Techie IT
२०८१ वैशाख १३, बिहीबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियप्रिगोजिनको सेना बेलारुसमा

प्रिगोजिनको सेना बेलारुसमा


एजेन्सी । रुसको निजी सेना वाग्नर समूहका लडाकुहरू रुसबाट बेलारुसमा प्रवेश गरेका छन् । युक्रेन र पोल्याण्डका अधिकारीहरूका अनुसार मिन्स्कको सशस्त्र बलहरूलाई उनीहरुले सैन्य प्रशिक्षण दिइरहेका छन्।

युक्रेनी सीमा एजेन्सीका प्रवक्ता एन्ड्रि डेमास्कोले वाग्नर बेलारुसमा रहेको बताए।

यस सम्बन्धमा उनले टेलिग्राम मेसेज एप मार्फत आफ्नो भनाइ दिएका हुन् । रोयटर्सको विज्ञप्तिमा भनिएको छ कि वाग्नर समूहका केही लडाकुहरू मंगलबारदेखि बेलारुसमा छन्।

बेलारुसको रक्षा मन्त्रालयले शुक्रबार एक भिडियो पनि जारी गरेको थियो ।

भिडियोमा वाग्नर लडाकुहरूले बेलारूस सेनाका लडाकुहरूलाई निर्देशन दिइरहेको देखाइएको छ। जुन महिनामा रुसमा सैन्य विद्रोह भएको थियो, त्यसपछि वाग्नर समूहलाई सम्झौतामा बेलारुस जान अनुमति दिइएको थियो।

बेलारुसको सक्रियतामा सैन्य विद्रोह समाप्त भएको थियो।

यस अवधिमा रुसी निजी सेनाका प्रमुख येवगेनी प्रिगोजिनको नेतृत्वमा वाग्नर समूहले मस्कोतर्फ मार्च गरेको थियो । वाग्नर प्रमुख येभजेनी प्रिगोजिन जुन २४ पछि रोस्तोभ–अनडन सहरमा देखिएका छैनन्।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

इरानी र्‍यापर तुमाजलाई मृत्युदण्डको सजाय

काठमाडौँ । इरानी र्‍यापर तुमाज सालेहीलाई मृत्युदण्डको सजाय सुनाइएको छ । सरकार विरोधी प्रदर्शनलाई समर्थन गरेको आरोपमा तुमाजलाई मृत्युदण्डको सजाय

मलेसियामा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किदा १० जनाको मृत्यु

काठमाडौँ । मलेसियामा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किएर भएको दुर्घटनामा १० जनाको ज्यान गएको छ । नौसेनाको तालिमका क्रममा मंगलबार

इजरायली वरिष्ठ सैन्य अधिकारीले दिए राजीनामा

काठमाडौँ । अक्टोबर ७ मा इजरायलको किवुजमा हमासको नेतृत्वमा भएको आक्रमण गुप्तचर विफलता भएको स्वीकार गर्दै इजरायलको सेनाका गुप्तचर प्रमुखले

अमेरिकाको मेम्फिस ब्लक पार्टीमा गोली चल्दा दुईको मृत्यु

काठमाडौँ । अमेरिकी सहर मेम्फिसिमा शनिबार एउटा ब्लक पार्टीमा गोली चल्दा दुई जनको मृत्यु र अन्य छ जना घाइते भएको

केन्याका सेना प्रमुखको विमान दुर्घटनामा मृत्यु

काठमाडौँ । केन्याका राष्ट्रपति विलियम रुटोले बिहीबार देशको उत्तर पश्चिमी भागमा भएको हेलिकप्टर दुर्घटनामा सेना प्रमुख फ्रान्सिस ओगोलासहित १० जना

आजबाट भारतमा आमनिर्वाचन हुँदै

एजेन्सी । भारतमा आजबाट आमनिर्वाचन हुँदैछ । लोकसभाको ५ सय ४३ सिटका लागि सात चरणमा मतदान हुनेछ । शुक्रबार आज

Techie IT