IIMS College

ISMT

HUB Education

कश्मीरको दुःखप्रति असंवेदनशील एउटा गीत युट्युबमा भाइरल

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडाैँ । जम्मू–कश्मीरमा विगत हप्ता–दश दिनदेखि सन्नाटा छाएको छ । त्यहाँका जनता घरबाट निस्किएर निस्फिक्री हिँड्न सक्ने अवस्था छैन । नरेन्द्र मोदी नेतृत्वको सरकारले जम्मू–कश्मीरको विशेषाधिकार प्रत्याभूत गरेको संविधानको धारा ३७० खारेज गर्ने निर्णयसँगै त्यहाँ सुरक्षा व्यवस्था अत्यन्तै कठोर बनाइएको छ ।

 

यस्तो अवस्थामा कश्मीरी जनताको दुःख आफ्नो ठाउँमा दिनप्रतिदिन बढ्दो छ । तर कश्मीर बाहेकको भारतमा भने यसलाई लिएर आमजनमानसमा कुनै चिन्ता देखिँदैन । यसै परिप्रेक्ष्यमा एउटा भोजपुरी गीतले भारतमा यतिबेला ‘कसैलाई के को धन्दा, घरज्वाईंलाई खानकै धन्दा’ भन्ने उखानलाई पुष्टी गरिरहेको छ ।

 

भारतीय संविधानको धारा ३७० खारेज गर्ने केन्द्रीय सरकारको निर्णयलाई लिएर बनाइएको उक्त गीत युट्युबमा भाइरल हुँदै गएपछि अहिले यसको चर्चा बढेको हो । भोजपुरी गायक गुञ्जन सिंह र गायिका अञ्जली भारतीले स्वर दिएको उक्त गीतको भ्यूअर्स मात्रै १९ लाख हाराहारी पुगिसकेको छ । गीतको शब्द अमन अल्बेलाले लेखेका हुन् ।

 

गीतमा धारा ३७० खारेज गर्ने सरकारको निर्णयलाई लिएर स्तुतीगान गाइएको छ । ‘ले लेइबे जम्मू–कश्मीर में जमीन’ बोलको उक्त गीतले कश्मीरी जनताको दुःखलाई पुरै बेवास्ता गरेको छ । गीतले गरेको बेवास्ता खासमा त्यहाँको आममनोविज्ञानको प्रतिनिधि स्वरजस्तै सुनिन्छ ।

 

गीतले भन्छ– धारा ३७० हट्यो, अनुच्छेद ३५ ‘ए’ पनि हट्यो, यहाँ गर्मी छ, अब जम्मू–कश्मीरमा जमीन लिन जाउँ । त्यस्तै गीतमा धारा ३७० खारेज गर्न हिम्मत गर्ने प्रधानमन्त्री नरेन्द्र मोदीको साहस र गृहमन्त्री अमित शाहको आँटको जयजयकार गरिएको छ ।

 

गितको भिडियोमा गायक गुञ्जन सिंह स्वयंले एक मोडलसँग ठूम्का नाचेका छन् । भिडियोमा आएका अधिकांश कमेन्टहरूमा गितको प्रशंसा गरिएको छ । केही सीमित कमेन्टहरूमा मात्रै कश्मीरको संवेदनशीलतालाई बुझ्न सुझाइएको छ । (एजेन्सीकाे सहयाेगमा)

 


थप समाचार

मुख्यमन्त्रीद्वारा ल्होसारको शुभकामना

  • 18 minutes ago
मुख्यमन्त्रीद्वारा ल्होसारको शुभकामना

हेटौंडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले तामाङ समुदायको महत्वपूर्ण चाड ल्होसारको अवसरमा शुभकामना व्यक्त गरेका छन् । २८५६ औँ सोनाम ल्होसारको अवसरमा आज एक शुभकामना सन्देश दिँदै मुख्यमन्त्र

६० मिनेटमा हालाण्डको ५ गोल

  • 30 minutes ago
६० मिनेटमा हालाण्डको ५ गोल

एजेन्सी । जर्मन फुटबल लिग बुन्डेसलिगा अन्तर्गत बोरुसिया डर्टमण्डले जित निकालेको छ । शुक्रबार राति सम्पन्न खेलमा डर्टमण्डले आफ्नो होममा एफसी कोल्नलाई ५–१ गोलले पराजित गरेको छ ।

अभिनेत्री सेजल शर्माले गरिन् आत्महत्या

  • 39 minutes ago
अभिनेत्री सेजल शर्माले गरिन् आत्महत्या

काठमाडौं । सिरियल ‘दिल तो ह्याप्पी है जी’ फेम अभिनेत्री सेजल शर्माले आत्महत्या गरेकी छन् । सिम्मी खोसलाको भूमिका निभाउँदै आएकी सेजल शर्माले शुक्रबार झुण्डिएर आत्महत्या गरेकी हुन् ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ शनिबारको तपाईको भाग्य, माघ ११ गते

यस्तो रहेको छ शनिबारको तपाईको भाग्य, माघ ११ गते

वि.सं.२०७६ साल माघ ११ गते । शनिबार । ईश्वी सन् २०२० जनवरी २५ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । उत्तरायन । शिशिर ऋतु । श्रीशाके १९४१ । माघ शुक्लपक्ष । तिथि– प्रतिपदा,५१ घडी ११ पला,रातको ०३ बजेर २४ मिनेट उप्रान्त द्वितीया । काठमाडौंमा सूर्योदय ०६ बजेर ५५ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर ३६ मिनेट । दिनमान २६ घडी ४२ पला ।

विचित्र विश्व

अपत्यारिला डिभोर्सका किस्साहरु !

अपत्यारिला डिभोर्सका किस्साहरु !

एजेन्सी । विश्वमा केही यस्ता डिभोर्सका घटनाहरु रहेका छन् जसले सबैलाई आश्चर्य चकित पारेको थियो । डिभोर्स गर्नुको कारण पनि उत्तिकै रोचक र अनौठो खालका थिए । आउनुहोस् ती डिभोर्स केशबारे चर्चा गरौँ ।