Techie IT
२०८१ वैशाख ८, शनिबार
NepaliPatra logo
गृहपृष्ठस्वास्थ्यविपन्न तथा दलितका लागि लहान नपाको निःशुल्क एम्बुलेन्स

विपन्न तथा दलितका लागि लहान नपाको निःशुल्क एम्बुलेन्स


एजेन्सी । लहान नगरपालिकाले आगामी आवदेखि नगर क्षेत्रभित्रका गरिब, विपन्न तथा दलितको लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने भएको छ । भारतीय राजदूतावासको सहयोगमा निःशुल्क एम्बुलेन्स सेवा सुरु गर्न लागिएको नगर प्रमुख महेशप्रसाद चौधरीले जानकारी दिए ।

“नगरसभाबाट आव २०८० ८१ मा पनि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्न थप बजेट विनियोजन गरिएको छ”, नगर प्रमुख चौधरीले भने, “यस सेवाबाट यहाँका गरिब, निमुखा, असहाय तथा दलित बिरामी पैसाको अभावमा अस्पतालसम्म पुग्न नसक्ने अवस्था अब अन्त्य हुन्छ ।”

निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन हुने भएपछि नगरभित्रका सुत्केरी तथा गर्भवती महिलालाई नियमित चेकजाँच गर्नको लागि स्वास्थ्य संस्था आउजाउ गर्नलाई सहज हुने विश्वास मेयर चौधरीले व्यक्त गरे । लहान नगरपालिकामा करिब २० हजारभन्दा बढीको सङ्ख्यामा विपन्न दलितको बसोबास रहेको तथ्याङ्क रहेको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

भरतपुर अस्पतालमा बडादसैँका दिन जन्मिए २० शिशु

चितवन । सबैतिर दसैँको टीका लगाइरहँदा यहाँको भरतपुर अस्पतालमा २० शिशुको जन्म भएको छ। प्रसूतिका कारण टीका लगाउनसमेत छोडेर दुई

प्रादेशिक अस्पतालको एम्बुलेन्स नहुँदा समस्या

दाङ । दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा एम्बुलेन्स नहुँदा बिरामीलाई समस्या हुने गरेको छ । प्रत्येक सरकारी अस्पतालमा एम्बुलेन्स हुनुपर्ने

नयाँ बसपार्कमा ‘हेल्थ डेक्स’

काठमाडौँ । दसैँमा घर जाने यात्रुलाई लक्षित गरी काठमाडौँको गोँगबुस्थित नयाँ बसपार्कमा ‘हेल्थ डेक्स’ स्थापना गरिएको छ । महानगर प्रहरी

स्तन क्यान्सरको बहिरङ्ग सेवा निः शुल्क

चितवन । चितवन मेडिकल कलेज शिक्षण अस्पतालको भगिनी संस्था सिएमसी क्यान्सर इन्स्टिच्यूटमा स्तन क्यान्सरको परीक्षण निः शुल्क गरिएको छ ।

खैरहनी नगरपालिकाले ल्यायो गर्भवतीलाई परीक्षणदेखि एम्बुलेन्ससम्मको निःशुल्क सेवा

चितवन । खैरहनी नगरपालिकाले गर्भवतीलाई विभिन्न परीक्षणसहित निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ । खैरहनी नगरपालिकाभित्र स्थायीरुपमा बसोबास गर्ने

धौलागिरि अस्पताल बागलुङमा सिटी स्क्यान सेवा सुरु

बागलुङ । बागलुङको धौलागिरि अस्पतालमा सिटी स्क्यान सेवा सुरु भएको छ । गत साउनमा आवश्यक उपकरण भित्रिएपछि जनशक्ति व्यवस्थापन गरी

Techie IT