जापानीजहरु किन दुब्ला र स्वस्थ हुन्छन् ? यस्ता छन् रहस्यहरु

पश्चिमा क्षेत्रमा जापानीहरु कहिल्यै मोटाउँदैनन् भन्ने एउटा भ्रम छ । यो साँचो त होइन, तर जापानीहरु लामो समय बाँच्ने र सुन्दरताका लागि भने परिचित छन् ।

 

जापानीहरुको औसत आयु ८४ वर्ष छ । यसमा उनीहरुको संस्कार र सभ्यता मात्रै होइन खानपानको शैलीको पनि ठूलो भूमिका छ ।

 

आजको लेखमा जापानी महीलाहरु स्लिम र सुन्दर देखिन सहयोग गर्ने केही बानी र संस्कारबारे बताउने प्रयास गरिएको छ ।

 

खाने संस्कार

जापानीहरुको खाना खाने संस्कार कुनै समारोहभन्दा कम हुँदैन । खाना खानुअघि उनीहरु ताली बजाउँछन् र टाउको झुकाएर भोजनप्रति कृतज्ञता व्यक्त गर्छन् ।

 

ब्रेकफाष्ट

जापानीहरुको ब्रेकफाष्टमा दिनकै सबैभन्दा धेरै खाना खान्छन् । पारम्परिक जापानी ब्रेकफाष्टमा स्टिम्ड राइस, चिया, तरकारी, मिसो सुप, प्रोटिन ९अण्डा वा माछा० र विविध किसिमका साइड डिसहरु हुन्छ ।

 

बाइट साइज

एउटा मात्रै खाना धेरै खानुभन्दा भन्दा पनि उनीहरु विभिन्न परिकारहरु थोरै थोरै मात्रामा खाने गर्दछन् । यसमा अलि अलि प्राय सबै पोषण तत्वहरु मिसिएको हुन्छ ।

 

चामल

नेपालमा जस्तै जापानी खानामा पनि चामल अर्थात भात प्रमुख खाना मध्येमै पर्छ । जापानीहरु भात हरेक पटक जसो खान्छन् (ब्रेकफाष्ट,लञ्च र डिनर) र कहिलेकाहिँ खाना खानुअघि स्न्याकका रुपमा पनि भात खाने चलन छ । जापानमा भात नुन र ध्यु केही पनि नहालिकनै पकाइन्छ ।

 

सिफूड

भातजस्तै सिफूड पनि जापानी खानाको महत्वपूर्ण पक्ष हो । टोकियोस्थित त्सुकिजी बजार सिफूडका लागि विश्वकै सबैभन्दा ठूलो थोक बजार हो ।

 

पकाउने तरिका

जापानमा खाना बनाउँदा तेलको प्रयोग एकदमै कम गरिन्छ । प्रायजसो जापानी खानाहरु स्टिुयुड, ग्रिल्ड गरिन्छ । खाना छिटो पाकोस् र त्यसमा भएको पोषक तत्व खेर नजाओस भनेर तरकारी तथा मासुहरु एकदमै पातलो गरेर काटिन्छ ।

 

सिजनीङ

खानेकुरा पचाउन सजिलो होस् भनेर जापानी खानाहरु एकदमै सरल प्रकारका सिजनिङ गरिन्छ ।


थप समाचार

डर्टमन्डको बसमा आक्रमण गर्नेलाई जन्मकैद !

  • 4 minutes ago
डर्टमन्डको बसमा आक्रमण गर्नेलाई  जन्मकैद !

फ्राङ्कफर्ट । सरकारी वकीलहरूले एक अदालतलाई बोरुसिया डर्टमन्डको खेलाडीहरूको बसमाथि सन् २०१७ को अप्रिल महिनामा बम आक्रमण गरेको आरोप लागेका एक व्यक्तिलाई जन्मकैदको सजाय दिन सोमबार सुझाब दिएका छन् ।

वातावरणीय प्रभाव मूल्याङकन नगरी उद्योग सञ्चालन गरेको स्थानीयको आरोप

  • 9 minutes ago
वातावरणीय प्रभाव मूल्याङकन नगरी उद्योग सञ्चालन गरेको स्थानीयको आरोप

काठमाडौं । सुनसरी जिल्लामा सञ्चालन गरिएको प्रिमियर स्टिल प्रालिको वातावरणीय प्रभाव मूल्याङकन गरेर मात्र सञ्चालन गर्नुपर्ने माग गरिएको छ ।

प्रथम प्रकाश स्मृति कपमा काभ्रे र दोलखा विजयी

  • 9 minutes ago
प्रथम प्रकाश स्मृति कपमा काभ्रे र दोलखा विजयी

चरिकोट । दोलखामा जारी प्रथम प्रकाश स्मृति कप खुल्ला फुटबल प्रतियोगितामा सोमबार भएका खेलमा काभ्रे जिल्ला फुटबल सङ्घ र दोलखा जिल्ला फुटबल सङ्घ विजयी भएका छन् । काभ्रे र दीपशिखा रामेछापबीच भएको प



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

वातावरणीय प्रभाव मूल्याङकन नगरी उद्योग सञ्चालन गरेको स्थानीयको आरोप

वातावरणीय प्रभाव मूल्याङकन नगरी उद्योग सञ्चालन गरेको स्थानीयको आरोप

काठमाडौं । सुनसरी जिल्लामा सञ्चालन गरिएको प्रिमियर स्टिल प्रालिको वातावरणीय प्रभाव मूल्याङकन गरेर मात्र सञ्चालन गर्नुपर्ने माग गरिएको छ ।

विचित्र विश्व

दुबईबारे अजबगजबका कुराहरु

दुबईबारे अजबगजबका कुराहरु

एजेन्सी–बितेका केही वर्षमा एसियाका केही देशहरुले उल्लेख्य मात्रामा विकास गरेका छन् । केही देशहरुले विकास नै गर्न नसकिने ठाउँमा पनि अकल्पनिय विकास गरेर