IIMS College

ISMT

HUB Education

सेनाको अहोरात्र खटाइले १४ वर्षपछि डोल्पासम्म सडक पुग्यो

  • शुक्रबार, २२ कार्तिक, २०७६
  • 5 days ago
  • अर्थ
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

डोल्पा । ट्रयाक खोलेको एक वर्षपछि जाजरकोट डोल्पा सडक औपचारिकरुपमा सडक विभागलाई हस्तान्तरण गरिएको छ । सदरमुकाम दुनैस्थित नेपाली सेनाको नन्द बक्स गण घ गुल्ममा औपचारिक कार्यक्रम गरेर नेपाली सेनाले जाजरकोट डोल्पा–सडक सडक विभागलाई हस्तान्तरण गरेको हो ।

 

जाजरकोटदेखि डोल्पाको सदरमुकाम दुनैसम्मको ११८ किलोमिटर सडकको ट्रयाक खोलेर ०७५ मङ्सिर ४ गते औपचारिक उद्घाटन गरिएको जाजरकोट डोल्पा सडक एक वर्षपछि बिहीबार हस्तान्तरण भएको छ । नेपाली सेनाका जाजरकोट डोल्पा सडक निर्माण कार्यदलका प्रमुख कर्णेल विश्वबन्धु पहाडीले सडक डिभिजन कार्यालय चौरजहारीका उपप्रमुख नरेन्द्रप्रसाद भट्टलाई हस्तान्तरण गरेका हुन् ।

 

कठिन भौगोलिक चुनौतीका बाबजुत पनि नेपाली सेनाको अहोरात्र खटाइलेमात्र १४ वर्षपछि डोल्पासम्म सडक पुर्याउन सफल भएको जाजरकोट डोल्पा सडक निर्माणका कार्यदल प्रमुख पहाडीले जानकारी दिए । कार्यदल प्रमुख पहाडीले सडक निर्माणका क्रममा सहयोग गरेको भन्दै डोल्पाली जनता, राजनीतिक दल, जनप्रतिनिधि, प्रशासन, नागरिक समाज, सञ्चारकर्मी सबैलाई आभार प्रकट गरेका थिए । 

 

त्यसैगरी भौतिक पूर्वाधार मन्त्रालयका सचिव देवेन्द्र कार्कीले सेनाले गरेको कामको प्रशंसा गर्दै आगामी आर्थिक वर्षभित्र जाजरकोट डोल्पा सडकखण्डमा पर्ने खदाङस्थित भेरी नदीमाथि र त्रिपुराकोट बगरस्थित भेरीनदी गरी दुई वटा बेलिब्रिज निर्माण गरिने बताए । 

 

देशका ७७ वटै जिल्लामा कालोपत्रेसहितको सडक पुर्याउने सरकारको लक्ष्य रहेकाले अबको दुई वर्षभित्रै सडक स्तरोन्नतिको काम शुरु गरिनेसमेत सचिव कार्कीले बताए । रक्षा मन्त्रालयका सहसचिव शन्तबहादुर सुनारले अटुट हिक्कम र सबैको सहयोग भए जस्तोसुकै कठिन कार्य पनि सम्पन्न गर्न सकिने उदाहारण नेपाली सेनाले दिएको बताए । 

 

सडक हस्तान्तरण कार्यक्रममा सिङ्गो डोल्पालीको तर्फबाट जिल्ला समन्वय समिति उपप्रमुख नरबहादुर बुढाले सेनाले डोल्पालीको भाग्यरेखा कोरेको बताउँदै दुनैसम्म सिधा यातायात सञ्चालनका लागि पुल निर्माणसँगै स्तरोन्नति गरिनुपर्ने बताए । 

 

त्रिदेशीय व्यापारिक मार्गको रुपमा समेत नामकरण गरिएको जाजरकोट डोल्पा सडकको रणनीतिक महत्व झल्काउन दुनैदेखि धोहुँदै मोरिम्सम्म सडक निर्माणको जिम्मा नेपाली सेनालाई नै दिनुपर्ने उनको भनाई छ । 

 

एक वर्ष अघि निर्माण कार्य सम्पन्न गरेको जाजरकोट–डोल्पा सडक र निर्माणाधीन दुनै–मोरिम्ला सडकको समेत सेनाको हेलिकप्टरबाट अनुगमन गरिएको छ ।


थप समाचार

निदान अस्पतालका कार्यकारी निर्देशकसहित पाँच जना कारागार चलान

  • 2 minutes ago
निदान अस्पतालका कार्यकारी निर्देशकसहित पाँच जना कारागार चलान

काठमाडौँ । मृगौला किनबेच गरेको आरोपमा निदान अस्पतालका कार्यकारी निर्देशक (सिईओसहित पाँच जनालाई कारागार चलान गरिएको छ ।

तीन वटा सुन्तलामा भन्दा १ वटा अमलामा धेरै भिटामिन पाइन्छ ?

  • 33 minutes ago
तीन वटा सुन्तलामा भन्दा १ वटा अमलामा धेरै भिटामिन पाइन्छ ?

अहिले अमलाको सिजन पनि सुरु हुँदैछ । अमलामा भिटामिन सी प्रसस्त पाइन्छ । अमला त्रिफलाको ३ औषधिमध्ये एक गुणी जडिबुटीमा पर्छ । भिटामिनको राम्रो स्रोत भएकै कारण अमलालाई हिन्दू धर्ममा पनि पूजनीय फलको रुपमा

नेकपाको उम्मेदवारी टुङ्गो लाग्यो, काङ्ग्रेस छलफलमै व्यस्त

  • 33 minutes ago
नेकपाको उम्मेदवारी टुङ्गो लाग्यो, काङ्ग्रेस छलफलमै व्यस्त

बनेपा । आगामी मङ्सिर १४ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले उम्मेदवारी टुङ्गो लगाएको छ । धुलिखेल नगरपालिका–२ का लागि हुने वडाध्यक्षको निर्वाचनका लागि नेकपाबाट देव



प्रेम र यौन

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजि र गोप्य रुपमा राख्न चाहान्छन् ।

जीवनशैली/स्वास्थ्य

तीन वटा सुन्तलामा भन्दा १ वटा अमलामा धेरै भिटामिन पाइन्छ ?

तीन वटा सुन्तलामा भन्दा १ वटा अमलामा धेरै भिटामिन पाइन्छ ?

अहिले अमलाको सिजन पनि सुरु हुँदैछ । अमलामा भिटामिन सी प्रसस्त पाइन्छ । अमला त्रिफलाको ३ औषधिमध्ये एक गुणी जडिबुटीमा पर्छ । भिटामिनको राम्रो स्रोत भएकै कारण अमलालाई हिन्दू धर्ममा पनि पूजनीय फलको रुपमा राखिन्छ ।

विचित्र विश्व

दुर्लभ विश्व रेकर्ड !

दुर्लभ विश्व रेकर्ड  !

एजेन्सी । मानिसको इच्छा कहाँसम्म पुग्छ, यसको बारेमा कसैलाई थाहा हुँदैन । मानिसका अनौठा आकाङ्छाहरु हुन्छन् । यस्तै इच्छा, आकाङ्छा भएका एक व्यक्तिले अनौठो रेकर्ड राख्न सफल भएका छन् । उनी हुन् इंग्ल्यान्डको ब्रिस्टल शहरका निक बटर ।