IIMS College

ISMT

HUB Education

एक ४७ वर्षीय लिबियालीलाई अमेरिकामा १९ वर्षको जेल सजाय

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । सन् २०१२ मा लिबियाको बेंगाजीस्थित अमेरिकी नियोगमा आक्रमण गरेको आरोपमा पक्राउ परेका एक ४७ वर्षीय लिबियालीलाई अमेरिकामा १९ वर्षको जेल सजाय दिइएको छ । 

 

अमेरिकी विशेष फौजले ४७ वर्षीय मुस्तफा अल–इमामलाई लिबियाबाट पक्राउ गरी अमेरिकामा मुद्दा चलाएको थियो । मुस्तफामाथि आतंकवाद र अन्य अपराधमा दोषी ठहर गरिएको थियो । अमेरिकी जिल्ला न्यायालयले मुस्तफालाई १९ वर्ष ६ महिनाको जेल सजाय तोकेको छ ।

 

लिबियाको बेंगाजीस्थित अमेरिकी नियोग र सिआइएको परिसरमा सेप्टेम्बर ११, २०१२ मा भएको आक्रमणमा अमेरिकी राजदूत क्रिस स्टिभेन्स र अरु तीन जना अमेरिकी मारिएका थिए । 

 

अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले अमेरिकी नागरिकमाथि जघन्य अपराधमा संलग्न जोकोहीमाथि कडा सजाय गर्न अमेरिका प्रतिबद्ध रहेको प्रतिक्रिया दिए ।

 

इमामलाई अमेरिकी विशेष फौजले अक्टोबर २०१७ मा लिबियामा गिरफ्तार गरी अमेरिका ल्याएको थियो । बेंगाजी आक्रमणका अर्का दोषी अहमद अबु खट्टालालाई पनि अमेरिकामा मुद्दा चलाई २२ वर्षको जेल सजायमा थुनिएको छ । 

 

राजदूत स्टिभेन्सको मृत्युले अमेरिकी राजनीतिमै निकै ठूलो तरङ्ग ल्याएको थियो । तत्कालीन अमेरिकी विदेश मन्त्री हिलारी क्लिन्टनमाथि लिबिया मामिलामा पर्याप्त सावधानी अपनाउन नसकेको भन्दै तीव्र आलोचना भएको थियो । तर उहाँले आफूले कुनै गलत कार्य नगरेको दाबी गर्दै आएका छन् । 


थप समाचार

कोरोना भाइरसबाट चीनमा मृत्यु हुने व्यक्तिको सङ्ख्या दुई हजार ११८

  • 14 minutes ago
कोरोना भाइरसबाट चीनमा मृत्यु हुने व्यक्तिको सङ्ख्या दुई हजार ११८

एजेन्सी । कोरोना भाइरसको सङ्क्रमणबाट चीनभरी मृत्यु हुने व्यक्तिको सङ्ख्या दुई हजार ११८ पुगेको चिनियाँ स्वास्थ्य अधिकारीहरुले बिहीबार जनाएका छन् ।

कांग्रेसद्वारा राष्ट्रियसभा अवरुद्ध, सञ्चारमन्त्रीलाई बर्खास्त गर्नुपर्ने माग

  • 19 minutes ago
कांग्रेसद्वारा राष्ट्रियसभा अवरुद्ध, सञ्चारमन्त्रीलाई बर्खास्त गर्नुपर्ने माग

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री गोकुल प्रसाद बास्कोटाले सेक्युरिटी प्रिन्टीङ प्रेसको खरिदमा ७० करोड कमिसनका बार्गेनिङ गरेको अडियो बाहिरिएपछि प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सदनमा पनि चर्को वि

गिरिजाप्रसाद कोइराला स्मृति गोल्डकप फुटबलको उपाधि विराटनगरलाई

  • 32 minutes ago
गिरिजाप्रसाद कोइराला स्मृति गोल्डकप फुटबलको उपाधि विराटनगरलाई

काठमाडौँ । यहाँ सम्पन्न दोस्रो संस्करणको गिरिजाप्रसाद कोइराला स्मृति गोल्डकप फुटबल प्रतियोगिताको उपाधि विराटनगरले प्राप्त गरेको छ । इनरुवा नगरपालिका र प्रतिविम्ब नेपालको संयुक्त आयोजनामा बुधबार सम्पन्



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

कालो चिया नै किन पिउने ?

कालो चिया नै किन पिउने ?

एजेन्सी । संसारभर चियाका पारखीहरु भेटिन्छन् । क्षणीक मुखको स्वादको लागि दूध मिसाएको चिया धेरैलाई मन पर्ने भएपनि यसका नकारात्मक फाईदा जस्तो ग्यास्ट्रिक अल्सर, खाना अरुची हुने आदी देखिने हुन्छ ।

विचित्र विश्व

हत्केलामा आउने परिवर्तनबाट शरीरमा लागेको वा लाग्ने रोगबारे जानाकारी पाउन सक्छौँ

हत्केलामा आउने परिवर्तनबाट शरीरमा लागेको वा लाग्ने रोगबारे जानाकारी पाउन सक्छौँ

एजेन्सी । शरीरका धेरै अंगले रोग लागेको प्रस्ट संकेत गर्छन्। ती मध्ये एक हो, हत्केला। हत्केलामा आउने परिवर्तनबाट शरीरमा लागेको वा लाग्ने रोगबारे हामीले जानाकारी पाउन सक्छौँ।