यस्ता छन् जापानका विद्यालयमा हुने अजबगजबका नियमहरु

Education Park

बालबालिकाको सबैभन्दा महत्वपूर्ण जिम्मेवारीमध्ये विद्यालय जानु पनि एक हो । विहान चाँडै उठ्ने, विद्यालय जाने र गृहकार्य गर्ने जस्ता जिम्मेवारी एक विद्यार्थीको हुन्छ ।

 

यस्तो सिकाईको वातावरणमा पनि अधिकांश कुराहरु त्यस्ता हुन्छन् जो धेरैलाई मन नपर्न सक्छ । विद्यालयमा पालना गर्नुपर्ने केही नियमहरु हुन्छन् जो कतिलाई मन पर्दैन ।

 

कुनै कुनै विद्यालयमा दौडिन, चुइङ्गम चपाउन र मोबाइल फोन चलाउन पाइँदैन ।

 

विद्यालयमा समयमै उपस्थित हुनु एकदमै महत्वपूर्ण छ । विद्यार्थीहरु विहानको साढे ८ बजे कक्षा कोठामा उपस्थित हुनैपर्छ । पाँच पटकभन्दा बढी समय विद्यालयमा ढिलो आउने विद्यार्थीले विहान चाँडै कक्षामा आएर एक हप्तासम्म कक्षाको सरसफाइ गर्नुपर्ने सजाय पाउँछन् ।

 

सन् १९९२ सम्म जापानमा एक दिने विकेण्ड मात्रै हुने गथ्र्यो । तर पछि सरकारले विद्यार्थीलाई थप समय दिने घोषणा ग¥यो । तर अधिकांश हाइस्कूलहरुले यो नियम पालना गर्दैनन् र शनिवार पनि चलाउँछन् ।

 

जापानका धेरै हाइस्कूलमा विद्यार्थीहरुलाई ओपन रिलेशनसिपमा पर्न प्रतिबन्ध लगाइएको छ । हरेक विद्यार्थीहरु पहिला आफ्नो पढाइमा मात्रै ध्यान देओन् भन्नका लागि यस्तो कडाई गरिएको हो ।

 

विद्यालयमा केटीहरुले रङ्गीचङगी रबर ब्याण्ड लगाउन पाउँदैनन् र अगाडिपटिको कपाल आँखिभौंभन्दा लामो हुनु हुँदैन । केटाहरुले लामो कपाल राख्न पाउँदैनन्, उनीहरुले सधैं सफा र छोटो कपाल राख्नुपर्छ ।

 

जापानी विद्यार्थीका लागि युनिफर्म कुन तरिकाले लगाउने भन्ने पनि नियम छ र यो विद्यालयबाट बाहिर गएपछि पनि पालना गर्न आवश्यक छ ।

 

केही विद्यालयमा मेकअप, कपाल रङ्गाउने, कन्टयाक्ट लेन्स लगाउने जस्ता कार्यमा रोक लगाइएको हुन्छ भने कहिँ त आखिँभौं मिलाउने र नेल पोलिश लगाउन समेत प्रतिबन्ध लगाइएको हुन्छ ।

 

विद्यार्थीहरुले आफ्नो युनिफर्मसँग रङ्गीन ज्याकेट लगाउन पाउँदैनन् । उनीहरुले कुनै गहना पनि लगाउन पाउँदैनन् भने नेभी, कालो र ग्रे रङ्गका ज्याकेट स्वेटर मात्र लगाउन पाउँछन् ।

 

विद्यालयभित्र मोबाइल फोन चलाउन पाउँदैनन् । उनीहरुले कक्षा सकिएपछि, विद्यालयबाहिर गएपछि र पार्किङ लटमा भने फोन चलाउन पाउँछन् ।

 

जापानका अधिकांश विद्यालयमा स्विमिङ पुल हुन्छन् र विद्यार्थीहरुले यो सिक्नै पर्ने हुन्छ । यो सिकाईलाई उनीहरुको पाठ्क्रममा समावेश गरिएको हुन्छ । यदि उनीहरु फेल भए भने गर्मी महीनामा यसको प्रशिक्षण फेरी लिनुपर्छ ।

 

जापानमा आफूभन्दा ठूलालाई आदर गर्न ९विशेषगरी शिक्षा दिने व्यक्तिलाई० एकदमै जरुरी छ । कक्षा कोठामा शिक्षक आउने बेलामा र कक्षा छोडेर बाहिर जाने बेलामा विद्यार्थीले आदरस्वरुप उठेर झुक्नुपर्छ ।

 

खाजा खाने समयमा विद्यार्थीहरुले कक्षा छोडेर क्याफेतिर जान पाउँदैनन् । उनीहरुले खाजा कक्षा कोठामै ल्याएर खानुपर्छ र साथै खाइसकेपछि दाँत माझ्नका लागि टूथब्रस पनि आफ्नो साथमा ल्याउनुपर्छ ।

 

जापानी विद्यार्थी आफैंले आफ्नो कक्षा कोठा सफा गर्नुपर्छ । सरसफाइको महत्व विद्यार्थीलाई सानै उमेरदेखि बुझाउन यस्तो नियम बनाइएको हो ।

 

जापानका विद्यार्थीलाई ५ देखि ६ हप्ता सम्मको गर्मी छुट्टि दिइन्छ । तर यो विदाको समयमा पनि उनीहरु स्कूल क्लबमा सहभागि हुन, आफ्नो गृहकार्य गर्न र पढाइसम्बन्धी अन्य गतिविधिमा संलग्न हुन विद्यालय भने जाने गर्छन् ।

 


थप समाचार

‘दबंग ३’ मा यी अभिनेत्रीसँग रोमान्स गर्दैछन् सलमान खान

  • 7 hours ago
‘दबंग ३’ मा यी अभिनेत्रीसँग रोमान्स गर्दैछन् सलमान खान

एजेन्सी । फिल्म ‘भारत’ को सफलतासँगै सलमान खान फिल्म ‘दबंग ३’ को तयारीमा जुटिरहेका छन् । उक्त फिल्मको फ्ल्याशब्याक सीनको लागि उनले ७ किलो तौल कम गर्न परेपछि उनी खाली समयमा आफ्नो फिटनेसमा ध्यान दिईरहेका

आँप खानुका फाइदैफाइदा

  • 8 hours ago
आँप खानुका फाइदैफाइदा

एजेन्सी । आँपमा फाइबरका साथै भिटामिन सी पाइने हुनाले शरीरमा कोलेस्ट्रेरोलको लेवल कम गर्न मद्दत गर्छ । साथै मुटु सम्बन्धी समस्याबाट मुक्ति मिल्छ ।

फिल्म ‘साहो’ को शुटिङ सकियो

  • 8 hours ago
फिल्म ‘साहो’ को शुटिङ सकियो

एजेन्सी । बाहुबली स्टार प्रभास १५ अगस्टमा रिलिज हुने फिल्म ‘साहो’ को लागि एकदमै उत्साहित छन् । उनले फिल्म ‘साहो’ सँग सम्बन्धित खबरहरु आफ्नो सामाजिक सञ्जालमा शेयर गरेका हुन्छन् ।



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

आँप खानुका फाइदैफाइदा

आँप खानुका फाइदैफाइदा

एजेन्सी । आँपमा फाइबरका साथै भिटामिन सी पाइने हुनाले शरीरमा कोलेस्ट्रेरोलको लेवल कम गर्न मद्दत गर्छ । साथै मुटु सम्बन्धी समस्याबाट मुक्ति मिल्छ ।