Techie IT
२०८१ वैशाख १३, बिहीबार
NepaliPatra logo
गृहपृष्ठखेलइङ्ल्यान्डमा घाइते रिस टोपलीको स्थानमा जोफ्रा आर्चरलाई किन टिममा ल्याइएन ?

इङ्ल्यान्डमा घाइते रिस टोपलीको स्थानमा जोफ्रा आर्चरलाई किन टिममा ल्याइएन ?


एजन्सी । इंग्ल्याण्ड क्रिकेट टोलीले बायाँ हाते फास्ट बलर रिस टोपलीको स्थानमा ब्रायडन कार्सलाई विश्वकपका लागि छनोट गरेको छ । टोपली दक्षिण अफ्रिकाविरुद्धको खेलमा घाइते भएका थिए । कार्स दाहिने हातले बलिङ गर्छन् ।

इंग्ल्याण्डलाई २०१९ को विश्वकप जिताउन महत्वपूर्ण भूमिका खेल्ने जोफ्रा आर्चर छनोट भएनन् । आर्चर रिजर्भ खेलाडीका रूपमा टोलीसँग सम्बन्धित छन् । प्रशिक्षक म्याथ्यु मोटले पहिले नै आर्चरलाई मुख्य टोलीमा नल्याउने बताएका थिए ।

दक्षिण अफ्रिकाविरुद्धको खेलमा टोपलीको औंलामा चोट लागेको थियो । उनले ८.५ ओभर बलिङ गरे । टोपलीलाई स्क्यानका लागि लगिएको थियो । त्यहाँ फ्याक्चर भएको पत्ता लाग्यो । खेलमा उनले तीन विकेट लिए ।

टोपलीले यस विश्वकपमा तीन खेलमा भाग लिएका थिए । यस अवधिमा उनले आफ्नो नाममा कुल आठ विकेट लिए । इंग्ल्याण्डको टोलीले जारी विश्वकपमा चारमध्ये तीन खेलमा हार बेहोरेको छ र अब सेमिफाइनलमा पुग्नका लागि बाँकी सबै खेल जित्नुपर्नेछ ।

इंग्ल्याण्डले बिहीबार (२६ अक्टोबर) बैंग्लोरमा श्रीलंकासँग खेल्नेछ । त्यसपछि अक्टोबर २९ मा लखनउमा आयोजक भारतसँग भिड्नेछ । भारतले अहिलेसम्म एउटा पनि खेल हारेको छैन । उसले पाँचवटै खेल जितेको छ । भारतले अस्ट्रेलिया, अफगानिस्तान, पाकिस्तान, बंगलादेश र न्युजिल्याण्डलाई हराएको छ ।

ब्रायडन कार्सको कुरा गर्दा उनले इङ्ल्यान्डका लागि अहिलेसम्म १२ ओडीआई खेलिसकेका छन् । २८ वर्षीय फास्ट बलरले २०२१ मा एकदिवसीय ढाँचामा डेब्यू गरेका थिए । उनको खातामा अहिलेसम्म १४ विकेट छन् । सेप्टेम्बरमा न्युजिल्यान्ड विरुद्धको चार खेलको एकदिवसीय शृंखलामा उनी टोलीमा थिए । उनले आयरल्याण्ड विरुद्धको दुई एकदिवसीय खेलमा पनि भाग लिएका थिए ।

जोफ्रा आर्चर लामो समयको चोटबाट पछि फर्किएपछि यो महिनाको सुरुमा रिजर्भ खेलाडीको रूपमा भारतमा इंग्ल्याण्ड क्रिकेट टोलीमा सामेल भएका थिए । तर, इङ्ल्यान्डका प्रशिक्षक म्याथ्यु मोटले आर्चरको विश्वकपमा फर्किने सम्भावनालाई पहिले नै अस्वीकार गरिसकेका थिए ।

उनले भनेका थिए, ‘वास्तवमा आर्चरलाई छनोटका लागि विचार गरिने छैन । उनी चोटबाट निको भइसकेका छन् र मेडिकल स्टाफलाई रिपोर्ट गरेका छन्, तर उनले यो अभियानमा कुनै भूमिका खेल्न सक्ने छैनन् ।” उनले अहिलेसम्म २१ ओडिआई खेलमा ४२ विकेट लिएका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

वेष्टइण्डिज ‘ए’ टोली नेपाल आईपुग्यो

काठमाडौँ । टी–२० सिरिज खेल्न वेष्ट इण्डिज ‘ए’ टोली नेपाल आइपुगेको छ । घरेलु टोलीसँग ५ खेलको टी–२० सिरिज खेल्न

नेपाल भ्रमणमा आउने वेस्ट इन्डिज ‘ए’ टिमको घोषणा

काठमाडौँ । नेपाल भ्रमणमा आउने वेस्ट इन्डिज ‘ए’ टिमको घोषणा भएको छ । वेस्ट इन्डिज क्रिकेट बोर्डले ३२ वर्षीय रोस्टन

एसीसी प्रिमियर कपकाे सेमिफाइनलमा नेपाल यूएईसँग ६ विकेटले पराजित

काठमाडाैँ । एसीसी प्रिमियर कप क्रिकेटकाे सेमिफाइनलमा नेपाल यूएईसँग पराजित भएकाे छ । आज भएकाे खेलमा यूएईले नेपाललाई ६ विकेटले

एसीसी प्रिमियर कपमा यूएईसँग टस हारेपछि ब्याटिङ गर्दै नेपाल

काठमाडौँ । एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपालले टस हार्दै ब्याटिङ गरेको छ । ओमानको अल अमिरातमा यूएईका कप्तानले बलिङ

एसीसी प्रिमियर कपमा नेपाल र युएई भिड्दै

काठमाडौँ । ओमानमा जारी एसिसि प्रिमियर कपअन्तर्गत आज सेमिफाइनल हुँदैछ । जसअन्तर्गत नेपाल र युएईबीच प्रतिष्पर्धा हुँदैछ । दुई देश

एन्फा उपाध्यक्ष दावा लामा छुटे

काठमाडौँ । लागू औषध मुद्दामा फरार रहेको भन्दै पक्राउ परेका अखिल नेपाल फुटबल संघ (एन्फा) उपाध्यक्ष दावा लामा छुटेका छन्

Techie IT