Techie IT
२०८१ वैशाख ११, मंगलबार
NepaliPatra logo
गृहपृष्ठनेपालकाठमाडौँको फोहोर तीन दिनभित्र उठाइसक्ने

काठमाडौँको फोहोर तीन दिनभित्र उठाइसक्ने


काठमाडौँ । यही साउन १ गतेदेखि रोकिएको काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन शनिबारदेखि पुनः सुरु गरिएको छ । फोहोर व्यवस्थापन स्थलका स्थानीयले अवरोध गरेपछि काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन रोकिएको थियो ।

काठमाडौँ महानगरपालिका वातावरण विभाग प्रमुख रवीनमान श्रेष्ठले त्यहाँका स्थानीयसँगको सहमतिपछि फोहोर व्यवस्थापन पुनः सुरु भइसकेको जानकारी दिए । उनका अनुसार रोकिएको फोहोर व्यवस्थापन तीन दिनभित्र पूरा भइसक्नेछ ।

उनले सुरक्षाकर्मीको सहयोगमा शुक्रबार एक सय ५२ गाडी र आज एक सय ६४ गाडी फोहोर व्यवस्थापन गरिएको बताउनुभयो । उपत्यकाका सडकमा थुप्रिएको फोहोर सोमबारसम्म व्यवस्थापन गरिने र मङ्गलबारदेखि घर–घरको फोहोर पनि व्यवस्थापन हुने उनको भनाइ छ ।

एक वर्षअघि काठमाडौँ महानगरपालिका र स्थानीयबीच भएको सहमति कार्यान्वयन नभएको भन्दै त्यहाँका स्थानीयले यही साउन १ देखि फोहोर व्यवस्थापनमा अवरोध गर्दै आएका थिए । नुवाकोट ककनी गाउँपालिका र धादिङको धुनीबेँसी नगरपालिकाका स्थानीयले बञ्चरेडाँडामा फोहोर व्यवस्थापन नगर्न भन्दै अवरोध गरेका थिए ।

महानगरपालिकासँग भएको बाँकी सहमति बिस्तारै कार्यान्वयन गर्ने सर्तमा तत्कालका लागि अवरोध हटाउने सहमति भएको हो । अन्तिम फोहर व्यवस्थापनस्थल बञ्चरेडाँडामा यसअघि थुपारेको फोहोरलाई क्यापिङ (फोहोरलाई माटोले पुर्ने) गरी औषधि राखेर दुर्गन्ध हटाएपछि स्थानीयको अवरोध हटेको धुनीबेँसी नगरपालिका वडा नं १ का अध्यक्ष मानबहादुर तामाङले जानकारी दिए ।

सामान्यतया काठमाडौँ उपत्यकाका १८ स्थानीय तहको तीन सय गाडी फोहोर दैनिकरूपमा व्यवस्थापन हुँदै आएको छ । विगत १५ वर्षसम्म सिसडोलमा फोहोर व्यवस्थापन हुँदै आएको गत भदौ ७ गतेदेखि बञ्चरेडाँडामा अन्तिम व्यवस्थापन हुँदै आएको हो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

रकम सहितको लकर चोरीको आरोपमा ३ जना पक्राउ

काठमाडौँ । पोखरामा एक अनलाइन डेलिभरीको कार्यालयमा चोरी गरेको आरोपमा कास्की प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा

कतारका अमिर थानी र राष्ट्रपति रामचन्द्र पौडेलबीच भेटवार्ता

काठमाडौँ । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्न शीतलनिवास पुगेका छन् । अमिर

कतारका अमिरको स्वागतमा सडकमै सांस्कृतिक प्रस्तुति

काठमाडौँ । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको स्वागतका लागि काठमाडौँका सडकमा राष्ट्रिय पोशाकसहित सांस्कृति प्रस्तुति भएको छ

कतारी अमिर काठमाडौँ आइपुगे

काठमाडौँ । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी काठमाडौँ आइपुगेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा दुई

जनकपुरको होटेलमा महिला र पुरुष मृत फेला

काठमाडौँ । जनकपुरको रामानन्द चोकमा रहेको होटेल होलिडे एण्ड गेष्ट हाउसमा एक महिला र पुरुष मृत अवस्थामा भेटिएका छन् ।

दैलेखमा बँदेलकाे आक्रमणबाट ७ जना घाइते

काठमाडौँ । दैलेखमा बँदेलको आक्रमणबाट ७ जना घाइते भएका छन् । दैलेखको भैरवी गाउँपालिका– ६ मा बँदेलको आक्रमणमा परी ७

Techie IT