IIMS College

ISMT

HUB Education

यदु गाैतमकाे हत्या पार्टी नीतिभन्दा बाहिर गएर भयाे : जनार्दन शर्मा

फाइल फाेटाे
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य जनार्दन शर्माले यदुकुमार गौतमको हत्याले मुलुकलाई अपूरणीय क्षति पुगेको बताएका छन् ।

 

यदु स्मृति प्रतिष्ठानले आज आयोजना गरेको २०औँ यदुकुमार गौतम स्मृति दिवस तथा १७औँ यदु स्मृति पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा उनले गौतमको हत्या पार्टीको योजना र नीतिभन्दा बाहिर गएर भएको बताए ।

 

‘त्यतिबेला गौतमको हत्या नहुनुपर्ने घटना थियो’, उनले भने, ‘पार्टीको योजना र नीतिभन्दा बाहिर गएर उहाँको हत्या भएको थियो ।’ 

 

सशस्त्र युद्धको विकास गर्नमा गौतमको ठूलो योगदान रहेको उल्लेख गदै उनले सशस्त्र युद्ध गौतमजस्ता मुलुक परिवर्तन गर्नेका लागि नभई सामन्तवाद र निरंकुश अन्त्यको लागि रहेको धारणा राखे ।

 

कार्यक्रममा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सशस्त्र द्वन्द्वमा भएका घटनाबाट शिक्षा लिनुपर्ने बताए । उपप्रधानमन्त्री पोखरेलले गौतमजस्ता घटनाबाट शिक्षा लिँदै मुलुकको विकासमा लाग्नुपर्ने बताए । 

 

उनले अहिले तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकता भइसकेकाले सशस्त्र द्वन्द्वका घटनाबाट अहिले पश्चाताप नलिई शिक्षा लिनुपर्ने बताए । 

 

उनले भने, ‘हिजो घटना जे जे भए त्यसबाट पश्चाताप लिनु हुँदैन । सबैलाई सम्झीसम्झी मन अमिलो पार्न पनि सकिँदैन ।’ उनले गौतमजस्ता शहीदको सपनालाई पूरा गर्न मुलुकलाई समृद्धितर्फ लैजानुपर्ने बताए । 

 

रक्षामन्त्री पोखरेलले दुई पार्टीको सहकार्य, संवाद र मित्रता बढेपछि एकता भएको भन्दै नेपाली जनता र कार्यकताको चाहना तथा राष्ट्रको आवश्यक भएकाले नै एकता भएको बताए । 

 

सांसद तथा गौतमकी धर्मपत्नी तीर्था गौतमले समय बदलिएकोले अब पुराना घाउलाई कोट्याउन नहुने बताइन् । 

 

‘उहाँको हत्या भएको पनि दुई दशक भयो । अब नयाँ सोचाइ र ढङ्गबाट मुलुकलाई अगाडि बढाउनुपर्दछ’, उनले भनिन्, ‘पुराना कुरालाई नभई अब मुलुकलाई समृद्धि बनाउने दिशामा लाग्नुपर्दछ ।’ 

 

गौतमले कम्युनिष्ट एक ठाउँमा आएर मात्र मुलुकको विकास हुन्छ भनेर भन्ने गरेको उल्लेख गदै उनले भनिन्, ‘अहिले उहाँले भनेको जस्तै पार्टी एक भएको छ । उहाँले भनेको बाटोमा लागेर मुलुकको समृद्धि गर्नुपर्दछ ।’ 

 

कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष ऋषिकुमार जैसीले गौतमले अङ्गालेको विचारमा लागे मुलुकको परिवर्तन गर्न सकिने बताए । यदु स्मृति पत्रकारिता पुरस्कारबाट बागलुङका पत्रकार हरिनारायण गौतमलाई सम्मान गरिएको छ । 

 

सशस्त्र युद्धमा कलम चलाएवापत गौतमलाई १५ हजार रुपियाँको पुरस्कार प्रदान गरिएको पुरस्कार छनौट समितिका संयोजक तथा नेकपाका केन्द्रीय सदस्य सूर्य थापाले जानकारी गराउनुभयो । गौतमलाई रक्षामन्त्री पोखरेले र नेकपाका स्थायी कमिटी सदस्य शर्माले पुरस्कार प्रदान गर्नुभयो । 

 

वि.सं. २०५५ फागुन २१ गते तत्कालीन एमालेबाट रुकुम–२ बाट उम्मेदवार भएको बेला तत्कालीन माओवादीबाट उनको रुकुमको गरैला नजिक सानो भेरी नदीको छेउमा हत्या गरिएको थियो । गौतम तत्कालीन एमालेका जिल्ला कमिटी सचिव थिए ।


थप समाचार

घुस लिएको अभियोगमा इञ्जिनीयर पक्राउ

  • 2 hours ago
घुस लिएको अभियोगमा इञ्जिनीयर पक्राउ

काठमाडौँ । जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय पाटनका निमित्त कार्यालय प्रमुख इञ्जिनीयर सुरेशराज भट्टलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले एक लाख घुससहित पक्राउ गरेको छ ।

नेपाल कोरोनामुक्त रहेको सन्देश विश्वलाई दिनुपर्ने मन्त्री भट्टराईको भनाई

  • 2 hours ago
नेपाल कोरोनामुक्त रहेको सन्देश विश्वलाई दिनुपर्ने मन्त्री भट्टराईको भनाई

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगश भट्टराईले नेपाल कोरोना भाइरस भुक्त रहेको सन्देश विश्वलाई दिनुपर्ने बताएका छन् । चीनबाट उद्धार गरेर ल्याएका १ सय ७५ जनामा कोरोनाको संक्रमण नदेख

हामीसँग स्पष्ट बहुमत छ र हामी हरेक क्षेत्रमा दीर्घकालीन काम गर्दछौँः सञ्चारमन्त्री बाँस्कोटा

  • 2 hours ago
हामीसँग स्पष्ट बहुमत छ र हामी हरेक क्षेत्रमा दीर्घकालीन काम गर्दछौँः सञ्चारमन्त्री बाँस्कोटा

राँझा । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारले हरेक क्षेत्रमा नयाँ र दीर्घमहत्वका काम गर्दै गएको बताएका छन् । गोरखापत्र प्रकाशनद्वारा बुधबार आयोजित कोहलपुर संस्करणको



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

ग्यास्ट्रिकले सतायो ? ‘एलोभेरा’ले यसरी समस्याको समाधान गर्छ

ग्यास्ट्रिकले सतायो ? ‘एलोभेरा’ले यसरी समस्याको समाधान गर्छ

काठमाडौँ । ग्यास्ट्रिकले धेरै व्यक्तिलाई सताउँछ । यसबाट कैयौं नेपालीहरु पीडित छन् । हाम्रो खानपानले गर्दा पनि पेटमा ग्यास जम्मा हुने गर्छ । यसको समाधानका लागि कैयौं उपायहरु रहेका छन् । त्यसमध्ये आज एलोभेरा अर्थात घ्युकुमारीको प्रयोगले कसरी समाधान गर्न सकिन्छ भन्नेबारे चर्चा गरौं ।

विचित्र विश्व

यी देशमा छन् सबैभन्दा धेरै करोडपतिहरु ?

यी देशमा छन् सबैभन्दा धेरै करोडपतिहरु ?

एजेन्सी । धेरै पैसा कमाउने करोडपतिको सुचीमा आउने सपना आजकल धेरैको आम सपना भएको छ । तर, सबै परिश्रमले करोडपति बनाउँदैन । करोडपति बन्न ठुलै संघर्षको आवश्यक पर्छ ।