जापान भूकम्पमा मर्नेको संख्या ४४ पुग्यो

टोक्यो । उत्तरी जापानमा गत साताको भूकम्पका कारण सिर्जित पहिरोमा परी मृत्यु हुनेको संख्या ४४ जना पुगेको स्थानीय प्रहरी अधिकारीहरुले जनाएका छन् । भूकम्प पीडितको उद्धार र राहतका लागि अझै पनि दशौं हजार सेना र प्रहरी परिचालन गरिएको छ । 

 

मन्त्रिपरिषद्का मुख्य सचिव योसिहिडे सुगाले हराइरहेका व्यक्तिको खोजी कार्य सकिएको बताउनुभयो । हराएका व्यक्तिको सूची अधिकारीहरुसँग छैन, सबै भेटिएका छन्, योसिहिडेले भने । 

 

करिब ४० हजार प्रहरी, सेना र अन्य उद्धारकर्मीहरुले अस्थायी शिविरमा आश्रय लिइरहेका दुई हजार ७०० भन्द बढी व्यक्तिलाई सहयोग गरिरहेका छन् । गत साता उत्तरी जापानको होक्काइडो द्वीप आसपास केन्द्रविन्दु भएको शक्तिशाली भूकम्प गएको थियो । 

 

मृत्यु भएका अधिकांश व्यक्ति सानो ग्रामीण इलाका आट्सुमाका रहेका छन् । करिब ६।६ म्याग्नीच्यूडको भूकम्पका कारण माथिबाट बगेको पहिरोले गाउँमा जनधनको ठूलो क्षति गरेको थियो । 

 

मुख्य सचिव सुगाले स्थानीय जनतालाई आफ्ना घरहरुमा फिर्ता ल्याउन सरकारले सबै प्रकारको सहयोग उपलब्ध गराउने बताउनुभयो । उनले भूकम्प प्रभावित क्षेत्रमा ठूलो वर्षा हुने मौसम भविष्यवाणी अझै पनि प्राप्त भइरहेकाले जनधनको सुरक्षालाई सरकारले उच्च प्राथमिकतामा राखेको संवाददाताहरुलाई बताए । 

 

प्राकृतिक प्रकोपका कारण लगातार जनधनको ठूलो क्षति बेहोरेको जापानमा पछिल्लो भूकम्पले थप समस्या सिर्जना गरेको थियो । जापानको पश्चिमी क्षेत्रमा जेबी नामको आँधीले ११ जनाको मृत्यु हुनुका साथै क्षेत्रीय विमानस्थल बन्द गर्नु परेको थियो । 

 

दोस्रो कार्यकालका लागि पार्टीभित्र चुनावी प्रचार गरिरहेका जापानका प्रधानमन्त्री शिन्जो आबेले सरकारले जनताको सुरक्षाका लागि हरसम्भव प्रयत्न गरिने बताएका छन् । 


थप समाचार

यसकारण ऐश्वर्याले विवेक ओबरायलाई छोडेकी थिइन्

  • 37 minutes ago
यसकारण ऐश्वर्याले विवेक ओबरायलाई छोडेकी थिइन्

एजेन्सी । बलिउडकी चर्चित अभिनेत्री ऐश्वर्या राय बच्चन अहिले बच्चन परिवारकी बुहारी भइसकेकी छिन् । तर तपाईलाई थाहा नै छ होला उनी त्यो भन्दा पहिले एश ओबराय परिवारकी बुहारी बन्नेबाली थिइन् ।

तान्जिनिया डुङ्गा दुर्घटनामा मृत्य हुनेको संख्या २०७

  • 40 minutes ago
तान्जिनिया डुङ्गा दुर्घटनामा मृत्य हुनेको संख्या २०७

नैरोबी, केन्या । तान्जानियाको लेक भिक्टोरियामा शुक्रबार भएको डुङ्गा दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या २०७ पुगेको तान्जानियाको सरकारी रेडियोले जनाएको छ ।

ढुवानी सुचारु हुँदा पनि पेट्रोल पम्पमा लाइन किन ?

  • 48 minutes ago
ढुवानी सुचारु हुँदा पनि पेट्रोल पम्पमा लाइन किन ?

काठमाडौं । मुलुकी अपराध संहिताका केही प्रावधान आफ्नो पक्षमा नभएको भन्दै चालक आन्दोलनमा उत्रिएपछि बिहीबार पेट्रोलियम पदार्थ ढुवानी रोकियो।



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

ब्राह्मणहरु किन प्याज, लसुन र च्याउ खाँदैनन् ?

ब्राह्मणहरु किन प्याज, लसुन र च्याउ खाँदैनन् ?

हाम्रो समाजमा अझै पनि शुद्ध ब्राह्मण प्याज, लसुन र च्याउ खाँदैनन् । यी कुनै कुराहरु मिसाइएको हुन्छ भनेर कतिपय ब्राह्म्णहरु घरबाहिर पनि खाना खाँदैनन् । तर, धेरैलाई थाहा नहुन सक्छ किन उनीहरु लसुन, प्याज तथा च्याउ खाँदैनन् भनेर ।

विचित्र विश्व

१३ बर्षमै फेसबुकमा लभ परेपछि यो तनाव !

१३ बर्षमै फेसबुकमा लभ परेपछि यो तनाव !

काठमाडौं । काठमाडौंको एक निजी विद्यालयमा कक्षा ८ मा अध्ययनरत एक छात्रा सहपाठीसँग प्रेम सम्बन्धमा परिन्। उनीहरू मोबाइलबाट लुकिछिपी फेसबुकमार्फत अन्तरंग कुराकानी गर्न थाले। फेसबुक च्याटबाटै उनीहरूको सम्बन्ध गहिरिँदै गयो । छात्रले प्रेमिकालाई अन्तरंग दृश्य पठाउन बारम्बार अनुरोध गर्न थाले ।