जापानमा सरिन ग्यास हमलामा संलग्न थप छ जनालाई फाँसी

टोक्यो । जापानको टोक्योस्थित भूमिगत रेलमार्गलाई लक्ष्य गर्दै सन् १९९० मा सरिन ग्यास आक्रमण समेतका शृंखलाबद्ध अपराधका दोषीमध्ये थप छ जनालाई बिहीबार मृत्यु दण्ड दिइएको छ । 

 

यस हत्यामा संलग्न १३ जना मध्येका सात जनालाई तीन साताअघि नै फाँसी दिइएको थियो । सन् १९९० मा भूमिगत रेलमार्गमा सरिन ग्यास आक्रमण गरी १३ जना रेलयात्रुको हत्या गरेका थिए । 

 

यस समूहका सदस्यहरुले यात्रुहरुले भरिभराउ भूमीगत रेल जापानको मुख्य सरकारी जिल्लास्थित कासुमीगासेकी रेल्वे स्टेशन पुग्नै लाग्दा स्नायू प्रणालीमा असर पार्ने सरिन ग्यास आक्रमण गरेका थिए । आज मृत्युदण्ड दिइएका छ जनामध्ये चार जनाले रेलभित्र सरिन ग्यास आक्रमण गरेका थिए ।

 

तीन हप्ताअघि मृत्यु दण्ड दिइएका सात जनामा सो हत्याकाण्डको नेतृत्व गर्ने तथाकथित धार्मिक नेता शोको आशाहारासमेत थिए । उक्त काण्डका प्रमुख उनी नै भएको प्रमाणित भएको थियो । 

 

तत्कालीन सरकारलाई पदच्यूत गरी प्रलयकारी परिस्थिति ल्याउने परिकल्पना गरेको यस शोको आशाहारा समूहले रासायनिक, जैविक र परम्परागत हातहतियार भण्डार गरेको थियो । 

 

जापानमा एकै महिनाको अवधिमा यतिधेरै व्यक्तिलाई मृत्युदण्ड दिइएको यो पहिलो घटना हो, जापानका न्यायमन्त्री योको कामीकावाले बताउनुभयो । उनले भने, “यो अक्षम्य अपरोध हो । यस्ता घटनाको पुनरावृत्ति नहोस् भन्ने हामी चाहन्छौं ।” 

 

फाँसीको सजाय दिइएका यी व्यक्तिमाथि सन् १९९५ मा जापानको टोक्योनजिकै माउन्ट फुजी आसपास एकै स्थानमा २७ जना जापानी नागरिककोे हत्या गरेको आरोप पनि लागेको छ । 

 

जापानमा निकै लामो अनुसन्धानपछि पत्ता लागेको यो घटनालाई एक कुख्यात हत्याकाण्डको रुपमा लिइएको छ । यस विषाक्त ग्यास आक्रमणबाट कम्तीमा छ हजार व्यक्ति नराम्ररी बिरामी परेका थिए । 

 

यो समूहमा कुनैबेला जापानमा १०,००० र रुसमा ३०,००० जना अनुयायी रहेको दाबी गरिएको थियो । जापान सरकारले यो समूहलाई प्रतिबन्ध लगाएको थियो । 


थप समाचार

पद्मरत्न तुलाधारकाे याेगदान सम्झिदैँ बसन्तपुरमा श्रद्धाञ्जली सभा

  • 5 minutes ago
पद्मरत्न तुलाधारकाे याेगदान सम्झिदैँ बसन्तपुरमा श्रद्धाञ्जली सभा

काठमाडौँ । नेपाल संवत् आन्दोलनका प्रणेता, अधिकारकर्मी तथा आदिवासी जनजाति आन्दोलनका अगुवा पद्मरत्न तुलाधर दिवङ्गत भएको १३औँ पुण्यतिथिका दिन आज वसन्तपुरमा आयोजित श्रद्धान्जलि सभामा भाषा, समावेशिता, मानव

लण्डन आइपुगे पूर्व प्रधानमन्त्री नेपाल 

  • 17 minutes ago
लण्डन आइपुगे पूर्व प्रधानमन्त्री नेपाल 

लण्डन । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल लण्डन आइपुगेका छन् । 

स्थगित ‘ए’ डिभिजन लिग फुटबल शनिबारदेखि

  • 26 minutes ago
स्थगित ‘ए’ डिभिजन लिग फुटबल शनिबारदेखि

काठमाडौँ । चाडपर्वका कारण स्थगित गरिएको शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता शनिबारदेखि शुरु हुँदैछ ।



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

पैसा बचाउने हो ? यी सामान्य लाग्ने कुरामा ध्यान दिनुहोस्

पैसा बचाउने हो ? यी सामान्य लाग्ने कुरामा ध्यान दिनुहोस्

काठमाडौं । महँगीले पेल्दै जाँदा धेरैलाई आम्दानीको थोरै हिस्सा पनि बचाउन गाह्रो भइरहेको अवस्था छ । धेरैलाई पैसा बचाउनै पर्ने अवस्था छ । तर, कतिपयले यति थोरै पैसा जम्मा गरेर के नै हुन्छ र भन्ने पनि गरेका छन् । कमाई थोरै भएपनि बचत गर्ने बानी राम्रो हो । यसले आफ्नो आवश्यकताहरुलाई कहिलेकाँही टारिदिने गर्छ । त्यसोभए कसरी गर्ने त बचत ?

विचित्र विश्व

एक अजबगजबका सन्त !

एक अजबगजबका सन्त !

पौराणिक कथाहरूमा ऋषि–मुनिहरूले हजारौं वर्षसम्म तपस्या गरेका प्रसंग आउँछन्, उनीहरूको तपस्याबाट प्रसन्न भएर इश्वर प्रकट हुन्छन् र उनीहरूले मोक्षको प्राप्ति गर्दछन् ।