‘जनप्रतिनिधिका दुई वर्ष’ पुस्तक सार्वजनिक

बनेपा । धुलिखेल नगरपालिकाले जनताबाट निर्वाचित भएर जिम्मेवारी सम्हालेको दुई वर्ष पुगेको अवसरमा ‘जनप्रतिनिधिका दुई वर्ष’ नामक पुस्तक सार्वजनिक गरेको छ ।

 

निर्वाचनबाट निर्वाचित भएर जिम्मेवारी सम्हालेपछि दुई वर्षभित्रमा नगरपालिकाभित्र के–के काम गरे भन्ने विषयलाई लिएर तयार पारिएको पुस्तक सार्वजनिक गरिएको नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुले बताए । सो कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका अध्यक्ष उद्धव केसीले निदाएर देखेको सपना काम नलाग्ने उल्लेख गर्दै धुलिखेल नगरपालिकाको नेतृत्वले वास्तविक सपना देखेर विकासको काममा अगाडि बढेको बताए । 

 

कार्यक्रममा नगरपालिकाका प्रमुख एवं नेपाल नगरपालिका सङ्घका अध्यक्षसमेत रहेका अशोक ब्याञ्जुले भने, “हामीले निर्वाचित भएपछि जनताका बीचमा केही काम गरेका छौँ, ती कामको पारदर्शिता, उत्तरदायी र जवाफदेहिताको हिसाबले यसलाई पुस्तकमा समेटेर सबै नागरिकसम्म पुर्याउने उद्देश्यले अभिलेखका रुपमा तयार गरेका हौँ ।

 

पुस्तकमा १२१ योजना समेटेर प्रकाशित गरिएको छ । 

प्रमुख ब्याञ्जुले अन्तर्राष्ट्रिय लगानी योजनाअन्तर्गत धुलिखेल मेडिसिटी अस्पतालका लागि सात करोड ४० लाख डलर प्रस्ताव गरिएको र ड्रिमल्याण्ड परियोजना धुलिखेलका लागि चार करोड ३० लाख डलर प्रस्ताव गरिएको बताए । त्यससँगै नेपालमा पहिलोपटक मोबाइल एप्समार्फत सबै प्रकारको जानकारी लिन सकिने व्यवस्थाको शुरुआत गरेको छ ।

 


थप समाचार

ब्याज ६ महिनासम्म मिनाहा गर्न पेट्रोल पम्प व्यवसायीको माग

  • 16 minutes ago
ब्याज ६ महिनासम्म मिनाहा गर्न पेट्रोल पम्प व्यवसायीको माग

काठमाडौँ । नेपालभर सञ्चालनमा रहेका पेट्रोल पम्पमा लगानी भएका बैँकहरुको कर्जाको व्याज ६ महिनासम्मका लागि मिनाहा गर्न पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशनले नेपाल आयल निगमसँग माग राखेको छ ।

स्याङ्जा किचनासका खड्गबहादुर थापा मगरको शव नेपाल लैजान नसक्दा कोरियामै अन्त्येष्टि

  • 22 minutes ago
स्याङ्जा किचनासका  खड्गबहादुर थापा मगरको शव नेपाल लैजान नसक्दा कोरियामै अन्त्येष्टि

एजेन्सी । स्याङ्जा किचनासका खड्गबहादुर थापा मगरको शव नेपाल लैजान नसक्दा आइतबार कोरियामै अन्त्येष्टि गरिएको छ । लकडाउनका कारण हवाई क्षेत्र पनि अवरुद्ध हुँदा ३३ वर्षीय थापाको कोरियाको इन्छन फेमिली पार्

गड्डाचौकी नाकाबाट दुई हजारभन्दा बढी नेपाली भित्रिए

  • 26 minutes ago
गड्डाचौकी नाकाबाट दुई हजारभन्दा बढी नेपाली भित्रिए

कञ्चनपुर । कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकीबाट भारतका विभिन्न स्थानमा अलपत्र आज दुई हजारभन्दा बढी नेपालीहरु स्वदेश भित्रिएका छन् । आइतबार जिल्ला प्रशासन कार्यालय कञ्चनपरमा बसेको सुरक्षा समितिको बैठकल



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

पर्याप्त समय नसुतेमा के हुन्छ ?

पर्याप्त समय नसुतेमा के हुन्छ ?

एजेन्सी । एक अध्ययनका अनुसार, निद्राको सिधा सम्बन्ध हाम्रो इम्यून सिस्टमसँग हुन्छ । नेशनल हेल्थ एन्ड न्यूट्रीशन एक्जामिनेशन द्वारा गरिएको एक सर्वेमा, इम्यून सिस्टमको सक्रियता तपाईँ कति घण्टा सुत्नु हुन्छ त्यसमा निर्भर हुन्छ ।