मोरक्कोमा कोरोनाभाइरस सङ्क्रमण नियन्त्रणका लागि पाँच हजार कैदी रिहा गरिने

एजेन्सी । मोरक्कोका राजा मोहम्मद छैठौँले आइतबार पाँच हजारभन्दा बढी कैदीहरूलाई माफी दिएका छन् । कारागारमा भीडभाड हुँदा कोरोना भाइरस सङ्क्रमण फैलिनसक्न भन्दै निश्चित चरणमा पार गरिसकेका उनीहरूलाई रिहा गर्ने आदेश दिएका हुन् । 

 

मोरक्कोको न्याय मन्त्रालयले कैदी रिहाइबारे आएको समाचारलाई पुष्टि गर्दै जारी विज्ञप्तिमा भनेको छ, “बन्दीहरुको आचरण र व्यवहारिक बिषयलाई मध्यनजर राख्दै राजा मोहम्मद छैठौँको आदेश बमोजिम उनीहरूलाई रिहा गर्न लागिएको हो । मुक्त गरिने कैदीको छनौटको आधार उमेर, स्वास्थ्य, राम्रो आचरण र हिरासतमा रहँदाका गतिविधिलाई बनाइएको छ ।”

 

मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “आपतकालिन स्वास्थ्य अवस्था र आवश्यक सावधानीका कारण असाधारण अवस्थाको कारण निश्चित चरणमा उनीहरूको रिहा हुनेछ ।”

 

उत्तर अफ्रिकी मुलुक मोरक्कोमा कोभिड–१९ सङ्क्रमणका कारण ६६ जनाको मृत्यु भएको छ भने ९६० जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जानकारी गराएको छ । 

 

राजाले जेलमा रहेका कैदीको सुरक्षाका लागि हदैसम्मको उपायहरू अवलम्बन गर्न निर्देशन दिएका छन् । तीन करोड ५० लाख जनसङ्ख्या रहेको मोरक्कोमा प्रति लाख जनसङ्ख्या बराबर २३२ कैदी रहेका सरकारी तथ्याङ्क छ ।

 

मारक्कोका मानवअधिकारवादी समूहहरूले कोरोना भाइरस सङ्क्रमणको विश्वव्यापी प्रकोपले आफ्नो मुलुकमा पनि प्रभाव पारेको र यसका कारण कैदीको जीवन धरापमा रहेको भन्दै बाच्न पाउने अधिकारको रक्षा गर्दै राजनीतिक तथा छेकथुन मुद्दामा कैदमा रहेका र कैदको अन्त्यतिर पुगेका सम्पूर्ण कैदीलाई रिहा गर्न आग्रह गरेका छन् ।

 

सरकारको निर्णयमा सन् २०१६ र २०१७ मा मोरक्कोमा भएको ‘हिरक’ आन्दोलन अभियानमा लागेका कारण जेल जीवन विताइरहेका कैदीहरूलाई रिहा गरिने छ वा छैन यसबारे तत्काल प्रस्ट पारिएको छैन ।

 

संयुक्त राष्ट्रसंघका अधिकार प्रमुख मिशेल बाचेलेटले गत महिना देशहरूले बृद्ध बन्दी र माफी दिनसकिने अवस्थाका अपराधीहरूलाई सङ्कटलाई मध्यनजर गर्दै रिहा गर्ने बारे विचार गर्नुपर्ने बताएका थिए । 

 

इरान, अफगानिस्तान र इन्डोनेसियालगायत अन्य धेरै देशहरूले भाइरसको ठूलो प्रकोपको जोखिम कम गर्न जेलमा रहेका हजारौं कैदीहरूलाई रिहा गर्ने प्रस्तावलाई अघि सारेका छन् । 

 


थप समाचार

क्वारेन्टिनमै जन्मियो बच्चा !

  • 33 minutes ago
क्वारेन्टिनमै जन्मियो बच्चा !

दैलेख । दैलेखको पश्चिम क्षेत्रमा पर्ने दुर्गम ठाटीकाँध गाउँपालिकाकी एक महिलाले क्वारेन्टिनमै शिशुलाई जन्म दिएकी छन् ।

रोनाल्डो र मेस्सीलाई पछि पार्दै रोजर फेडेरर बने सर्वाधिक कमाइ गर्ने खेलाडी

  • 58 minutes ago
रोनाल्डो र मेस्सीलाई पछि पार्दै रोजर फेडेरर बने सर्वाधिक कमाइ गर्ने खेलाडी

एजेन्सी । लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोलाई उछिन्दै रोजर फेडेरर फोर्ब्स पत्रिकाको सर्वाधिक कमाइ गर्ने खेलाडीको सूचीमा शीर्ष स्थानमा पुगेका छन् ।

म्याग्दिमा १३ वर्षीया बालिकामा देखियो डेङ्गु

  • 1 hour ago
म्याग्दिमा १३ वर्षीया बालिकामा देखियो डेङ्गु

बेनी । हिमाली जिल्ला म्याग्दीमा कोरोना भाइरसको सङ्क्रमणसँगै डेङ्गु सङ्क्रमितको सङ्ख्या पनि बढ्दै गएको छ । म्याग्दीको मङ्गला गाउँपालिका–३ बरङ्जाकी १३ वर्षीया बालिकामा शनिबार डेङ्गु सङ्क्रमण देखिएको हो



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

यसकारण फेसियल गर्नुपर्छ

यसकारण फेसियल गर्नुपर्छ

काठमाडौं । फेसियल अनुहारको मसाज हो । मसाजले ब्लड सर्कलेसनलाई सन्तुलित बनाउँछ । छाला र रक्तकोषहरु पनि सक्रिय हुन्छन् ।