भनाइ छ।
कांग्रेस सांसद लेखकले संविधानमा परिकल्पना गरेअनुसार बाटोमा मुलुकलाई अगाडि लैजान सकिने औंल्याए।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रवि लामिछानेले नेपाली कांग्रेस प्रतिपक्षमा पुगेपछि बर्बराउन थालेको आरोप लगाएका छन् ।
काठमाडौँ । संखुवासभामा निर्माण हुने १ हजार ६३ मेगावाटको माथिल्लो अरुण अर्धजलाशययुक्त जलविद्युत् आयोजनामा वित्तीय व्यवस्थापन विषयमा सैद्धान्तिक सहमति जुटेको
काठमाडौँ । कोशी प्रदेश सभामाको बैठकबाट नेकपा एमालेसहित विपक्षी गठबन्धनले पेस गरेको संकल्प प्रस्ताव बहुमतले पारित भएको छ । ध्वनी
काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले वर्तमान सत्ता गठबन्धन अविश्वासको बोझले छिटै पतन हुने बताएका छन् । शुक्रबार
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)बाट समानुपातिक सांसद बनेकी हसिना खानले प्रतिनिधि सभा सदस्यको पद तथा गोपनीयताको शपथ लिएकी छन्
काठमाडाैँ । एसीसी प्रिमियर कप क्रिकेटकाे सेमिफाइनलमा नेपाल यूएईसँग पराजित भएकाे छ । आज भएकाे खेलमा यूएईले नेपाललाई ६ विकेटले